Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू ‘चिन्तित’ भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताएका छन् । स्थानीयले एएफपीलाई बताएअनुसार सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

म्यान्मारको पश्चिमी राखिन राज्यमा गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि झडप भएको थियो ।

महासचिव गुटेर्रेसले सोमबार जारी वक्तव्यमा भनिएको छ, “सेनाले मिनब्या बजारमा गरेको हवाई आक्रमणमा कैयौँ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबरले आफूलाई चिन्तित तुलाएको छ ।” 

हालका हप्ताहरूमा अराकन लडाकुहरूले मिनब्याको राजधानी सिट्वेको पूर्वमा अवस्थित उक्त बजारमा आक्रमण गरी केन्द्रको बजारसँगको सम्पूर्ण विच्छेद् गरिदिएका छन् । 

थार डार गाउँमा सोमबार राति १ः४५ बजे भएको हवाई आक्रमणमा १० पुरुष, चार महिला र १० बालबालिकाको मृत्यु भएको एक स्थानीयले एएफपीलाई जानकारी दिएका छन् ।

“हाम्रो गाउँमा कुनै झडप भएको थिएन । उनीहरूले हामीमाथि सिधै आकाशबाट बम प्रहार गरेका थिए,” सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा उनले बताए । 

अर्का स्थानीयले विस्फोटमा परी २३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताए । सन् २०१७ मा भएको सैन्य कारबाहीका कारण रखाइनमा दशौँ हजार रोहिङ्ज्या समुदाय भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए ।

जुन्टा सेनाले सिट्वेलाई आफ्नो नियन्त्रणमा राखेको छ तर हालैका हप्ताहरूमा अराकन लडाकुहरूले वरपरका जिल्लाहरूमा सफलता प्राप्त गरेका छन् ।

छिमेकी मुलुक भारत र बङ्गलादेशमा पनि युद्ध फैलिएको छ । गत महिना पनि बङ्गलादेशमा भएको झडपका क्रममा म्यान्माबाट मोर्टार प्रहार हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रकाे पालिका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने परिपत्र

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर मसान्तभित्र सबै स्थानीय तह (पालिका)मा सम्मेलन सक्न भन्दै परिपत्र पठाएको छ । मंसिर १२ गते ...

रामेछाप दुर्घटना अपडेट: ज्यान गुमाउने चार जनाको सनाखत, एकको बाँकी

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ स्थित सिम्लेभिरमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ ।  काठमाडौंबाट रस्नालुतर्फ ज...

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ । शुक्रबार अपरान्ह चीनको छेङ्दु सहरमा उनीहरूबीच  द्...

शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति

काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण...

भाेलीदेखि सुरु हुने एनपिएलमा जनकपुर र विराटनगर भिड्दै

काठमाडौं । शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिगका आठ फ्रेन्चाइज टोलीका कप्तानले पहिलो संस्करणका खेलका लागि आफू उत्साहित रहेको बताएका छन् । नेपाल क्...

जलविद्युत् गृहमा विपन्न वर्गको शेयर सुनिश्चित गर्छौं : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण हुन लागेका आयोजनामा विपन्न वर्गको शेयर सुनिश्च...

उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूतको भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् ।  लैनचौरस्थित उपराष...

कञ्चनपुरमा श्रीमतीले इँटा प्रहार गरी श्रीमान‍्को हत्या

कञ्चनपुर । कञ्चनपुरमा श्रीमतीले इँटा प्रहार गरी श्रीमान‍्को हत्या गरेकी छन् । बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको उनकी श्रीमतीले हत्...

मुगुको लिब्रु गाउँमा पहिलो पटक पुग्यो गाडी

मुगु । दुर्गम हिमाली जिल्ला मुगुको एक गाउँमा पहिलो पटक गाडी पुगेको छ । मुगुको सोरु गाउँपालिका वडा नम्वरं ४ लिब्रु गाँउमा पहिलो पटक सडकसँगै मोटर गाडी प...

सामाजिक संजालमा शान्ति सुव्यवस्थामा खलल पुर्याउने कार्य गरे कारबाही गर्ने गृह मन्त्रालयकाे चेतावनी

काठमाडाैं । सामाजिक संजालमार्फत् द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याएको भन्दै गृह मन्त्रालयले सचेत गराए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy