सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुदूरपश्चिम प्रदेश समिति कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारका विषयमा कुनै निर्णय गर्न सकेन । सो पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा धनगढीमा बसेको बैठकमा प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा कुरा उठे पनि कुनै निर्णय नगरी सकिएको समितिका सदस्य सचिव छत्र शाहीले जानकारी दिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गरेका थिए।
प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहले सरकारलाई विश्वासको मतका लागि राप्रपासँग सहयोग मागेको सन्दर्भमा बसेको राप्रपाको बैठक अनिर्णित भएको हो ।
राप्रपासँग नयाँ गठबन्धन दलहरुले पनि सरकार गठनमा अनौपचारिकरुपमा सहयोग मागेको सदस्य सचिव शाहीले बताए ।
उनले भने, “बैठकमा प्रदेश सरकारका विषयमा कुरा उठे, कसैले सरकारमा सहभागी भएर जानुपर्ने मत राख्नुभयो, कतिपयले पार्टी आन्दोलनमा जाने भएकाले तत्काल सरकारमा जान अनुपयुक्त हुने राय दिनुभयो। जिल्ला अध्यक्षसँग समन्वय गरेर थप छलफल गरी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम जाने कुरा भएको छ ।”
नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन यथावत राख्ने निर्णय यसअघि नै गरेको थियो । राप्रपाको प्रदेशसभा एक सदस्य छन् ।
नागरिक उन्मुक्ति पार्टीका सात सदस्य रहेको प्रदेशसभामा एक सदस्यले भने प्रदेश सरकारलाई समर्थन गर्ने संसदीय दलको निर्णयमा आपत्ति जनाएका छन्।
प्रदेशसभाका कूल ५३ सदस्यमध्ये कांग्रेस र नागरिक उन्मुक्तिसँग २५ सदस्य छन् । नयाँ गठबन्धन दलसँग सभामुखबाहेक २४ सदस्य छन् । सरकार गठनका लागि २७ सदस्य आवश्यक हुन्छ । प्रदेशसभाको एक पद रिक्त छ । एक जना स्वतन्त्र सदस्य छन्।
फेरिएको सत्ता समीकरणसँगै मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन्। उनले यो महिनामा विश्वासको मत लिनुपर्नेछ । नागरिक उन्मुक्ति पार्टीको सहयोगविना नयाँ गठबन्धनलाई पनि सरकार गठनका लागि बहुमत सदस्य जुटाउन समस्या छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: