सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ ।
सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि सर्वसाधारणको दैनिकीमा समेत असर पर्न थालेको छ ।
गर्मीकै कारण सर्वसाधारणमा टाउको दुख्ने, रिंगटा लाग्ने, उच्च ज्वरो आउने, बान्ता हुने, डाइरिया, रूघाखोकीको लक्षण देखिन थालेपछि अस्पतालमा पनि विरामीको चाप बढेको गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका इन्चार्ज डा। जितेन्द्र कडेलले जानकारी दिए।
उनले भने, दुई दिन यता अस्पताल ज्वरो, झाडापखाला, सर्प दंशका बिरामी बढेपछि २४ घण्टा भित्र ७९ जनाको आकस्मिक कक्षमा उपचार गरेको उनले बताए।
सधैं भिडभाड हुने यश अस्पतालमा गर्मी बढेपछि विरामीको चाप अत्यधिक बढेको छ । एक हप्ता यता अस्पतालमा बिरामीको संख्या अत्यधिक बढेपनि दुई दिन यता थेग्नै कठिनाइ भइरहेको उनले बताए। विरामीका चापका कारण उपचारमा समस्या भोग्नुपरेको छ भने अस्पतालमा बेडकोअभाव भएपछि बिरामीहरूले भुईँमै बसेर उपचार गराउन बाध्य हुनुपरेको छ ।
बिरामीको चाप बढेसँगै अस्पतालमा पर्याप्त बेड तथा व्यवस्थापन गर्न कठिनाइ भएको स्थानीयले बताए। अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आफन्तहरूले अस्पतालबाट पाउनुपर्ने आधारभूत सुविधा समेत सहज रूपमा नपाएको विरामीका आफन्त दिलिप चौधरीले बताए।
गर्मीका कारण सर्वसाधारणको दैनिकी काममा जान समस्या खेप्नुपरेको छ भने बाहिर हिड्डुल गर्न सकेका छैनन् । विहानै देखि चर्को घाम लागेर तातो हावा चल्न थालेपछि ४० डिग्रीसम्म गर्मी भएपछि सर्वसाधारणलाई दिन काट्नै समस्या भएको स्थानीय रमेश यादवले बताए।
चर्को घाम र गर्मीका कारण जिल्लाको सामुदायिक तथा नीजी बिद्यालयहरूको बिहानी कक्षा सुरु भएको छ । अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कने अवस्था नरहेको राजविराज ५ कि विजेता देवले बताए। अहिले सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीहरूको न्यून उपस्थिति हुँदै आएको स्थानीयको भनाई रहेको छ ।
दिनदिनै मजदुरी गरेर छाक टार्ने मजदुरहरूले घाममा मजदुरी गरेर खाने अवस्था नरहेको मजदुुरी गरेर जिविकोपार्ज गर्दै आएका ७० वर्षीय सुला यादवले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १७:५६
काठमाडौँ। तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचन...
जेष्ठ २० गते, २०८३ - १७:३२
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालको अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्दै चुनावी पराजयका कारणहरूको निर्मम मूल्यांकन ...
जेष्ठ २० गते, २०८३ - १७:२१
काठमाडौं । अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार, बिक्री–वितरण तथा सञ्चय गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनु...
जेष्ठ २० गते, २०८३ - १६:५३
सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ । सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...
जेष्ठ २० गते, २०८३ - १६:४३
काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...
जेष्ठ २० गते, २०८३ - १६:३६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...
जेष्ठ २० गते, २०८३ - १६:०४
काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...
जेष्ठ २० गते, २०८३ - १५:५४
राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...
जेष्ठ २० गते, २०८३ - १५:४५
काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...
जेष्ठ २० गते, २०८३ - १५:१५
नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...



प्रतिकृया लेख्नुहोस्: