काठमाडौं । सरकारले संघीय सांसदहरूलाई पुन: स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले यसअघि कायम रहेको व्यवस्थाअनुसार सांसदलाई स्वकीय सचिव राख्ने सुविधा पुन: लागू गर्ने निर्णय गरेको हो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै पुरानै व्यवस्थाअनुसार सुविधा दिने निर्णय भएको बताइन्।
यसअघि सांसदहरूले स्वकीय सचिव राख्ने सुविधा पाउँदै आएका थिए। तर, तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यले उक्त सुविधा हटाएको थियो।
सरकारले ५ असोज २०८२ मा गरेको निर्णयअनुसार अनुत्पादक खर्च घटाउने नीति लिँदै संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा संशोधन गरेको थियो। सोही संशोधनमार्फत सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरिएको थियो।
ऐनको दफा २५ ले नेपाल सरकारलाई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पदाधिकारी वा सदस्यलाई असर नपर्ने गरी अनुसूचीमा हेरफेर गर्न सक्ने अधिकार दिएको छ। यही व्यवस्थाको प्रयोग गर्दै तत्कालीन सरकारले अनुसूची–२ का सम्बन्धित व्यवस्थामा परिवर्तन गरेर स्वकीय सचिवको सुविधा हटाएको थियो।
तर, उक्त निर्णयप्रति संघीय संसद्का तत्कालीन पदाधिकारीहरूले असन्तुष्टि जनाएका थिए। पछिल्लो प्रतिनिधिसभा निर्वाचनबाट आएका सांसदहरूले समेत स्वकीय सचिवको सुविधा पुन:स्थापनाको माग गर्दै आएका थिए।
त्यही माग र पृष्ठभूमिका आधारमा वर्तमान सरकारले ऐनको व्यवस्थाअनुसार अनुसूची संशोधन गर्दै सांसदहरूलाई स्वकीय सचिव सुविधा पुन: उपलब्ध गराउने निर्णय गरेको हो।
अब संघीय संसद्का सदस्यहरूले विगतको व्यवस्थाअनुसार स्वकीय सचिव राख्न पाउनेछन्। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १४:४६
काठमाडौं । अभिनेत्री प्रियंका कार्की निर्मित चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा परेको छ। गायक दुर्गेश थापा र प्...
आषाढ़ ३२ गते, २०८३ - १४:३६
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएको छन् ।...
आषाढ़ ३२ गते, २०८३ - १४:३३
काठमाडौँ। अर्जेन्टिना र स्पेनबिचको विश्वकप फुटबलको फाइनल खेलअघि फुटबल जगतमा एउटा रोचक संयोगको चर्चा चुलिएको छ । झन्डै दुई दशकअघि बार्सिलोनाका तत्कालीन...
आषाढ़ ३२ गते, २०८३ - १३:५८
काठमाडौं । सरकारले संघीय सांसदहरूलाई पुन: स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले यसअघि कायम रहेको व्यवस्थाअ...
आषाढ़ ३२ गते, २०८३ - १३:५३
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँच जना सचिवलाई अतिरिक्त समूह (जगेडा) मा राखेको छ भने सचिवको दरबन्दी रहेका पाँच महत्वपूर्ण नि...
आषाढ़ ३२ गते, २०८३ - १२:५९
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगले अघि बढाइरहेको छानबिन प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको छ। अदालतले आयोगलाई सम्पत्ति विवरण माग...
आषाढ़ ३२ गते, २०८३ - १२:५०
मकवानपुर। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाबाट पारित अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेको छन्। प्रदेश सभाबाट पारित आर्...
आषाढ़ ३२ गते, २०८३ - १२:२६
काठमाडौं। महिला उद्यमी महासङ्घका पदाधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल हुने भएको छ। छलफलमा महिला उद्यमशीलता प्रवर...
आषाढ़ ३२ गते, २०८३ - १२:०१
चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३...
आषाढ़ ३२ गते, २०८३ - ११:२१
काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका बेला आफूमाथि नेपाल प्रह...



प्रतिकृया लेख्नुहोस्: