काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी रेखालाई घटाएर शून्यमा झार्नुपर्ने बताएका छन् ।
काठमाडौं जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले सरकारले गरिबी शून्यमा झार्ने गरी काम गर्ने बताए । उनले अहिले गरिबीको रेखामुनि १७ प्रतिशतबाट बढेर २०.२६ प्रतिशतमा पुगेको उल्लेख गर्दै त्यसलाई शून्यमा झार्नुपर्ने बताए ।
“हामीले सरकारमा रहँदा निरपेक्ष गरिबीको रेखालाई १७ प्रतिशतमा झारेका थियौँ । तर अहिले त्यो बढेर फेरि २०.२६ प्रतिशतमा पुगेको छ । त्यसलाई घटाउनु छ । शून्यमा झार्नु छ,” उनले भने ।
अध्यक्ष ओलीले एमाले देश बनाउने सङ्कल्प बोकेर हिँडेको पार्टी भएको धारणा राखे । उनले आगामी निर्वाचनमा काठमाडौंमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताए । “पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झर्यो । काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौँ यो स्थितिलाई अनिवार्य बदल्नै पर्छ”, उनले भने, “एमालेलाई काठमाडौंमा यो अवस्था कुनै हालतमा स्वीकार्य छैन । एमालेले काम गरेर देखाएको हिसाबले पनि जुन परिमाण आएको छ । त्यो पीडादायी रहेको छ ।”
उनले आगामी निर्वाचनमा काठमाडौंमा एमालेले ९० प्रतिशत मत ल्याउनुपर्ने बताए । अध्यक्ष ओलीले पार्टीका पक्षमा सामाजिक सञ्जालमार्फत बोल्न कार्यकर्तालाई आग्रह गरे । “पार्टीका पक्षमा बोल्नुपर्यो । विपक्षीले लगाएका झुठो आरोपको खण्डन गर्नुपर्यो । यो झुठो हो भनेर सामाजिक सञ्जालमा किन टिप्पणी लेख्दैनाैँ”, उनले भने । अध्यक्ष ओलीले नेपाललाई समृद्ध र सुशासनयुक्त बनाउन खोजेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: