Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

लोसपा बैठकः राष्ट्रियसभा पुनर्गठन गर्नुपर्ने माग

खबरडबली संवाददाता

महोत्तरी । लोकतान्त्रिक समाजवादी पाटीको केन्द्रिय बैठकमा संविधान संसोधनको धारणा अगाडि सारेकाे छ ।
संविधानको धारा २४७(७) लाई निष्कृय बनाई ७ प्रदेशको सट्टा पहिचानका आधारमा १० प्रदेश बनाउनु पर्ने धारणा अगाडी सारेकाे हाे ।

मधेशप्रदेश वाहेक ६ वटा प्रदेशमा अन्य समुदायको बाहुल्यता भए तापनी खस-आर्यहरु नै सत्तामा एकाधिकार रहेको बताउदै संघीय व्यवस्था समबन्धी धाराहरु विभेदपुर्ण भएको बैठकमा निष्कर्ष निकालिएको छ । 

लोसपाका वरिष्ठ सह-अध्यक्ष सर्वेन्द्रनाथ सुक्लले प्रस्तुत गरेको राजनीतिक अवधारणामा राष्ट्रियसभाको गठनलाई लिएर पनि असन्तुष्टी जनाईएको छ । उक्त सभामा ३ जना मनोनीत हुने व्यवस्था वाहेक प्रत्येक प्रदेशवाट जनसंख्याको कुनै विचार नगरी ८/८ जनाका दरले ५६ जना सभासदहरु निर्वाचित हुने व्यवस्था गलत भएको औल्याइएकाे हाे ।

५४ लाख जनसंख्या रहेको प्रदेशवाट पनि ८ जना मात्रै सभासद हुने व्यवस्था बिभेदपुर्ण भएको जिकिर गर्दै बैठकमा राष्ट्रियसभाको गठन सम्बन्धि धाराहरु संसोधनद्वारा खारेज गर्नुपर्ने माग गरिएको छ । 

बैठकमा बहुभाषिक नीति अनुरुप केन्द्र, प्रदेश र स्थानिय तहहरुमा सरकारी कामकाजको लागी अन्य भाषाको समेत प्रयोग गर्न पाउनुपर्ने अवधारणा अगाडि सारिएको छ ।

बैठकमा सत्ता बहिर्गमनको बिषय समेत जोडदार रुपमा उठाईएको छ । गठबन्धन जोडिनु र भत्किनु शिर्ष नेताहरुको स्वार्थ हावी भएको भन्दै गठबन्धन कै कारण मधेश प्रदेशमा लोसपाले ७ सिट मात्र ल्याएको र राष्ट्रिय पार्टी बन्न नसकेकोसमेत स्विकार गरिएकाे छ ।

२०६४ फाल्गुन १ देखि फाल्गुन १६ सम्म भएको आन्दोलनका क्रममा राज्य र आन्दोलनरत दलविच  भएको ८ बुद्दे सहमती विपरित काम भएको बैठकमा चर्चा भएको छ । सोही आन्दोलनले मधेशका मुल मुद्दा  स्थापित भएको जिकिर गर्दै बैठकमा यस्लाई निस्तेज बनाउने गरी कतिपय लागेको पनि जनाइएकाे छ । 

गत ६ गतेदेखी बर्दिवासमा जारी बैठकमा २ सय भन्दा बढी केन्द्रिय सदस्य, ६४ जना पदाधिकारीहरुको उपस्थिति रहेको छ । आजै उक्त बैठकले निष्कर्ष सहित सार्वजनिक गर्ने प्रबक्ता आभास लाभले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...

खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...

समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy