Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

प्लास्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै

खबरडबली संवाददाता

तनहुँ । बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहज रुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको हो ।

आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँटमा लामो समयदेखि माटोका भाँडा बनाउँदै आएका चन्द्रकृष्ण प्रजापतिले आधुनिकता तथा सहजताका कारण प्लास्टिकका सामग्री प्रयोग गर्ने बढेसँगै माटाको भाँडा प्रयोग गर्ने घटेको बताए । पुख्र्यौली पेसा भएकाले अहिलेसम्म छाड्न नसकेको उनको भनाइ छ ।

“पछिल्लो समय प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडा विस्थापित हुने अवस्थामा पुगेको छ । अहिले धेरै व्यापार घटेको छ । पेसा नै लोप हुन्छ की भन्ने चिन्ता छ ।”

प्रजापतिको परिवार २०४३ सालमा भक्तपुरको ठिमीबाट बसाइँसराइ गरी तनहुँ आएको थियो । बाबु चन्द्रबहादुर प्रजापतिसँगै तनहुँ आएका उनले छ वर्षको उमेरदेखि नै माटाका भाँडा बनाउन सिकेका थिए । 

माटाका भाँडा बिक्री गरी हाल वार्षिक रू पाँच लाखसम्म आम्दानी हुने गरेको प्रजापतिले सुनाए । उनका अनुसार निर्माण गरिएका भाँडा तनहुँका साथै लमजुङ र गोरखामा समेत बिक्री हुँदै आएको छ ।

माटोका भाँडा बनाउने भट्टाबाट रक्सी पार्ने हण्डा, मकै भुट्ने हाडी, पानी राख्ने भुड्का, गाग्री, घैँटा, धुपौरे, खोतउली, फूलका गमला, आरी, डुगुल्की, सुराइ, खुत्रुक्के, कमलदानी, कलश, पाला, दियोलगायत सामग्री बन्दै आएको छ । 

हाडीप्रति गोटा रू दुई सय, गमलाप्रति दर्जन रू नौ सय, गाग्री रू एक सय ५०, आरी रू दुई सय, खुुत्रुक्के रू एक सय ५०, धुपौरे रू ६० मा बिक्री हुने गरेको प्रजापतिले जानकारी दिए । भाँडा तयार गर्नका लागि गोरखाबाट प्रतिट्याक्टर चिम्ट्याइलो माटो रू १५ हजारमा खरिद गर्ने गरेको उनले बताए । 

प्लास्टिकका भाँडा प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने र वातावरणसमेत प्रदूषित हुने भएकाले माटोका भाँडा प्रयोग गर्नुपर्ने प्रजापतिको सुझाव छ ।

“भट्टामा माटो पेल्ने तथा भाँडा बनाउने मेसिन र पोल्ने भट्टा निर्माण गरी पेसालाई निरन्तरता दिँदै आएको छु । म यो पोमा सन्तुष्ट छु”, प्रजापतिले भने । स्थानीय सरकारले केही आर्थिक सहयोग गरिदिए व्यवसायलाई आधुनिक बनाउने योजना रहेको उनको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE