Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

युरोप पुगेर प्रमुख दाहालद्वारा भरतपुर भ्रमण वर्षको निम्तो

खबरडबली संवाददाता

चितवन । पुरस्कार ग्रहण गर्न बेलायत पुगेकी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युरोपका विभिन्न देशमा पुगेर भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी छिन् । 

उनले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई भेटेर निम्ता दिएकी हुन् । यससँगै त्यहाँका स्थानीय तहका अधिकारीलाई समेत उनले निम्ता दिएकी छन् । 

प्रमुख दाहालले लण्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग भेट गरी भ्रमण वर्ष सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको बताइन् । 

दाहाल ती देशका गैरआवासीय नेपाली सङ्घलगायतका सङ्घसंस्थाहरूका कार्यक्रममा सहभागी थिए । उनि युरोपमा रहँदा नेपाली सङ्घसंस्थाहरूले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भइन् । ती कार्यक्रममा भरतपुर भ्रमण वर्षलाई सफल बनाउन आफूले आग्रह गरेको उनले जानकारी दिइन । 

उनले युरोपियन पर्यटकलाई नेपाल आउने वातावरण सिर्जना गर्न र प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरिन् । दाहालले ती देशका सिटी काउन्सिलका प्रतिनिधिसँग भेट गरेकी छिन् । रोयल बरो अफ ग्रिन ह्वीच सिटीका उपप्रमुख जित रानाभाट र रुसमुर बरो काउन्सिलका काउन्सिलर धन सार्की तथा नेम थापासँग पनि भेट गरेर भ्रमण वर्षका बारेमा कुराकानी भएको दाहालले बताइन् । सोही क्रममा उनि अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गैरआवासीय नेपाली सङ्घ बेलायतले आयोजना गरेको कार्यक्रममा सहभागी भइन् । 

यस्तै स्पेनमा गरिएको ‘राजनीति र कूटनीतिमा नेपाली महिला’ विषयक कार्यक्रममा उनि सहभागी भइन् । सो कार्यक्रममा उपस्थित भएकाहरूलाई पनि भ्रमण वर्षको निम्तो दिइएको थियो । यस्तै नेपाली जनप्रगतिशील मञ्च युरोपको पाँचौँ महाधिवेशनको उद्घाटन र स्पेनको चौथो घोषणासभामा उनले भ्रमण वर्षको निम्तो दिइन् । 

प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार गर्न र भरतपुरको महत्तवपूर्ण पर्यटकीयस्थलका बारेमा जानकारी गराउन आग्रह गरिन् । भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र्याउने लक्ष्य लिएको छ ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोह सम्पन्न गरेर दाहाल बेलायत गएकी थिइन् । देशकै मुख्य कार्यक्रमको झल्को दिनेगरी ऐतिहासिक उद्घाटन गर्न सफल दाहाल उत्कृष्ट ‘मेयर अवार्ड’ ग्रहण गर्न बेलायत गएकी हुन् । 

बेलायतको संसद् भवन हाउस अफ कमन्समा लण्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिम, बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनरलगायतका उच्च अधिकारीहरूबाट दाहालले अवार्ड लिएकी थिइन् । 

नेपालका पालिकाहरूमा भौतिकसँगै अन्य विकासका सूचकमा अग्रणी रहेको भरतपुरले घोषणा गरेको भ्रमण वर्षको प्रचार अन्तर्राष्ट्रिय जगत्सम्म पुर्याउन  आफ्नो भ्रमण सफल रहेको दाहालले बताइन् । उनले भनिन्, “युरोपका देशहरूमा त्यहाँका नागरिक र गैरआवासीय नेपालीहरूलाई प्रत्यक्षरूपमा निम्तो दिने अवसर प्राप्त भयो ।” निम्तो दिएर फर्किँदै गर्दा आफूमा थप ऊर्जा पैदा भएको उनले बताइन् । 

विकास निर्माणमा आफू जुटेकै कारण अन्तर्राष्ट्रिय जगत्मा रहेका नेपालीहरूले समेत आफूलाई उच्च सम्मान दिएको उनले प्रतिक्रिया दिइन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending