काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा यसै साता तेस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
यही चैत १० गते हुने उक्त दौड प्रतियोगितामा सात हजार दुई सय ८६ जनाले भाग लिने संयोजक डा शीतलकाजी श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला पाँच किमी, १२ कक्षासम्मका विद्यार्थीलाई पाँच किमी (पुरुष) र तीन किमी (महिला), अपाङ्गता भएका भएका व्यक्तिका लागि ह्विलचेयर र बालबालिकाका लागि रन फर फन दौड समावेश गरिएको छ ।
प्रतियोगिताअन्तर्गत हाफ म्याराथनको उपाधि जित्ने महिला तथा पुरुष खेलाडीले समान रु एक लाख प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो, तेस्रो चौथो र पाँचाैँ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु ४० हजार र रु ३० हजार पुरस्कार पाउनेछन् ।
पुरुष १० किमी दौडमा प्रथम स्थान हासिल गर्ने खेलाडीले रु ५० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु ४० हजार पाउनेछ । तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पाउनेछन् ।
पाँच किमी खुला र पाँच किमी विद्यार्थीअन्तर्गत पुरुषतर्फको दौडमा पहिलो स्थान हात पार्ने खेलाडीले रु ३० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचाैँ स्थान हासिल गर्ने खेलाडीले रु पाँच हजार पुरस्कार पाउनेछन् ।
तीन किमी दौडको महिलातर्फ पहिलो हुने खेलाडीले रु २० हजार पाउनेछन् भने दोस्रोले रु १५ हजार पाउनेछन् । साथै तेस्रोले १० हजार, चौथोले रु पाँच हजार र पाँचौँ हुने खेलाडीले दुई हजार पाँच सय पाउनेछन् ।
ह्विलचेयरतर्फ प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचाैँ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार पाउनेछन् । ‘दौडमा सहभागी बनौँ, स्वस्थ रहौँ’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त प्रतियोगताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नुहुने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: