Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

बिकासको मोडेल र सुशाशनको मापदण्डबारेमा दलहरु प्रष्ट हुनु आवश्यक छः सांसद ढकाल

खबरडबली संवाददाता

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बिनियोजन बिधेयक २०८१ का सिद्धान्त र प्राथमिकता बारे छलफलमा भाग लिदै केहि नबिन सुझाब दिएका छन् । सांसद ढकालले बजेटको प्राथमिकतामा कृषि उत्पादनमा बृद्धि गरि निर्यात बढाउने र आयात घटाउने गरि राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सुझाब दिएका छन् । 

सांसद ढकालले पर्यटनको थप बिकासको लागि आबस्यक भौतिक पूर्वाधारको निर्माणमा जोड दिदै हस्पिटालिटी ब्यबशाय लाई प्रोत्शाहन गर्नुका साथै पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा संचालन गर्ने सुझाव दिएका छन् । पूर्वमन्त्री समेत रहेका ढकालले जलबिधुत विकासमा जोड दिदै जलाशययुक्त बुढी गण्डकी जलबिधुत आयोजनालाइ सबैभन्दा प्राथमिकतामा राखी यथासिघ्र निर्माण कार्यको थालनी गनुपर्नेमा जोड दिएका छन् । 

पर्यटन आवगमन र बिधुत उत्पादनमा केहि बृद्धि बाहेक नेपाली अर्थतन्त्रका अन्य प्राय सबै सूचकहरु सन्तोषजनक नरहेको भन्दै “राजस्व संकल लक्ष अनुरुप नहुनु , वितिय क्षेत्र अन्तर्गत सहकारी र लघुवितमा गम्भीर समस्या देखिनु ,ऋणको दायित्व भुक्तानी गर्न ठुलो रकम छुट्याउनु पर्ने, संकलित राजस्वले अनिबार्य दायित्व धन्न नसक्ने, ब्यापार घाटा लगाएतका कारण वर्तमान  नेपाली अर्थतन्त्र चुनौतिपूर्ण रहको सांसद ढकालको बिश्लेषण छ । सांसद ढकालले वर्तमान अर्थतन्त्रका चुनौतीहरुको समाधान गर्न उच्च र दिगो आर्थिक बृद्धि गर्ने, उत्पादनको विकास र रोजगारीको सृजना गर्ने, गरिबी निवारण गर्ने, दिगो बिकासका लक्ष हासिल गर्न सक्ने बजेट अहिलेको आबस्यकता रहेकोमा यस बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु यो आबस्यकताको सम्बोधन गर्ने खालको नभएको नभई कर्मकाण्डी मात्र भएको भन्दै विधेयकको परिमार्जन र पुनर्लेखनमा जोड दिएका छन् । 

सांसद ढकालले बिनियोजन विधेयकका सिद्धान्तमा उल्लेख गरिएका प्राय सबै बिषयहरु बिगतको निरन्तरता मात्र छ भन्दै परम्पराको निरन्तरताले मात्रै नयाँ लक्ष्य हाँसिल हुन नसक्ने बताए ।  ढकालले भने “बिनियोजन विधेयकका सिद्धान्तमा छुटाउन नहुने बिषयहरु भनेको, शान्ति संबेदनशील बिकासको अबधारणा, “वातावरण मैत्री बिकासको अबधारणा“ नैतिकवान समाजको  सृजना र मानबिय मुल्यमान्यताको जगेर्ना पनि हो“। आर्थिक विकास र सुशाशन प्राय सबै राजनैतिक दलको एजेन्डामा परेपनि बिकासको मोडेल र सुशाशनको  मापदण्डमा दलहरु प्रष्ट हुनु पर्ने उनको भनाइ थियो । सांसद ढकालले ‘समृद्ध नेपाल, सुखी  नेपाली’ को लक्ष्य हाँसिल गर्न आगामी  बजेट केन्द्रित हुनु पर्ने बताउदै १५औँ पञ्चवर्षीय योजनामा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिको लागि  समृद्धिका ३२ वटा  सूचक र  सुःखका २३ वटा सूचक गरि ५५ सूचक सार्वजनिक गरेको प्रसङ्ग स्मरण गर्दै आगामी बजेट यसकै वरिपरिमा आउने बिश्वाश ब्यक्त गरे ।

सांसद ढकालले उठाएका तीन प्रमुख नबिन बिषय 

१‍ . शान्ति संबेदनशील बिकासको अबधारणालाई बिनियोजन विधेयकको सिद्धान्तमा समाबेश गर्ने । राज्यको साधन श्रोतको असमान वितरणले समाजमा विभेदको सृजना गर्छ र यहि बिन्दु वाट द्धन्दको बिजारोपण हुन्छ भन्दै सामाजिक न्याय र शान्ति प्रकृयाले सार्थकता पाउन पनि शान्ति संबेदनशील बिकासको अबधारणाको कार्यन्वयन आबस्यक रहेको बताएका छन् ।   
२. सामाजिक सदभाव, ऐक्यबद्धता र भाइचाराको अभिबृद्धि गर्न एक “अन्तरधार्मिक तथा अन्तर–सास्कृतिक आयोग गठन गर्ने सोच अघि बढाऊने 
३. नैतिकवान समाज सृजनाको लागि बिधालय स्तर वाट नैतिक शिक्षा लागु गर्ने । पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न व्यापक जनचेतना तथा असल पारिवारिक शिक्षा प्रदान गर्ने । अधिकार र स्वतन्त्रताको नामवाट नेपाल प्रवेश गरेको पश्चिमी हावाले नेपालको असल पारिवारिक मुल्यमान्यताको बिखन्डन गरेको प्रति सरकार सचेत हुनु पर्ने ।  

परिवार बिखन्डन गर्ने र प्राकृतिक मूल्यमान्यता बिपरितका क्रियाकलापमा बैदेशिक सहायता रोक्ने र  सरकार परिवार मजबुत बनाउने कार्यमा लाग्ने खालको बजेट ल्याउन सरकारलाई सुझाब दिएका छन् । नेपाल परिवार दलका सस्थापक समेत रहेका ढकालले निरन्तर अन्तर–धार्मिक एकता, पारिवारिक मूल्यमान्यताको जगेर्ना तथा नैतिकवान समाजको सृजना लगाएतका बिषय उठान गर्दै आएका छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy