Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

रुसलाई धम्क्याउन नसकिने पुटिनको भनाइ

खबरडबली संवाददाता

एजेन्सी । रुसी नेता भ्लादिमिर पुटिनले चुनावी जितको प्रशंसा गर्दै रुस ‘धम्कीबाट डराउन नहुने’ बताएका छन् । निर्वाचनले पूर्व जासुस पुटिनका लागि दुई सय वर्षभन्दा अधिक समयमा सबैभन्दा लामो समय सेवा गर्ने रुसी नेता बन्न मार्ग प्रशस्त गरेको छ । 

एकहत्तर वर्षीय पुटिनका सबै प्रमुख प्रतिद्वन्द्वी मरिसकेका छन्, कारागारमा छन् वा निर्वासित छन् । साथै उनले युक्रेनमा आफ्नो शासन वा सेनाको आक्रमणको सार्वजनिकरूपमा विरोध गर्ने जोकोहीमाथि कठोर कारवाही गरेका छन् । 

“म तपाईंको समर्थन र यो विश्वासका लागि तपाईं र मुलुकका सबै नागरिकलाई धन्यवाद दिन चाहन्छु”, मतदान समाप्त भएको केही घन्टापछि सोमबार बिहान मस्कोमा आफ्नो निर्वाचन अभियान मुख्यालयमा पत्रकार सम्मलेनमा पुटिनले भने, “जसले जति धम्की दिन वा हाम्रो इच्छाशक्ति र हाम्रो चेतनालाई दबाउन चहेको भए पनि यसबाट कुनै फरक पर्दैन, इतिहासमा कोही पनि यस्तो तरिकाले सफल भएको छैन, यसले अब काम गर्दैन र भविष्यमा पनि कहिल्यै गर्नेछैन ।”

सरकारी समाचार एजेन्सी आरआइएका अनुसार आधिकारिक निर्वाचन निर्वाचन आँकडाले ९९ प्रतिशतभन्दा बढी मतदान केन्द्रले दिएको परिणाममा पुटिनले ८७ प्रतिशत मत प्राप्त गरेका छन् । कुनै पनि वास्तविक प्रतिस्पर्धाको सामना गर्नु नपरेको राष्ट्रपति निर्वाचनमा यो उनको रेकर्ड जित हो । 

तीन दिने निर्वाचनमा घातक युक्रेनी बमबारी, किएभ समर्थक तोडफोड समूहहरू र मतदान केन्द्रहरूमा तोडफोडले रुसी क्षेत्रमा घुसपैठमा वृद्धि भएको थियो । क्रेमलिनले निर्वाचनलाई रुसीहरूका लागि युक्रेनमा पूर्णस्तरको सैन्य अभियानपछाडि आफ्नो समर्थन दिन एउटा अवसरका रूपमा लिएको थियो । रुस नियन्त्रित क्षेत्रमा पनि मतदान भएको थियो ।

पुटिनले मस्कोमा निर्वाचनपछि आफ्नो भाषणमा युक्रेनमा लडिरहेका रुसी सैनिकहरूलाई विशेष धन्यवाद दिए । साथै उनले एक सातापछि पनि युक्रेनले रुसमाथि आफ्ना केही सबैभन्दा महत्त्वपूर्ण हवाई हमला र युक्रेन समर्थक मिलिसियाले रुसी सीमावर्ती गाउँहरूमा सशस्त्र हमला सुरु गरे पनि आफ्नो सेनालाई युद्धको मैदानमा ठूलो फाइदा भएको बताए । 

किएभ र उसका सहयोगीहरूले मतदानलाई नाटक भनेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुटिनलाई ‘सत्ताको नशामा डुबेको तानाशाह’ भन्दै आलोचना गरे । “आफ्नो व्यक्तिगत शक्ति बढाउनका लागि प्रतिबद्धता गर्नु कुनै खराबी होइन”, उनले भने । 

मतदानको पहिलो दिन शुक्रबार युरोपेली सङ्घ (इयु) का प्रमुख चार्ल्स मिसेलले पुटिनलाई उनको ‘प्रचण्ड जीत’ मा व्यङ्ग्यात्मक तरिकाले बधाई दिएका थिए । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले विरोध प्रदर्शनमा आफ्नो आवाज थप्दै भने, “यो स्वतन्त्र र निष्पक्ष निर्वाचन जस्तो देखिँदैन ।” अमेरिकाले मस्कोले कब्जा गरेका युक्रेनी क्षेत्रहरूमा मतदान गराएकामा आलोचना गरेको छ ।

भेनेजुएला, निकारागुवा, क्युबा र बोलिभियाका नेताहरूले पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा पुटिनलाई बधाई दिएका छन् । 

पुटिनले अर्को एक पूर्ण क्रेमलिन कार्यकाल पूरा गरे । उनि १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको तुलनामा उनि सबैभन्दा लामो समय सत्तामा रहने छन् । 

पुटिनका प्रमुख प्रतिद्वन्द्वी दवङ्गत एलेक्सी नभाल्नीले उनको अपरिहार्य जीतलाई बिगार्ने प्रयास गरेका थिए । उनले मतदाताहरूलाई मध्याह्नमा मतदान केन्द्रहरूमा भीड बढाउन र आफ्नो मतपत्र बिगार्न आग्रह गरेका थिए । नभाल्नीको गत महिना आर्कटिक कारागारमा मृत्यु भएको थियो । 

पुटिनलाई चीनको बधाई

यसैबीच रुसको प्रमुख सहयोगी चीनले सोमबार राष्ट्रपति पुटिनलाई चुनाव जितेकामा बधाई दिएको छ । “चीन यसका लागि बधाई व्यक्त गर्दछ”, नियमित पत्रकार सम्मेलनमा मतदानका बारेमा सोधिएको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “चीन र रुस नयाँ युगमा एकअर्काका सबैभन्दा ठूलो छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदार हुन् ।”

“राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति पुटिनको रणनीतिक मार्गनिदेर्शनमा चीन–रुस सम्बन्ध अगाडि बढिरहनेछ भन्ने हाम्रो दृढ विश्वास छ”, यस वर्ष दुवै मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै प्रवक्ता लिनले भने, “दुवै राष्ट्राध्यक्षले घनिष्ठ आदानप्रदान जारी राख्न, दुवै मुलुकबीच लामो समयदेखिको असल छिमेकी मित्रतालाई कायम राख्न, व्यापक रणनीतिक समन्वयलाई गहिरो बनाउन र नयाँ युगमा चीन–रुस सम्बन्धको निरन्तर विकासलाई प्रवर्द्धन गर्न नेतृत्व गर्नुहुनेछ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE