वीरगंज । वीरगंज महानगरपालिकाले यस वर्षबाट एकीकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ । चैत १५ गतेदेखि सुरु हुने कक्षा ८ को महानगरस्तरीय परीक्षाका लागि महानगरको परीक्षा समितिले ११ वटा परीक्षा केन्द्र तोकेको छ ।
जसमा ६ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।
सामुदायिक विद्यालयतर्फ त्रिजुद्ध मावि, नृसिंह मावि, श्रीपुर मावि, शारदा मावि बहुअरी, माइस्थान विद्यापिठ मावि र नेरा मावि सोलकपुरमा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने संस्थागत विद्यालयतर्फ सनलाईट मावि, मिनिल्याण्ड मावि, कादम्बरी एकेडेमी, जीएचपी मावि र ओम नेशनल स्कूललाई परिक्षा केन्द्र निर्धारण गरिएको कर्णले जानकारी दिए ।
यसवर्ष कक्षा ८ को महानगरस्तरीय वार्षिक परिक्षामा ३६ वटा सामुदायिक विद्यालयका ३ हजार १४१ जना र ८२ वटा संस्थागत विद्यालयका २ हजार ५२१ जना गरी कूल ५ हजार ६५७ जना विद्यार्थीले सहभागिता जनाउने कर्णले बताए ।
चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने परीक्षालाई निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मंगलबार महानगरको परीक्षा समितिले ११ वटै केन्द्रमा केन्द्राध्यक्ष नियुक्त गर्नुका साथै उनीहरूका काम कर्तव्यका बारेमा जानकारी गराएको छ । परीक्षा सकिएपछि परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरी नतिजा तयार पारी चैत २८ गते सार्वजनिक गरिने कर्णले जानकारी दिए ।
आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले महानगरमा पहिलो पटक एकीकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परीक्षा लिन लागेको महानगरका शिक्षा महाशाखा प्रमुख कर्णले बताए । उनले भने, 'विगतमा जुन विद्यालयमा अध्ययन गरेको हो सोही विद्यालयले नै परीक्षा लिएर उत्तरपुस्तिका पनि सम्बन्धित विद्यालयले जाँच गर्ने गर्थ्यो, त्यसमा केहि विद्यालय र शिक्षकहरुबाटै चलखेल हुन्थ्यो । ती सबै विकृति अन्त्य गर्न यसपालिदेखि महानगरले एकिकृत माध्यमबाट परीक्षा लिन लागेको हो ।'
कर्णका अनुसार एकीकृत परीक्षा प्रणाली सुरुभएसँगै अब भने अध्ययन अध्यापन सम्बन्धित विद्यालयले गर्ने र त्यसको मूल्यांकन तेस्रो पक्षबाट हुने छ । विद्यार्थीको सिकाई मापन तेस्रो पक्षबाट हुँदा निष्पक्ष र यथार्थपरक हुने भएकाले महानगरले यस वर्षबाट एकीकृत परीक्षा प्रणाली सुरु गरेको महाशाखा प्रमुख कर्णले बताए ।
मंगलबार नवनियुक्त केन्द्राध्यक्षहरुलाई महानगरका मेयर राजेशमान सिंहले नियुक्तीपत्र प्रदान गर्दै आधारभूत तहको अन्तिम परीक्षा निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्देशन दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: