Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

तस्करीका सामान र संलग्न दिनदिनै पक्राउ

फाइल फाेटाे
खबरडबली संवाददाता

भैरहवा । रुपन्देहीको सिमावर्ती क्षेत्रमा भारतबाट तस्करी गरेर भित्र्याइएका दैनिकी उपभोग्य वस्तुदेखि मानवीय उपयोगका सामान र ओसारपसारमा संलग्न दिनदिनै पक्राउ पर्न थालेका छन् । एक महिनायता प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएपछि दैनिक सामान बरामद र संलग्न पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी र मातहत कार्यालयबाट शुक्रबार खटिएको टोलीले रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिका–१३ स्थित कालिदह नाकाबाट भन्सार छलेर भित्र्याएर गोदाम गरेको अवस्थामा साढे १० लाख रुपैयाँ मूल्य बराबारको २ सय ९० बोरा प्याज बरामद गरिएको छ । बरामद प्याज आवश्यक कारबाहीका लागिु भन्दै भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीबाट शुक्रबार खटिएको टोलीले सिद्धार्थनगर–६, गल्लामण्डीबाट भन्सार छलेर भित्र्याइएको २ क्विन्टल प्याज, चार बोरा खुर्सानी, एक बोरा लौका र दुई कार्टुन भिण्डी बरामद गरिएको जनाएको छ । गत बिहीबार इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा–३ मा भारतबाट भन्सार छलेर ल्याउादै गरेको अवस्थामा चार बोरा चिनी बरामद गरिएको थियो । यस्ता सामाग्री दैनिक बरामद हुनुले जिल्लाको मूल भन्सार नाका बेलहियाबाट तस्करी नभएपछि ग्रामीण क्षेत्रबाट मानव उपयोगका सामान भन्सार छलेर भित्र्याउने गरिएको हो ।

 एक महिना यता तस्करीका सामान बरामद र कारोबारमा संलग्नलाई पक्राउ गर्ने काम तीव्र पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत बिहीबार सम्मरीमाई–७ हर्दीबाट लु १ च १५९० नम्बरको पिकअप गाडीसहित अवैध सामान बरामद गरिएको थियो । प्रहरीले बिहीबार नै सिद्धार्थनगर–१ बाइपासस्थितमा भारतको महाराजगंज जिल्लासुनौली ग्रामका ३२ वर्षीय कोजग्गु शाहानीले चलाएर ल्याएको साइकलमा ८४ हजार रुपैयाँ मूल्यको करिव ५६ किलो तामाको तार बरामद गरेको जनाएको छ ।

एक साता अघि इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर–१, बाइपासचोकस्थितबाट ५९ थान झाडु, हर्बल न्युट्रेशन फार्मुला ३ थान बरामद गरेको थियो । भैरहवास्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले गत बुधवार ओमसतिया–२ पड्सरीस्थित पुनम पथमा बेवारिसे अवस्थामा साढे ६७ हजार मूल्यको ७५ थान साडी बरामद गरेको थियो ।

गत फागुन ३० गते जिल्ला प्रहरीको टोलीले ओमसतिया–५ गौरीका गुल्जार अहमद मुसलमानलाई लु ८ प ५९१९ नम्बरको मोटरसाइकलबाट ल्याउँदै गरेको ६४ वटा बोइलर कुखरा नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय तस्करी नियन्त्रणका लागि चौबिसै घण्टा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । ‘नका अनुसार एक महिनामा ७६ लाख ६५ हजार १०६ रुपैयाँ बराबरको राजश्व संकलन भएको छ ।

प्रहरीका अनुसार एक महिनामा चोरी तथा तस्करीमा प्रयोग भएका १३ वटा मोटराइकल, एउटा पिकअप, ३ वटा ट्रक र एउटा ट्याक्टर प्रहरी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सारमा पठाइएको छ । ३८ वटा गोरू र ३ बाख्रा, अवैध ब्रोइलर कुखुरा ७६२ वटा, माछा २७० केजी पनि नियन्त्रणमा लिएर क्वारेन्टाइन कार्यालय पठाइएको छ । नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएको एउटा ट्याक्टर ढुंगासहित बुटवल प्रहरीलाई बुझाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy