Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

विद्यालय शिक्षा सुधार्न सहकार्य गर्न शिक्षामन्त्री श्रेष्ठको अपिल

खबरडबली संवाददाता

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा सुधार गर्न र नयाँ शैक्षिक सत्रमा भर्ना कार्यक्रम प्रभावकारी बनाउन स्थानीय सरकारसँग छलफल थालेकी छन् । पहिलो चरणमा आज दिउँसो ११ बजे ६ वटै महानगरका प्रमुख, उप–प्रमुखहरूसँग छलफल गरेकी हुन्  । 

छलफल कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, काठमाडौँ महानगरकी उप-प्रमुख सुनिता डङ्गोल, भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारी र पोखरा महानगरकी उप–प्रमुख मञ्जुदेवी गुरुङ सहभागी थिए  । उनीहरुले आ–आफ्नो महानगरका शिक्षा सम्बन्धी कार्यक्रमहरूको प्रस्तुति राख्नुभएको थियो भने शिक्षामन्त्रीलाई सुझाव पनि दिएका थिए । 

भौतिक र अनलाइन दुवै माध्यमबाट भएको छलफलमा महानगरका प्रमुख, उप(प्रमुखहरूले विद्यालयमा पठनपाठनलाई प्रभावकारी बनाउन, निजी विद्यालयको शुल्क अनुगमन गर्न, सामुदायिक विद्यालयहरूको अनुगमन र निरीक्षण र समग्र रूपमा विद्यालय शिक्षा सुधारका समसामयिक विषयमा छलफल भएको थियो।

मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई नयाँ भर्ना, शिक्षक तथा स्रोत व्यवस्थापनका लागि शिक्षा मन्त्रालयबाट हुनुपर्ने सहयोगबारे चासो राखेकी थिईन् । ‘म तपाईँहरुसँग सिक्न चाहन्छु र सहकार्य गर्न चाहन्छु। शिक्षा सुधारमा सफलता हासिल गर्न तिनै तहका सरकारको सहकार्य अति आवश्यक छ। हामी कसरी एकअर्काबाट सिक्न सक्छौं र अन्य पालिकाहरुमा पनि उत्कृष्ट अभ्यासहरू विस्तार गर्न सक्छौं भनेर अझ छलफल गर्नुपर्छ।’ मन्त्री श्रेष्ठले भनिन। चरणबद्ध रूपमा तीनै तहका सरकारबीच सहकार्य बैठक गर्ने र अर्को चरणमा प्रदेश सरकारहरू र अन्य पालिकाहरूसँग बैठक गर्ने उनले बताइन्।  

बैठकमा ललितपुरका मेयर चिरीबाबु महर्जनले पूर्वमन्त्रीहरुका असल कामहरूलाई निरन्तरता दिन शिक्षामन्त्रीलाई सुझाव दिएका थिए ।

सहभागीहरूले मुख्यतः सामुदायिक विद्यालयहरूमा शिक्षकको दरबन्दी व्यवस्थापन, विद्यार्थीहरूको खाजाको गुणस्तर र छात्रवृत्ति, विद्यालयको संरचनात्मक सुधार, शिक्षकहरूको गुणस्तर र मनोबल वृद्धि, विद्यालयमा हुने दलीय राजनीतिको अन्त्यका लागि सहकार्य लगायतका विषयमा आफ्नो धारणा राखेका थिए। 

वीरगन्जका महानगरप्रमुख राजेशमान सिंहले शिक्षक दरबन्दी बढाउनुपर्ने बताएका थिए भने विराटनगरका प्रमुख नागेश कोइरालाले अभिभावक शिक्षामा जोड दिनुपर्ने र शिक्षकहरुले राजनीति दलमा संलग्न हुन नहुने बताए ।

यस्तै काठमाडौँ महानगरकी उप–प्रमुख सुनिता डङ्गोलले सबै पालिकाहरूले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

यसैगरी भरतपुर महानगरका उप–प्रमुख चित्रसेन अधिकारीले संस्थागत विद्यालयहरूमा १० प्रतिशत छात्रवृत्तिको प्रावधान कार्यान्वयनमा लैजानुपर्ने बताए ।

पोखरा महानगरकी उप–प्रमुख मञ्जुदेवी गुरुङले छात्रवृत्ति र शुल्क अनुगमनकोलागि संघीय शिक्षा मन्त्रालयले पहल लिनुपर्ने बताएकी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending