Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

खबरडबली संवाददाता

इलाम ।  इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्  । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो रु ५० का दरले बिक्ने गरेको छ ।” 

घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने बताउँदै उनले नयाँ बोट थप गरी खेती विस्तार गर्ने योजनामा आफू रहेको बताए । “यस वर्ष सुपारी बेचेरे  तीन लाख आम्दानी भयो, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपु¥याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ”, उनले भने, “बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न हुन्छ, यसलाई अझ विस्तार गर्ने योजनामा छु ।”   

अर्का किसान कृष्ण लिम्बूले पनि अन्न फल्ने जग्गामा पाँच सय बोट सुपारी रोप्नुभएको छ । करिब १० रोपनी जग्गामा उनले पाँच सय बोट सुपारी रोपेका हुन् । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले सुपारी खेती सुरु गरेको उनले बताए । 

“अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले सुपारी सुरु गरेको हुँ”, उनले भने, “बिक्रीको चिन्ता छैन, व्यापारी घरमा नै आउँछन्, प्रतिकिलो रु ३० देखि रु ५० सम्ममा बगानबाटै बिक्री हुने गर्दछ ।” उनले यस वर्ष सुपारी खेतीबाट रु एक लाख आम्दानी गरेको बताए ।

छिमेकीले सुपारी खेतीबाट मनग्ये आम्दानी गरेपछि अर्का किसान चक्र येक्तेनले पनि व्यावसायिक सुपारी खेती सुरु गरेका छन् । ‘माम्मा फिपरानी स्मृति कृषि तथा पशुपालन फार्म’ दर्ता गरी करिब १५ रोपनी जमिनमा सुपारी खेती गरेका हुन् । उनले एक हजार सुपारीका बोट लगाउनुभएको छ । “मैले १५ रोपनी जग्गामा एक हजार बोट सुपारी रोपेको छु, बिरुवा हुर्कंदै छन्”, उनले भने, “नयाँ बगान भएकाले फल भने लागको छैन ।”   

यहाँका करिब ७० घर किसानले व्यावसायिक रुपमा सुपारी खेती गर्दै आएका छन् । कम मेहनत र थोरै लगानीमा नै मनग्ये आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसान व्यावसायिक सुपारी खेतीमा आकर्षित भएका छन् । बाँझो जग्गा सदुपयोग गर्दै किसानले व्यावसायिक रुपमा सुपारी खेती सुरु गरेका हुन् । उनीहरुले खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न थालेका हुन् । सुपारीले अन्य बाली लगाउन असर नर्गने भएकाले यसप्रति किसानको आकर्षण बढेको हो । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय तीर्थ साउदेनले बताए ।   

इलाममा सुपारीको खेती विस्तार आएको छ । यस वर्ष इलाममा छ सय १० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए । इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताए ।  

जिल्लाको माई नगरपालिकाका बोरुङ, चिसापानी, दानाबारी, महमाई, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर फर्किरहेकी युवतीको मृत्यु

कैलाली । एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्युु भएको छ । कैलाली पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका...

सिरहामा बम पड्काएर लुटपाट, ६ जना घाइते

सिरहा । सिरहामा बम पडकाएर लुटपाट भएको छ । लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट  भएको हो ।  गएराति राति करिब पौने १२ बजेको समयमा ४ वटा ...

मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु ५ घाईते

विराटनगर । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा  ५ जना घाईते भएका छन् । आइतबार केराबारी गाउँप...

वीरगंजका मेयर विद्यार्थीको हौसला बढाउन कक्षा कोठामा

वीरगंज । वीरगंज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयबाट उक्त का...

प्रधानमन्त्री प्रचण्डको आग्रहका विषयमा कांग्रेस संसदीय दलको बैठकले निर्णय गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्न गरेको आग्रहका विषयमा कांग्रेस संसदीय दलको बैठकले निर्णय गर...

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा पछिल्ला समसामयिक...

नीति तथा कार्यक्रममा अवरोध नगरिदिन कांग्रेसनेताहरूसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति गठनको आफ्नो मध्यमार्गी प्रस्ताव सत्ता सहयात्री दलहरुले नै नमानेको बताउँदै आजको नीति तथा...

सुकेधारामा पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुष मृत भेटिएका छन् । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो ।  शवको प...

कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । रेग्मीको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोटमा निध...

शी लिड्स आईकन २०८१ को आवेदन खुला

काठमाडौं । शीलिड्स आईकन २०८१ को आवेदन खुला भएको छ । महिला जनप्रतिनिधिहरूको कर्मगाथालाई विश्व सामु पुर्याउने उदेश्यका साथ शीलिड्स आईकन २०८१ को आवेदन खु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies