Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

पश्चिम बङ्गालका पर्यटन व्यवसायीसंग काठमाण्डौमा अन्तरक्रिया

दुवै देशको पर्यटन गन्तव्यहरूको क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड

खबरडबली संवाददाता

काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा (क्रस (ब्रडर्र) पर्यटन) नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा लिन सक्ने व्यवसायी तथा बोर्डका अधिकारीहरुले बताएका छन् ।

८ औं बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) को प्रचार प्रसार तथा नेपाली व्यवसायीसंग अन्तरक्रियाको लागि नेपाल आएको सिलिगुडीस्थित इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा) का पदाधिकारीहरुसंग बुधबार बोर्डमा अन्तरक्रिया आयोजना गरिएको थियो । (इथवा) को आयोजनामा सेप्टेम्बर १४ देखि १५ तारिखसम्म सिलगुडिमा ८ औं बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) हुन लागेको छ । 

सो अवसरमा पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले पश्चिम बंगाल र खासगरी, दार्जलिङ्ग, सिक्किम लगायतका क्षेत्रबाट पूर्वि नेपालमा घुम्न आउने तथा नेपालबाट त्यता जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा थप प्रचार प्रसार र सहजिकरण गर्न सके तेस्रो मुलकका पर्यटकबाट दुवै देश लाभान्वित हुने बताए ।

बोर्डका अर्का प्रबन्धक सुमन घिमिरेले नेपालले समेत क्रस बर्डर पर्यटनलाई जोड दिंदै नेपाल भारत समिा क्षेत्रमा विभिन्न मार्टहरु आयोजना गरेको जानकारी दिँदै छलफल तथा अन्तरत्रिया र सहकार्यलाई जारी राख्नु पर्नेमा जोड दिए ।

इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा) का अध्यक्ष देवासिश मिश्राले क्रसबोर्डर पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकबाट लाभ लिन दुवै देशबीचका सीमा क्षेत्रमा अध्यागमन सुविधा अपरिहार्य रहेको बताए ।

यस्तै (इथवा) का महासचिव सन्दिपन घोषले सिलगुडिमा आयोजना हुन लागेको बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) मा नेपालको सहभागिताले नेपालको पर्यटन पर्वद्धनमा सहयोग पुग्ने बताए ।

यो टोलीले काठमाण्डौं वरपरका चन्द्रगिरी, नगरकोट तथा पोखरा र चितवन लगायतका पर्यटकीय स्थलको भ्रमण तथा ती स्थानहरुमा व्यवसायीहरुसंग अन्तरक्रिया गरि फर्किने इथवाको साहसिक पर्यटन संयोजक डा. दाबा शेर्पाले जानकारी दिए ।

गतवर्ष नेपालको कोशि प्रदेश नाटा र भारतको पश्चिम बङ्गालको पर्यटन गन्तव्यहरूको एकैसाथ प्रचार र प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतका पर्यटन व्यवसायीबीच गतवर्ष झापामा सम्झौतामा हस्ताक्षर समेत भएको थियो । सोही अनुरुप पर्यटन बोर्डको पहलमा भारतीय पर्यटन व्यवसायीहरको टोली नेपाल आएको हो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेस...

पाङदुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध

काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्य...

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

पहिरोले थुनियो अरनिको राजमार्ग, अन्य सडकमा पनि जोखिम बढ्दो

काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। विशेषगरी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...

काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भ...

आफ्नै नीतिमा आफैं अल्झिए सांसद खनाल, पुर्जा नभएकै जग्गामा नक्सापासबिनै घर

कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ...

पाकिस्तानमा पनि बुद्ध जयन्ती

काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...

हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...

अमेरिकी डलरको भाउ १५२ रुपैयाँ पुग्दा अन्यकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending