महोत्तरी । महोत्तरीमा सार्वजनिक जग्गा हडप्ने, व्यक्तिका जग्गाहरू आफ्नो नाममा ल्याएर घरबारविहीन बनाउने र वनसमेत अतिक्रमण गरि आफ्नो नाममा बनाएका घटनाहरु सार्वजनिक हुँदै आएका बेला बर्दिवासका एक व्यक्तिले विद्यालयको सार्वजनिक जग्गा नै अतिक्रमण गरेर आफ्नो बनाउने प्रयास गरेको खुलेकाे छ ।
बर्दिवास-७ स्थित जनहित नन्दलाल माध्यामिक विद्यालयको १ बिघा ५ कठ्ठा ४ धुर जग्गामा लगाइएको झण्डै ६ सय रुख कटान गरि कब्जा गर्ने प्रयास गरेको खुलासा भएको हो । गाउँकै बृज विहारी महतो भन्ने ब्यक्तिले जानाजान विद्यालयले लगाएको उक्त भिक्सका रुखहरु कटान गरी बेचबिखनसमेत गरेको स्थानीय बताउँछन् ।
१८ इन्चदेखि ४२ इन्चसम्मको रुख कटान गरि मिथिला नगरपालिकाका एक फर्निचर व्यवसायीलाई बिक्री गरेको फेला परेको छ । रातारात विद्यालयको लालपुर्जामा रहेको उक्त रुखहरु कटान गरेर बिक्री गरेपछि स्थानीय आक्रोशित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर कार्कीले विद्यालयको जग्गा थाहा हुँदाहुँदै विद्यालयले नै लगाएको रुखहरु कटान गर्नु गलत भएको बताए ।
`जसले गल्ती गरेको भए पनि सजायको भागिदार हुनुपर्छ,´ उनले भने, `अत्यन्तै खेदपूर्ण घटना घटेको छ ।´ ती व्यक्ति शक्तिको आडमा परिचालित भएको कतिपयको आरोप छ । वडा न. ६ का वडा अध्यक्ष पदम आलेमगरले नगरले यस्ता ब्यक्तिहरुलाई संरक्षित गरि अराजक मच्चाउन खोजेको बताए ।
वडा न.७ का वडा अध्यक्ष भोरिल यादवले विद्यालयको जग्गा जानाजान अतिक्रमण गर्नु गम्भीर अपराध भएको बताउँदै दोषीलाई थप छानबिन गरि कारबाही प्रक्रियाअगाडि बताउने बताएका छन् ।
यता स्थानीयहरुले भने मनोबल उच्च बनाएर सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने अडान लिएका छन् । यदी दोषीलाई तत्काल कारबाही नभए संघर्षका कार्यक्रमसमेत तय गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् । अभिभावक संघकी सदस्य जुनु यादवलले कारबाहीमा बेवास्ता गरेमा दबाबमुलक कार्यक्रमसमेत सिर्जना गर्ने बताइन् ।
`आवश्यक परे हामी लोकतान्त्रिक अधिकारको प्रयोग गरि सडक संघर्षसमेत गर्छौं,´ उनले भनिन्, `अपराध गर्नेहरुले उन्मुक्ति पाउन हुँदैन ।´ तर, रुख कटान गरि रातारात बेचेकाे आरोप लागेको आरोपित वृज विहारी महतोले उक्त जग्गा आफ्नै भएको दाबी गरेका छन् । बर्षौदेखि आफैले जोतभोग गरेको उक्त जग्गामा अहिलेसम्म विद्यालयले दावी नगरेको बताउँदै बाँकी रुखहरु पनि काटेर देखाउने चुनौती दिएका छ्न् ।
स्थानीयहरुले लगाएको आरोप निराधार भएको बताउँदै उक्त जग्गा विद्यालयको भए सजाय भोग्न तयार भएको उनकाे भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: