Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

कानुनी साक्षरतासम्बन्धी ‘प्रशिक्षक प्रशिक्षण’ सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनका आधारभूत विषयमा जानकारी गराउने उद्देश्यका साथ डेमोक्र्याटिक लयर्स एसोसिएसन नेपाल (डिएलए–नेपाल) ले आयोजना गरेको ५ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

देशैभरका सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई कानुनबारे आधारभूत जानकारी दिने उद्देश्यका साथ विद्यालयमा कानुनसम्बन्धी कक्षा सञ्चालन गर्नका लागि प्रशिक्षकहरूलाई प्रशिक्षण गरिएको थियो ।

आइतबारदेखि सञ्चालन भएको प्रशिक्षणमा ४९ जना कानुन व्यवसायीको सहभागिता थियो । मुख्य प्रशिक्षकका रूपमा इन्द्रनारायण भैलले तालिमको विधि र पद्धतिका विषयमा प्रशिक्षण दिएका थिए । साथै, विषयगततर्फ देवानी संहिता र आजको सन्दर्भमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, सम्पत्ति अधिकारमा वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने, शक्ति पृथकीकरण र विधिको शासनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, नागरिक अधिकारमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले प्रशिक्षण दिएका थिए ।

त्यस्तै, कानुनका सामान्य सिद्धान्त र व्यवहारमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र, साइबर कानुनमा अधिवक्ता बाबुराम अर्याल, संघीयता कानुनमा अधिवक्ता रुद्रप्रसाद शर्मा, बालअधिकारमा अधिवक्ता बद्रीप्रसाद भुसाल, फौजदारी कानुनमा अधिवक्ता बलरामप्रसाद राउत, देवानी संहितामा पारिवारिक कानुनमा अधिवक्ता विष्णु बस्याल, मानवअधिकार र कानुनी संरक्षणमा अधिवक्ता कल्याण पोखरेललगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणको समापन कार्यक्रमको सभापतित्व गरेका वरिष्ठ अधिवक्ता तथा डिएलए नेपालका अध्यक्ष सीताराम केसीले ५ दिने प्रशिक्षण कार्यक्रम उपलब्धिमूलक रहेको बताए । साथै केसीले प्रशिक्षणका विषयमा जानकारी गराउँदै पहिलो चरणमा पाइलट परियोजनाअन्तर्गत काठमाडौँ महानगरका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनबारे कक्षा दिइने र विस्तारै देशका ७५३ वटै स्थानीय तहका विद्यालयमा पुगेर कानुनबारे कक्षा सञ्चालन गर्ने योजना रहेको बताए ।

समापन कार्यक्रममा प्रशिक्षण लिएका कानुन व्यवसायीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । प्रमाणपत्र लिँदै सहभागी शैलेन्द्र गौडारीले यस प्रकारको कार्यक्रम आफूजस्ता कानुन व्यवसायीका लागि निकै फलदायी भएको बताए ।

सहभागी सबैलाई धन्यवाद दिँदै मुख्य प्रशिक्षक इन्द्रनारायण भैलले प्रशिक्षण लिएका कानुन व्यवसायीहरूबाट आगामी दिनमा विद्यार्थीहरूले कानुनका विषयमा राम्रो ज्ञान पाउनेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै, कानुनको अनभिज्ञता क्षम्य नहुने र नागरिकले विद्यालय स्तरदेखि नै कानुनको विषयमा जानकारी पाए भने समाजमा अपराध पनि न्यूनीकरण हुने भएकाले त्यसका लागि डिएलए नेपालले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम एउटा अभियानको थालनी भएको डिएलए नेपालका केन्द्रीय सदस्य राजकुमार उप्रेतीले बताए ।

उप्रेतीका अनुसार आगामी शैक्षिक सत्रदेखि स्थानीय तहसँग समन्वय गरेर सामुदायिक विद्यालयहरूमा कानुनसम्बन्धी कक्षाहरू सञ्चालन गर्नेछ । यसका लागि डिएलए नेपालले समिति नै बनाएर कानुनी साक्षरतासम्बन्धी हाते पुस्तिकासमेत तयार गर्ने भएको छ ।

१ महिनाभित्र हाते पुस्तिका तयार गर्ने लक्ष्य राखेको डिएलए नेपालले पुस्तक तयार भएपछि विद्यालयहरूमा वितरणसमेत गर्नेछ ।

उक्त पुस्तकमा नागरिक भएर गर्नुपर्ने कुराहरू के हुन् ? साइबर ल के हो ? पारिवारिक कानुन के हो ? बालबालिकाका लागि कानुनी व्यवस्था के–के छन् ? जस्ता कानुनी विषयका बारेमा विद्यार्थीलाई बुझ्न सहज हुने गरी जानकारी गराइने छ र त्यसैका आधारमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूका लागि कक्षासमेत सञ्चालन गरिनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy