Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

राप्रपा अनिर्णित हुँदा सुदूरपश्चिमका मुख्यमन्त्री शाह संकटमा, नयाँ गठबन्धनलाई पनि गणितको उस्तै सास्ती

खबरडबली संवाददाता

सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुदूरपश्चिम प्रदेश समिति कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारका विषयमा कुनै निर्णय गर्न सकेन । सो पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा धनगढीमा बसेको बैठकमा प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा कुरा उठे पनि कुनै निर्णय नगरी सकिएको समितिका सदस्य सचिव छत्र शाहीले जानकारी दिए । 

केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गरेका थिए। 

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहले सरकारलाई विश्वासको मतका लागि राप्रपासँग सहयोग मागेको सन्दर्भमा बसेको राप्रपाको बैठक अनिर्णित भएको हो । 

राप्रपासँग नयाँ गठबन्धन दलहरुले पनि सरकार गठनमा अनौपचारिकरुपमा सहयोग मागेको सदस्य सचिव शाहीले बताए । 

उनले भने, “बैठकमा प्रदेश सरकारका विषयमा कुरा उठे, कसैले सरकारमा सहभागी भएर जानुपर्ने मत राख्नुभयो, कतिपयले पार्टी आन्दोलनमा जाने भएकाले तत्काल सरकारमा जान अनुपयुक्त हुने राय दिनुभयो। जिल्ला अध्यक्षसँग समन्वय गरेर थप छलफल गरी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम जाने कुरा भएको छ ।”

नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन यथावत राख्ने निर्णय यसअघि नै गरेको थियो । राप्रपाको प्रदेशसभा एक सदस्य छन् । 

नागरिक उन्मुक्ति पार्टीका सात सदस्य रहेको प्रदेशसभामा एक सदस्यले भने प्रदेश सरकारलाई समर्थन गर्ने संसदीय दलको निर्णयमा आपत्ति जनाएका छन्। 

प्रदेशसभाका कूल ५३ सदस्यमध्ये कांग्रेस र नागरिक उन्मुक्तिसँग २५ सदस्य छन् । नयाँ गठबन्धन दलसँग सभामुखबाहेक २४ सदस्य छन् । सरकार गठनका लागि २७ सदस्य आवश्यक हुन्छ । प्रदेशसभाको एक पद रिक्त छ । एक जना स्वतन्त्र सदस्य छन्।

फेरिएको सत्ता समीकरणसँगै मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन्। उनले यो महिनामा विश्वासको मत लिनुपर्नेछ । नागरिक उन्मुक्ति पार्टीको सहयोगविना नयाँ गठबन्धनलाई पनि सरकार गठनका लागि बहुमत सदस्य जुटाउन समस्या छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending