Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

लमजुङमा शिक्षिकाले गरिन् विद्यालयमै छात्रामाथि निर्घात कुटपिट

खबरडबली संवाददाता

लमजुङ । लमजुङको सुन्दरबजार स्थित एक निजि विद्यालयमा अध्ययनरत छात्रामाथि प्रश्नको उत्तर नजानेको भन्दै शिक्षिकाद्धारा निर्घात कुटपिट भएको छ ।  सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत ११ बर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर नदिएको भन्दै हेल्थ शिक्षिका फराना मियाँले निर्घात कुटपिट गरेकी हुन् । 

घाइते बालिकाका अनुसार नियमित दोस्रो क्लासकी शिक्षिका मियाँले २ दिन अघि नै प्रश्नको उत्तर नजानेको भन्दै हातमा पिटेकी थिइन् । सो क्रममा नै सो बालिकाको औलामा रगत जमेको थियो । आइतबार १२ बजेतिर क्लासमा मिसले ५ वटा प्रश्न सोधेको र पहिलो प्रश्न मिलाएपनि दोस्रो प्रश्नको उत्तर नजानेपछि बाँसको लौरीले बेस्सरी पिटेको उनले बताइन् । पीडित बालिकाले हात दुखेको भनेपछि खुट्टामा पिटेको र दुख्यो भन्दा पनि पिट्न नछाडेको बताएकी छन् ।

कुटाइका कारण पीडित बालिकाको दुबै खुट्टाका पिँडौला सुन्निएको छ भने, निलडाम स्पष्ट देखिएको छ । पिडित बालिकालाई सुन्दरबजार अस्पतालमा जाँचका क्रममा पिँडौलामा रगत जमेको पाइएको उनका आफन्तले बताएका छन् । चिकित्सकले घाउमा ड्रेसिङ गर्दै केहि साताका लागि औषधि दिएको घाइते बालिकाकी आमा देउमाया गुरुङले बताइन् । 

आफुले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका छोराछारीलाई यसरी कुट्न नपाइने भन्दै उनले शिक्षकमाथि कडाभन्दा कडा कारबाहीको माग गरेकी छन् ।  सुन्दरबजार अस्पतालमा एक्सरे सुविधा नहुँदा आज अन्य अस्पतालमा उपचार गराउने तयारी समेत रहेको बालिकाकी आमाले बताइन् । बालिकामाथि १२ बजे कुटपिट भएपनि उनलाई स्कुल बन्द हुने समय ४ बजेपछि मात्र स्कुलबाट निस्कन दिएको बताइएको छ ।

विद्यालयका अध्यक्ष बद्रीमान श्रेष्ठले शिक्षिकाबाट कुटपिट भएको कुरा जानकारी प्राप्त भएको बताए । आफु काम बिशेषले बाहिर रहेको र घट्नाबारे जानकारी पाएको उनले बताए । यस विषयमा विद्यालय समयमै छलफलमा बोलाएको र घट्नाबारे बुझेर मात्रै आफु बोल्ने उनको भनाइ छ ।

यस घट्नाबारे इलाका प्रहरी कार्यालय सुन्दरबजारमा मौखिक जानकारी समेत गराइएको छ । प्रहरीले विद्यालयको छलफलको निश्कर्ष आएपछि थप अनुसन्धान गर्ने जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy