काठमाडौं । अमेरिकी शीर्ष कूटनीतिज्ञसँगको वार्ताअघि पाँच अरब मुलुकका सरकारी मन्त्रीहरूले गाजा युद्धमाथि छलफल गर्न बिहीबार कायरोमा एक प्यालेस्टिनी अधिकारीसँग भेट गरेको इजिप्टको विदेश मन्त्रालयले बताएको छ ।
“मन्त्रीहरूले इजराइली युद्ध रोक्न, गाजामा युद्धविरामसम्म पुग्न र पूर्ण सहायता वितरण सुनिश्चित गर्नका लागि आवश्यक प्रयासहरूबारे छलफल गर्नुभयो”, इजिप्टको विदेश मन्त्रालयका प्रवक्ता अहमत अबुजैदले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
बैठकमा इजिप्ट, साउदी अरब, कतार र जोर्डनका विदेशमन्त्रीका साथै इमिरेट्सको अन्तर्राष्ट्रिय सहयोगमन्त्री र प्यालेस्टिनी प्राधिकरणका नागरिक मामिलामन्त्री सहभागी हुनुभएको मन्त्रालयले बताएको छ ।
पछि बिहीबार अरब अधिकारीहरूले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग छलफल गर्न लाग्नुभएको थियो । ब्लिङ्केन अक्टोबर ७ मा इजराइल–हमास युद्ध सुरु भएपछि यस क्षेत्रको आफ्नो छैटौँ भ्रमणअन्तर्गत इजिप्टको भ्रमणमा छन्।
ब्लिङ्केनले इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी र विदेशमन्त्री समेह शौकरीसँग भिन्नाभिन्नै छलफल गरे । अमेरिकी विदेश मन्त्रालयका अनुसार बैठकमा ‘गाजामा प्यालेस्टिनी नागरिक र मानवीय कार्यकर्ताहरूको सुरक्षाका लागि जारी प्रयास’ तथा ‘बन्धकहरूको रिहाईसहितको तत्काल युद्धविराम सुनिश्चित गर्ने’ बारे छलफल भएको थियो ।
इजिप्ट, गाजालाई सहायता पुर्याउने मुख्य प्रवेश विन्दु हो र छ साताको युद्धविरामलाई सुरक्षित गर्नका लागि कतारमा जारी वार्तामा प्रमुख मध्यस्थकर्ता पनि हो । वार्ताले इजराइलले बन्दी बनाएका प्यालेस्टिनी कैदीहरूसँग हमासले नियन्त्रणमा लिएका बन्धकहरू साट्न अनुमति दिनेछ र गाजालाई सहायता वितरण बढाउने छ ।
संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले गाजाका २४ लाख मानिस भोकमरीको सङ्घारमा रहेको बताएका छन् । राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्क टर्कले इजराइलले भोकमरीलाई युद्धको तरिकाका रूपमा प्रयोग गरिरहेको बताएका छन्।
बुधबार साउदी अरबको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले गाजामा तत्काल युद्धविरामका लागि अमेरिकी मस्यौदा प्रस्ताव अनावरण गरे। इजराइलको प्रमुख समर्थक अमेरिकाले यसअघि प्यालेस्टिनी क्षेत्रमा ‘तत्काल युद्धविराम’ गर्ने राष्ट्रसङ्घको आह्वानलाई रोक्नका लागि राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भिटो प्रयोग गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: