Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

मकैखेतीमा किसानको आकर्षण बढ्दै

खबरडबली संवाददाता

कैलाली । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् । 

मकैखेती खाद्यान्नका साथै वस्तुभाउलाई दाना र घाँसका रुपमा प्रयोग गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको स्थानीय बताउँछन् । सिँचाइ सुविधा भएका ठाउँका अधिकांश किसानले मकैखेती गरिरहेका छन् । 

यस वर्ष टीकापुर र जानकीका एक सय १५ किसानलाई मकैखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन इकाइले सहयोग गरेको छ । यसबाहेक आफ्नै लगानीमा खेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको इकाइ कार्यालयले जनाएको छ ।

टीकापुरका परम रेग्मीले पाँच कट्ठा जमिनमा खेती गरेका छन् । दुईवटा भैँसी पाल्नुभएका परमलाई मकै खेती गर्दा पशुपालनमा सहज भएको छ । “तोरीपछि मकै लगाएको छु । बारीबाट भैँसीका लागि घाँस, दानाको समेत जोहो भइरहेको छ”, उनले भने, “बचेको मकै बिक्री हुन्छ । अब गर्मी मौसममा हरियो घोगा बारीबाटै बिक्री हुन्छ ।”

मकैको बजार सहज, खाना तथा पशुका दाना बनाउन, हरियो घोगा बेचेर नगद आम्दानी गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको इकाइका वरिष्ठ बाली विकास अधिकृत कमल तामाङले बताए । “दानाका रुपमा पशुलाई खुवाउन अत्यधिक प्रयोग हुन थालेको छ”, उनले भने, “पहिला रु २० देखि रु २५ मा बिक्री हुनेमा अहिले रु ३५ देखि रु ४० सम्म पर्छ ।”

यस वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा एक सय तीन हेक्टर जमिनमा मकै खेती भइरहेको छ । बाह्र हेक्टरमा हाइब्रिड जातको र ९१ हेक्टरमा वसन्ते जातको मकै खेती गरिएको इकाइका बाली विकास अधिकृत तामाङले बताए । प्रतिकिसानले न्यूनतम १५ कट्ठादेखि छ हेक्टरसम्म खेती गरेका उहाँले जानकारी दिए । “दुई बाली स्याहारिसकेपछि मकैखेतीमा किसान लागिरहेका छन्”, तामाङले भने “उत्पादित मकै बिक्रीका लागि बजारको अभाव छैन । भारतमा समेत निर्यात हुने भएकाले किसान आकर्षित हुन थालेका छन् ।”

मकैखेती गर्नका लागि किसानलाई आयोजना कार्यालयले बीउ, पोषक तत्व र यान्त्रिकीकरणमा सहयोग गरिरहेको बाली विकास अधिकृत तामाङले जानकारी दिए । बीउ रोप्ने मेसिन (प्लान्टर), गोड्मेल गर्ने मिनी टिलर र दाना छोडाउने मेसिन सहयोग गरिएको उनले बताए  । 

“उत्पादन प्रयोजनार्थ प्रयोग हुने सामग्री तथा आवश्यक उपकरण, परामर्शलगायत सहयोग गरिरहेका छौँ”, उनले भने, “किसानको मागअनुसार मकै गोडमेल गर्ने मिनी टिलर उपलब्ध गराउँदै आएका छौँ ।” राम्रो आम्दानी हुने भएकाले किसानले अनुदान सहयोग र आफ्नै लगानीमा अरुण, रामपुर कम्पोजित, राजकुमार पाइनेरियमलगायत जातका मकैखेती गर्ने गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकप खेल्ने सन्दीपको बाटो खुल्यो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाए सँगै विश्वकप खेल्ने बाटो खुलेको छ । उनलाई उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला बदर ...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छः एमाले अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताएका छ...

कर्नालीवासीको आयु बढेकै हो त ?

काठमाडौं ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरूले नेपालीको औसत आयु ७१.३ ...

वर्षाैँदेखि प्लास्टिकको बोतलमा चामल भरेर उत्तर कोरिया पठाइ रहेछन् जंग-ओ

किन पठाउँछन उनी प्लास्टिकको बोतलमा चामल ?

क्रिकेटर सन्दीपको मुद्दामा घटनाबारे सीसीटीभी फुटेज हेरेपछि फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा दुवै...

व्यास नगरपालिकामा के थियो विवाद र पुनः मतगणना आदेश आयाे ?

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।  व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेक...

चोरीकै लागि वर्षमा २०० विमानमा यात्रा

उडिरहेको विमानमा मात्र चोरी गर्ने अनौठो चोर पक्राउ

ओलीको प्रश्न-'संसद कांग्रेसले घरबाट ल्याएको हो ?'

एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न कांग्रेस नेताहरुलाई चेतावनी

रुखमा तारले बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं । काभ्रेमा रूखमा बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।  ती व्यक्ति दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट घर भएका विष्ण...

युनियनलाई महासचिव दिएर निर्मलालाई सर्वसम्मत बनाउने प्रयासमा युनियनले झिक्यो बखेडा

काठमाडौं। नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि निर्वाचन मिति तय भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २१ मा उद्घाटन गरेको २७...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies