Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

बेलबारी घटना: आमा मारेर बुबाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन

खबरडबली संवाददाता

विराटनगर । बेलबारीका ८ वर्षीय बबिन लिम्बू । उनी ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूका छोरा हुन् । उनी जम्मा २ कक्षामा पढ्दै थिए । बमबहादुर र गीताको बिहे कहिले भएको थियो यकिन भइसकेको छैन ।

प्रहरीका अनुसार अहिले यत्ति खुलेको छ- दुबैको दोस्रो बिहे थियो । बबिन उनीहरूका एक्ला छोरा हुन् । बुझ्नमा आएसम्म गीतापट्टीका जेठा श्रीमान् र बमबहादुरकी जेठी श्रीमतीका छोराछोरी छन् । कति कहाँ छन् सबै खुलेको छैन ।

गीताको पहिलेको घर धनकुटा हो । बमबहादुरको तेह्रथुम हो भन्ने बुझिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालका अनुसार गीतापट्टीकी पहिलेकी छोरी दमक रहेको पत्ता लागेपछि खबर गरियो । उनी प्रहरी कार्यालयमा आइसकेकी छिन् । बमबहादुरकी जेठीपट्टीका सन्तानको खोजी भइरहेको छ ।

दाहालका अनुसार बमबहादुर र गीता चार-पाँच वर्षअघि बेलबारी आएका थिए । उनीहरू बेलबारी नगरपालिका-१ की निर्मला राईको घरमा भाडामा बस्थे ।

एक तले भुइँघरमा उनीहरूले दुई कोठा भाडामा लिएका थिए । घरबेटी निर्मला एउटा कोठामा बस्थिन् । बमबहादुर र गीता त्यहीँ एउटा घरमा चिया बनाउने तथा मर्चा (जाँड बनाउने कच्चापदार्थ) बेच्थे ।

उनीहरूबीच बेला-बेलामा झगडा परिरहन्थ्यो । एक वर्षअघि गाउँ-समाज बसेर झगडा मिलाइदिएका थिए ।
‘श्रीमानले अलि बढी शंका गर्ने गर्दा रहेछन्, त्यसैमा उनीहरूको झगडा हुन्थ्यो भन्ने गाउँलेहरूबाट बुझिन्छ,’ दाहालले भने ।

बुधबार बिहान राति १:५० तिर इलाका प्रहरी कार्यालय बेलबामा बमबहादुर र गीताका छिमेकी आइपुगे । आउने स्थानीयले सन्देश बोकेका थिए - गीता र बमबहादुर दुबै रक्ताम्य ढलेका छन् । यसपछि प्रहरी बमबहादुर र गीता बस्ने घर पुगेको थियो ।

दाहालका अनुसार बमबहादुर र गीताको झगडा मध्यरातमा परेको हुनसक्छ । त्यो झगडा उत्कर्षमा पुग्दा बमबहादुरले गीतालाई दाउ प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

‘जब गड्डाङगुडुङ गर्‍यो, बबिनले थाहा पाए, घरबेटी निर्मला घटनास्थलमा पुगेकी थिइन् । त्यतिबेला बबिन कोठाभित्रै थिए,’ दाहालले भने, ‘बमबहादुर गीतालाई प्रहार गरेको दाउले आफ्नो घाँटी रेटिरहेका थिए ।’

घरबेटी निर्मला आत्तिइन्, हत्तपत्त ढोका खोलिन् । डरले लुगलुग काँपिरहेका बबिन् निर्मलासँगै बाहिर छिमेकीसँग हारगुहार गर्न पुगेका थिए । ‘यो घटना साढे १ बजेतिरको हुनुपर्छ, १:५० मा प्रहरीमा खबर पुगिसकेको थियो,’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले भने ।

प्रहरी निरीक्षक दाहालका अनुसार घटनास्थल पुग्दा गीताको शरीरमा जीवित चाल थिएन । बमबहादुर जीवित थिए । उनलाई तत्काल नोबेल अस्पताल विराटनगर लगियो । तर, उपचार प्रारम्भमै उनको मृत्यु भयो ।

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ । उनीहरूबीच मध्यरातमा के झगडा भयो खुलेको छैन ।
जीवनको उत्तरार्द्धमा बमबहादुरले श्रीमतीको हत्या गरेर बबिनको सहारा खोसे । न आफू रहे । रहेका भए पनि उनी जेल पुग्थे ।

बबिन ‘टुहुरा’ हुन्थे । बुवा-आमा दुबै नरहेपछि बबिनको कलिलो बाल्यकाल अनिश्चय बनेको छ । उनी अहिले जेठीआमाकी छोरीको काखमा पुगेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE