काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
विश्व पानी दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै उहाँले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वद्र्धन गर्नुपर्ने बताए ।
सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत पुनःभरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले प्राचिन एवं आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा पनि गर्न आवश्यक रहेको बताए ।
भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनःभरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको जनाउँदै उहाँले अव्यवस्थित मानवबस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएका बताए ।
“भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ”, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, “बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेका छन् ।”
पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको उल्लेख गर्दै उहाँले पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भएको दृष्टान्त प्रस्तुत गरे । प्राचीन मानव सभ्यता नदीकिनारमा विकास भएका उनको भनाइ छ । राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौतीपूर्ण भएको बताए ।
राष्ट्रपति पौडेलले दिवसका अवसरमा पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गरेका छन्। समस्त जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्व, संरक्षण र दिगो प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्वसमुदायले पानी दिवसका रूपमा मनाउँदै आएका छन् ।
नेपालमा यसवर्ष ‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: