Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

पश्चिम बङ्गालका पर्यटन व्यवसायीसंग काठमाण्डौमा अन्तरक्रिया

दुवै देशको पर्यटन गन्तव्यहरूको क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड

खबरडबली संवाददाता

काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा (क्रस (ब्रडर्र) पर्यटन) नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा लिन सक्ने व्यवसायी तथा बोर्डका अधिकारीहरुले बताएका छन् ।

८ औं बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) को प्रचार प्रसार तथा नेपाली व्यवसायीसंग अन्तरक्रियाको लागि नेपाल आएको सिलिगुडीस्थित इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा) का पदाधिकारीहरुसंग बुधबार बोर्डमा अन्तरक्रिया आयोजना गरिएको थियो । (इथवा) को आयोजनामा सेप्टेम्बर १४ देखि १५ तारिखसम्म सिलगुडिमा ८ औं बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) हुन लागेको छ । 

सो अवसरमा पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले पश्चिम बंगाल र खासगरी, दार्जलिङ्ग, सिक्किम लगायतका क्षेत्रबाट पूर्वि नेपालमा घुम्न आउने तथा नेपालबाट त्यता जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा थप प्रचार प्रसार र सहजिकरण गर्न सके तेस्रो मुलकका पर्यटकबाट दुवै देश लाभान्वित हुने बताए ।

बोर्डका अर्का प्रबन्धक सुमन घिमिरेले नेपालले समेत क्रस बर्डर पर्यटनलाई जोड दिंदै नेपाल भारत समिा क्षेत्रमा विभिन्न मार्टहरु आयोजना गरेको जानकारी दिँदै छलफल तथा अन्तरत्रिया र सहकार्यलाई जारी राख्नु पर्नेमा जोड दिए ।

इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा) का अध्यक्ष देवासिश मिश्राले क्रसबोर्डर पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकबाट लाभ लिन दुवै देशबीचका सीमा क्षेत्रमा अध्यागमन सुविधा अपरिहार्य रहेको बताए ।

यस्तै (इथवा) का महासचिव सन्दिपन घोषले सिलगुडिमा आयोजना हुन लागेको बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) मा नेपालको सहभागिताले नेपालको पर्यटन पर्वद्धनमा सहयोग पुग्ने बताए ।

यो टोलीले काठमाण्डौं वरपरका चन्द्रगिरी, नगरकोट तथा पोखरा र चितवन लगायतका पर्यटकीय स्थलको भ्रमण तथा ती स्थानहरुमा व्यवसायीहरुसंग अन्तरक्रिया गरि फर्किने इथवाको साहसिक पर्यटन संयोजक डा. दाबा शेर्पाले जानकारी दिए ।

गतवर्ष नेपालको कोशि प्रदेश नाटा र भारतको पश्चिम बङ्गालको पर्यटन गन्तव्यहरूको एकैसाथ प्रचार र प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतका पर्यटन व्यवसायीबीच गतवर्ष झापामा सम्झौतामा हस्ताक्षर समेत भएको थियो । सोही अनुरुप पर्यटन बोर्डको पहलमा भारतीय पर्यटन व्यवसायीहरको टोली नेपाल आएको हो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रममन्त्री अर्याल र साइप्रसका हाइ कमिश्नरबीच शिष्टाचार भेटवार्ता

काठमाडौं  ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्सबीच शिष्टाचार भेटवार्ता भएको छ । ...

अखिल क्रान्तिकारीको खुला डिजिटल वक्तृत्वकला प्रतियोगितामा शिबु क्षेत्री प्रथम

काठमाडौं । खुला डिजिटल बक्तृत्वकला प्रतियोगितामा शिबु क्षेत्रीले प्रथम स्थान हासिल गरेकी छन् । विद्यार्थी एकता दिवसका अबसरमा नेकपा (माओवादी केन्द्र) न...

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं ।  ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टले लेखेको पुस्तकमा सङ्घर्षको सुरुआत र ...

बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा युवक पक्राउ

काठमाडौं। बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–२० घर भएर कीर्तिपुर बस...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्...

एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर फर्किरहेकी युवतीको मृत्यु

कैलाली । एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्युु भएको छ । कैलाली पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका...

सिरहामा बम पड्काएर लुटपाट, ६ जना घाइते

सिरहा । सिरहामा बम पडकाएर लुटपाट भएको छ । लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट  भएको हो ।  गएराति राति करिब पौने १२ बजेको समयमा ४ वटा ...

मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु ५ घाईते

विराटनगर । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा  ५ जना घाईते भएका छन् । आइतबार केराबारी गाउँप...

वीरगंजका मेयर विद्यार्थीको हौसला बढाउन कक्षा कोठामा

वीरगंज । वीरगंज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयबाट उक्त का...

प्रधानमन्त्री प्रचण्डको आग्रहका विषयमा कांग्रेस संसदीय दलको बैठकले निर्णय गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्न गरेको आग्रहका विषयमा कांग्रेस संसदीय दलको बैठकले निर्णय गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies