Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

व्यवसाय र वित्तीय क्षेत्रमा साइबर सुरक्षाको जोखिम

खबरडबली संवाददाता

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले सहकारीका समस्या समाधान गर्न डिजिटल फ्रेमवर्कको आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी डिजिटल कन्क्लेभ कार्यक्रममा बोल्दै उनलेदभने, ‘कोरोना महामारीपछि प्रविधिले फड्को मारेको छ । समग्र वित्तीय क्षेत्रमा डिजिटाइजेशनको आवश्यकता छ । सहकारीले पनि प्रविधिमैत्री सेवा प्रदान गर्नुपर्छ ।’

साथै उनले सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा कृषि, पर्यटन, शिक्षा लगायतका आठ क्षेत्र पनि प्रविधिसँगै जोडेर लगेको उनको भनाई छ ।  

सोही कार्यक्रममा बोल्दै भैरव टेक्नोलोजी प्रालिका कार्यकारी निर्देशक विजय लिम्बु सेनिहाङले साइबर सुरक्षामा जोखिम रहेको बताए । उनले भने, ‘सुरक्षाका हिसाबले व्यवसाय र वित्तीय क्षेत्रमा साइबर सुरक्षाको जोखिम बढ्दो छ । सुरक्षित तरिकाले डिजिटलाइजेशनको प्रयोग नगर्दा यस्तो जोखिम थप बढुन् छ ।’

उनका अनुसार साइबर खतराका परिदृश्यमा मालवेयर आक्रमण (कम्प्युटर भाइरस), फिसिङ, डाटा चोरी, डीडीएस आक्रमण र तेस्रो पक्ष जोखिम रहेका छन् । 

साइबर खतराबाट प्रतिष्ठानमा क्षति, संगठन सञ्चालनमा अवरोध र आर्थिक घाटा हुने उनले बताए । साइबर जोखिम एउटा व्यवसायिक जोखिम रहेको बताउँदै उनले पैसाको पछि लाग्ने हुँदा साइबर आक्रमणले आर्थिक घाटा हुने बताए । 

उननका अनुसार चालु आर्थिक वर्षको सात महिनामा साइबर सुरक्षाका १३ हजार ३३० उजुरी परेका छन् भने ५१ जना पक्राउ परेका छन् । 

त्यसैगरी, इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले प्रविधिको प्रयोगले देशको कुल ग्राहस्थ उत्पादनमा पनि वृद्धि हुने बताए । नयाँ प्रविधिको प्रयोगले जुनसुकै देशमा बसेर काम गर्न सकिने उनको भनाई छ । 

सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषकराज पौडेलले सात सय सहकारी संस्था जोखिम हस्तान्तरणमा साझेदारी गरेर अगाडी बढेको बताए । उनले हामीकहाँ टुल्समा मात्रै छलफल हुने गरेको भन्दै सिप र क्षमतामा छलफल हुन आवश्यक रहेको औंल्याए । सिटिजनले ९२ प्रतिशत काम डिजिटल माध्यमबाट अगाडी बढाएको समेत उनले जानकारी दिए ।

प्रोफेशनल्ली डिजिटाइजेन भएपनि आम मानिसलाई भने प्रविधिमा जोड्न नसकेको उनको भनाई छ  । सबै क्षेत्रमा प्रविधिको अभावले कागजात संकलनमा समय लाग्ने हुँदा  कतिपय अवस्थामा दाबी भुक्तानीमा ढिलाई हुने गरेको उनले जनाए । 

अन्य देशको उदाहरण दिँदै उनले सबै उमेर समुहले प्रयोग गर्न सक्ने गरी प्रविधिको विकास भएकाले नेपालले पनि प्रविधिमा जोड दिन आवश्यक रहेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending