Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

बर्दिबासमा भू-माफियाहरूको चलखेल, विद्यालयको जग्गा अतिक्रमण

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीमा सार्वजनिक जग्गा हडप्ने, व्यक्तिका जग्गाहरू आफ्नो नाममा ल्याएर घरबारविहीन बनाउने र वनसमेत अतिक्रमण गरि आफ्नो नाममा बनाएका घटनाहरु सार्वजनिक हुँदै आएका बेला  बर्दिवासका एक व्यक्तिले  विद्यालयको सार्वजनिक जग्गा नै अतिक्रमण गरेर आफ्नो बनाउने प्रयास गरेको खुलेकाे छ ।

बर्दिवास-७ स्थित जनहित नन्दलाल माध्यामिक विद्यालयको १ बिघा ५ कठ्ठा ४ धुर जग्गामा लगाइएको झण्डै ६ सय रुख कटान गरि कब्जा गर्ने प्रयास गरेको खुलासा भएको हो । गाउँकै बृज विहारी महतो भन्ने ब्यक्तिले जानाजान विद्यालयले लगाएको उक्त भिक्सका रुखहरु कटान गरी बेचबिखनसमेत गरेको स्थानीय बताउँछन् ।

१८ इन्चदेखि ४२ इन्चसम्मको रुख कटान गरि मिथिला नगरपालिकाका एक फर्निचर व्यवसायीलाई बिक्री गरेको  फेला परेको छ । रातारात विद्यालयको लालपुर्जामा रहेको उक्त रुखहरु कटान गरेर बिक्री गरेपछि स्थानीय आक्रोशित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर कार्कीले विद्यालयको जग्गा थाहा हुँदाहुँदै विद्यालयले नै लगाएको रुखहरु कटान गर्नु गलत भएको बताए ।

`जसले गल्ती  गरेको भए पनि सजायको भागिदार हुनुपर्छ,´ उनले भने, `अत्यन्तै खेदपूर्ण घटना घटेको छ ।´ ती व्यक्ति शक्तिको आडमा परिचालित भएको कतिपयको आरोप छ । वडा न. ६ का वडा अध्यक्ष पदम आलेमगरले नगरले यस्ता ब्यक्तिहरुलाई संरक्षित गरि अराजक मच्चाउन खोजेको बताए ।

वडा न.७ का वडा अध्यक्ष भोरिल यादवले विद्यालयको जग्गा जानाजान अतिक्रमण गर्नु गम्भीर अपराध भएको बताउँदै दोषीलाई थप छानबिन गरि कारबाही प्रक्रियाअगाडि बताउने बताएका छन् ।

यता स्थानीयहरुले भने मनोबल उच्च बनाएर सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने अडान लिएका छन् । यदी दोषीलाई तत्काल कारबाही नभए संघर्षका कार्यक्रमसमेत तय गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् । अभिभावक संघकी सदस्य जुनु यादवलले कारबाहीमा बेवास्ता गरेमा दबाबमुलक कार्यक्रमसमेत सिर्जना गर्ने बताइन् । 

`आवश्यक परे हामी लोकतान्त्रिक अधिकारको प्रयोग गरि सडक संघर्षसमेत गर्छौं,´ उनले भनिन्, `अपराध गर्नेहरुले उन्मुक्ति पाउन हुँदैन ।´ तर, रुख कटान गरि रातारात बेचेकाे आरोप लागेको आरोपित वृज विहारी महतोले उक्त जग्गा आफ्नै भएको दाबी गरेका छन् । बर्षौदेखि आफैले जोतभोग गरेको उक्त जग्गामा अहिलेसम्म विद्यालयले दावी नगरेको बताउँदै बाँकी रुखहरु पनि काटेर देखाउने चुनौती दिएका छ्न् ।

स्थानीयहरुले लगाएको आरोप निराधार भएको बताउँदै उक्त जग्गा विद्यालयको भए सजाय भोग्न तयार भएको उनकाे भनाई छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE