काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा यसै साता तेस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
यही चैत १० गते हुने उक्त दौड प्रतियोगितामा सात हजार दुई सय ८६ जनाले भाग लिने संयोजक डा शीतलकाजी श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला पाँच किमी, १२ कक्षासम्मका विद्यार्थीलाई पाँच किमी (पुरुष) र तीन किमी (महिला), अपाङ्गता भएका भएका व्यक्तिका लागि ह्विलचेयर र बालबालिकाका लागि रन फर फन दौड समावेश गरिएको छ ।
प्रतियोगिताअन्तर्गत हाफ म्याराथनको उपाधि जित्ने महिला तथा पुरुष खेलाडीले समान रु एक लाख प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो, तेस्रो चौथो र पाँचाैँ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु ४० हजार र रु ३० हजार पुरस्कार पाउनेछन् ।
पुरुष १० किमी दौडमा प्रथम स्थान हासिल गर्ने खेलाडीले रु ५० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु ४० हजार पाउनेछ । तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पाउनेछन् ।
पाँच किमी खुला र पाँच किमी विद्यार्थीअन्तर्गत पुरुषतर्फको दौडमा पहिलो स्थान हात पार्ने खेलाडीले रु ३० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचाैँ स्थान हासिल गर्ने खेलाडीले रु पाँच हजार पुरस्कार पाउनेछन् ।
तीन किमी दौडको महिलातर्फ पहिलो हुने खेलाडीले रु २० हजार पाउनेछन् भने दोस्रोले रु १५ हजार पाउनेछन् । साथै तेस्रोले १० हजार, चौथोले रु पाँच हजार र पाँचौँ हुने खेलाडीले दुई हजार पाँच सय पाउनेछन् ।
ह्विलचेयरतर्फ प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचाैँ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार पाउनेछन् । ‘दौडमा सहभागी बनौँ, स्वस्थ रहौँ’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त प्रतियोगताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नुहुने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८१ - २०:४१
सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । सप्तरीको महादेवा गाउँपालिका—१ स्...
बैशाख २० गते, २०८१ - २०:०४
काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि...
बैशाख २० गते, २०८१ - १९:५७
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. हेमराज पन्त नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच...
बैशाख २० गते, २०८१ - १९:५३
विराटनगर । मोरङको सुन्दरहरैंचामा विभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ । सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव ...
बैशाख २० गते, २०८१ - १९:३०
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महा...
बैशाख २० गते, २०८१ - १९:१३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिय...
बैशाख २० गते, २०८१ - १९:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी निवारणमा विशेष जोड दिनुपर्ने बताएका छन् । भूमि अधिकार तथा श्र...
बैशाख २० गते, २०८१ - १९:००
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने न...
बैशाख २० गते, २०८१ - १८:५१
धनगढी । कैलालीको पहलमानपुरबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१० का २२ वर्षीय दिपक खड्कासहित दुई जनालाई पक्राउ गरिएको प्र...
बैशाख २० गते, २०८१ - १८:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यहि बैशाख २८ गते अपराहन्न...
प्रतिकृया लेख्नुहोस्: