काठमाडौं । पछिल्लो समय नेपालमा अपराध गरेर अपराधी विदेशिने चलन अचम्मको छ । अपराधीहरु विदेशिएपछि प्रहरीले पाउने दुःख झन अचम्मका छन् ।
बाल यौन दुराचारको मुद्दा खेपेर अमेरिका पुगेका क्रिकेटर सन्दिप लामिछानेलाई उपस्थित गराउन प्रहरीले अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्यो । उनी क्रिकेट खेलाडी, अर्थात पब्लिक फिगर भएका कारण सहजै चिनिने भए । त्यसमाथि यौन दुराचारजस्ता मामिलामा पश्चिमा मुलुक अलिक कडै ढंगले प्रस्तुत हुन्छन् । त्यसैले अमेरिकी प्रहरीको सहयोगमै समातिएर नेपाल पठाइए । तर, रवि लामिछानेसँगको मिलेमतोमा अर्बौंको सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राई अहिलेसम्म फेला परेका छैनन् । उनका विरुद्ध प्रहरीले रेडकर्नर नोटिश जारी गरिसकेको छ ।
उनी मलेसियामा छन् भन्ने सूचनाका आधारमा पत्राचार पनि भएको छ । तर, मान्छे फेला परेका छैनन् । अब उनले विमानस्थल वा अन्यत्र आफ्ना पहिचान खुल्ने कागजात प्रयोग गरे भने समातिन्छन् । कोठैमा लुकिरहे केही समय बच्न सक्लान् तर कति समय लुकेर बस्छन् त राई ?
एशियाली मुलुक र युरोपेली मुलुकबाट अपराधी ल्याउने कुरा फरक हुन्छ । जस्तो कि, गायिका कोमल वलीलाई विभिन्न किसिमका चारित्रिक लाञ्छना लगाउने मान्छे लण्डनमा देखिँदा पक्राउ गर्न सकिएन । किनभने, उताबाट सुपुर्दगी सन्धि खोजियो । पश्चिमाहरु मानवअधिकारका मामिलामा कडा भएका कारण सबै विधि खोज्छन् । एशियाली देशमा जापानबाट मान्छे ल्याउन गाह्रो हो ।
त्यहाँ पनि मानवअधिकारलाई प्राथमिकता दिइएका कारण सुपुर्दगी सन्धिबिना मानिस पक्राउ गरेर अर्को देशमा पठाउने व्यवस्था छैन । तर, अन्य एशियाली मुलुकका हकमा जुन देशसँग नेपालको राम्रो सम्बन्ध छ, त्यहाँबाट सजिलोसँग अपराधी ल्याउन सकिने अनुभव छ । सुपुर्दगी सन्धिअनुसार मानिस ल्याउनुपर्ने भयो भने सम्बन्धित देशको आन्तरिक मामिला मन्त्रालयलाई पत्राचार गर्नुपर्छ, त्यसले कानुन मन्त्रालय र आफ्नो देशको अदालतमा पठाएर न्यायाधीशबाट निर्णय भएपछि मात्रै कार्यान्वयन हुन्छ ।
सिभिल बैंक ठगीमा अमेरिका पुगेका पवन कार्की त्यहीँको नागरिक भइसकेका कारण पक्राउ पर्न सकेका छैनन् । मलेसियाले भने राहदानीको वैधानिकताका आधारमा मान्छे उपस्थित गराइदिनसक्छ । राहदानी रद्ध गरिदिए मान्छे ल्याउन सजिलो हुन्छ । राहदानी रद्ध गरेको कुरा सिष्टममा हालिहाल्नुपर्छ र डिएक्टिभेट भएपछि यात्रा गर्न सक्दैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: