Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

युरोप पुगेर प्रमुख दाहालद्वारा भरतपुर भ्रमण वर्षको निम्तो

खबरडबली संवाददाता

चितवन । पुरस्कार ग्रहण गर्न बेलायत पुगेकी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युरोपका विभिन्न देशमा पुगेर भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी छिन् । 

उनले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई भेटेर निम्ता दिएकी हुन् । यससँगै त्यहाँका स्थानीय तहका अधिकारीलाई समेत उनले निम्ता दिएकी छन् । 

प्रमुख दाहालले लण्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग भेट गरी भ्रमण वर्ष सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको बताइन् । 

दाहाल ती देशका गैरआवासीय नेपाली सङ्घलगायतका सङ्घसंस्थाहरूका कार्यक्रममा सहभागी थिए । उनि युरोपमा रहँदा नेपाली सङ्घसंस्थाहरूले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भइन् । ती कार्यक्रममा भरतपुर भ्रमण वर्षलाई सफल बनाउन आफूले आग्रह गरेको उनले जानकारी दिइन । 

उनले युरोपियन पर्यटकलाई नेपाल आउने वातावरण सिर्जना गर्न र प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरिन् । दाहालले ती देशका सिटी काउन्सिलका प्रतिनिधिसँग भेट गरेकी छिन् । रोयल बरो अफ ग्रिन ह्वीच सिटीका उपप्रमुख जित रानाभाट र रुसमुर बरो काउन्सिलका काउन्सिलर धन सार्की तथा नेम थापासँग पनि भेट गरेर भ्रमण वर्षका बारेमा कुराकानी भएको दाहालले बताइन् । सोही क्रममा उनि अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गैरआवासीय नेपाली सङ्घ बेलायतले आयोजना गरेको कार्यक्रममा सहभागी भइन् । 

यस्तै स्पेनमा गरिएको ‘राजनीति र कूटनीतिमा नेपाली महिला’ विषयक कार्यक्रममा उनि सहभागी भइन् । सो कार्यक्रममा उपस्थित भएकाहरूलाई पनि भ्रमण वर्षको निम्तो दिइएको थियो । यस्तै नेपाली जनप्रगतिशील मञ्च युरोपको पाँचौँ महाधिवेशनको उद्घाटन र स्पेनको चौथो घोषणासभामा उनले भ्रमण वर्षको निम्तो दिइन् । 

प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार गर्न र भरतपुरको महत्तवपूर्ण पर्यटकीयस्थलका बारेमा जानकारी गराउन आग्रह गरिन् । भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र्याउने लक्ष्य लिएको छ ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोह सम्पन्न गरेर दाहाल बेलायत गएकी थिइन् । देशकै मुख्य कार्यक्रमको झल्को दिनेगरी ऐतिहासिक उद्घाटन गर्न सफल दाहाल उत्कृष्ट ‘मेयर अवार्ड’ ग्रहण गर्न बेलायत गएकी हुन् । 

बेलायतको संसद् भवन हाउस अफ कमन्समा लण्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिम, बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनरलगायतका उच्च अधिकारीहरूबाट दाहालले अवार्ड लिएकी थिइन् । 

नेपालका पालिकाहरूमा भौतिकसँगै अन्य विकासका सूचकमा अग्रणी रहेको भरतपुरले घोषणा गरेको भ्रमण वर्षको प्रचार अन्तर्राष्ट्रिय जगत्सम्म पुर्याउन  आफ्नो भ्रमण सफल रहेको दाहालले बताइन् । उनले भनिन्, “युरोपका देशहरूमा त्यहाँका नागरिक र गैरआवासीय नेपालीहरूलाई प्रत्यक्षरूपमा निम्तो दिने अवसर प्राप्त भयो ।” निम्तो दिएर फर्किँदै गर्दा आफूमा थप ऊर्जा पैदा भएको उनले बताइन् । 

विकास निर्माणमा आफू जुटेकै कारण अन्तर्राष्ट्रिय जगत्मा रहेका नेपालीहरूले समेत आफूलाई उच्च सम्मान दिएको उनले प्रतिक्रिया दिइन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE