Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

काभ्रेका अठार स्थानमा आगलागी हुँदा सातजना घाइते

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको छ । पछिल्लो एक सातामा दैनिकजसोको आगलागीका कारण छ घर र सात गोठ जलेका छन् भने सात जना घाइते भएका छन् ।

आगलागीमा परी गम्भीर घाइते दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीमा परी गम्भीर घाइतेको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । यस्तै ती आगलागीमा रु १२ लाख ५० हजार क्षति भएको छ । विभिन्न स्थानका आगलागी नियन्त्रणका लागि एक सय प्रहरीलाई झण्डै ४४ घण्टासम्म खटाइएको प्रहरीको भनाइ छ । 

आइतबार एकैदिन काभ्रेपलाञ्चोकमा आगलागीका सात घटना भए । घटनामा एक जना गम्भीर घाइते भए । महाभारत गाउँपालिका–२ मूलडाँडाका सञ्चार घिसिङको कच्ची एकतल्ले घरमा अचानक आगलागी हुँदा लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाँडाकुँडा र  रु एक लाख पाँच हजारसमेत गरी  तीन लाख बराबरको क्षति भएको थियो । सामान झिक्न जाने क्रममा घिसिङ जलेर घाइते भएका र हाल उनी अस्पतालमा उपचाररत रहेका छन् । 

यस्तै पनौती नगरपालिकालिका–३ बडारेस्थित पाखोबारीमा झाडी जलाउने क्रममा अचानक सामुदायिक जङ्गलमा आगो लगेको थियो । सो आगलागी स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

भुम्लु–१ कात्तिके वन टोलस्थित सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा सात रोपनी सामुदायिक वनमा क्षति पुग्यो । सोही स्थानमा रहेको गोठसमेत आगो लागेर नष्ट भयो । खानीखोला–७ मोरङबेँशीस्थित निजी पाखामा आगलागी हुँदा कुमार भ्लोनको काठ–जस्ताले बनेको टहरो जलेको छ । 

सोही दिन बेथानचोक–४ मा बेथानखोला सामुदायिक वनमा आगलागी भएको थियो । बनेपा–१४ मगरगाउँस्थित सामुदायिक वनमा आगलागी तथा पाँचखाल–३ स्थित सर्वमङ्गला माध्यमिक विद्यालयको हाताभित्रको भएको आगलगी  स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

त्यसअघि जिल्लामा ११ वटा आगलागीका घटना भएको प्रहरीले जनाएको छ । डढेलोबाट विशेषगरी जङ्गलमा रहेका साना बोटबिरुवाका साथै वन्यजन्तु विस्थापित भएको अनुमान गरिएको छ । आगलागी भएका केही जङ्गलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जङ्गलको डढेलो आफैँ नियन्त्रणमा आएका थिए । विगतका वर्षको तुलनामा यसवर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ । 

गत फागुन २६ गते पनौती नगरपालिका–५ स्थिल छलेश्वर ठूलढुङ्गे सामुदायिक वनमा आगलागी हुँदा पाँच रोपनी सामुदायिक वनमा क्षति पुग्यो । भोलिपल्ट बनेपा नगरपालिका–१० थापागाउँमा भगवान थापाको जस्ताको छानो भएको गोठमा आगलागी हुँदा गोठ र नजिकै रहेको तीन कुन्यू परालसमेत जलेको थियो । साथै गत फागुन २८ गते तेमाल गाउँपालिका९७ लेखपाखा सामुदायिक वनमा लागेको आगो दुई दिनमा नियन्त्रणमा आयो । त्यहाँ करिब सात रोपनी सामुयदायिक वन क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत फागुन २९ गते चौरीदेउराली गाउँपालिका–५ देउपोखरे सामुदायिक वनमा आगलागी हुँदा छ रोपनी सामुयदायिक वन क्षति भयो भने सोही वडास्थित बरारे सामुदायिक वनमा आगलागीबाट स्थानीय भक्तबहादुर गौतमको खाली रहेको घर जली पूर्णरुपमा नष्ट हुँदा करिब रु ५० हजार क्षति भएको छ । गत फागुन ३० गते बनेपा–१३ भवानीथुम्कास्थित स्यालय गैरा सामुदायिक वनमा आगलागीबाट सात रोपनी सामुयदायिक वन जल्यो ।

यसैगरी गत बिहीबार नमोबुद्ध नगरपालिका–८ कुश्मती जङ्गलमा भएको आगलागीबाट करिब सात रोपनी सामुदायिक वन क्षति भएको छ । सोही दिन भुम्लु गाउँपालिक–८ को जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी तथा पाँचखाल नगरको दमकलबाट आगो नियन्त्रणमा लिइएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । त्यहाँ अन्दाजी ६ रोपनी सामुदायिक वनमा क्षति पुगेको छ । 

साथै शुक्रबार नमोबुद्ध–५ लासकोटस्थित विद्युत् ट्रान्सफरमा अचानक भएको आगलागीबाट गोठे चिउरानी सामुदायिक वनमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा ल्याइएको थियो । 

शनिबार महाभारत–७ आलेबासपुर गुजेपानीस्थित पाखोबारिमा फोहर जलाउने क्रममा हावाहुरी चल्दा नजिकैको काठबाट बनेको जस्ता र खरले छाएको दुई वटा गाईगोठमा आगलागीबाट पूर्णरुपमा क्षति भयो भने सँगैको अर्को कुलुङ सामुदायिक वनमासमेत आगो लाग्यो । 

सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङ बोर्ड राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानीनोक्सानी र कानुनी व्यवस्थाबारे प्रचारप्रसारसमेत गर्दै आएको जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy