Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

ईयूद्वारा रूसी खाद्यान्न आयातमा कर वृद्धि गर्ने तयारी

खबरडबली संवाददाता

एजेन्सी । युरोपेली सङ्घ (ईयू) ले युक्रेनविरुद्धको युद्धमा रूसले प्रयोग गर्ने राजस्व सङ्कलनलाई रोक्न खाद्यान्न र त्यससँग सम्बन्धित आयातमा ‘निषेधात्मक कर’ लगाउने भएको छ ।

युरोपेली आयोगको यो प्रस्ताव ब्रसेल्समा शुक्रबार हुने शिखर सम्मेलनका क्रममा ईयू नेतासमक्ष प्रस्तुत गरिएको हो । व्यापार आयुक्त भाल्डिस डोम्ब्रोवस्कीसले भने, “किएभद्वारा स्वागत गरिएको थप प्रतिबन्धहरू अन्यत्र खाद्य आपूर्तिमा बाधा नपुगोस् भनी ईयूमार्फत अन्य बजारमा पठाउने रूसी अनाजमा लागू हुनेछैन ।” 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार भिडियो लिङ्कमार्फत ईयू नेताहरूसँग रूसी खाद्यान्नको बजारसम्म ‘निर्बाध’ पहुँच कायम रहेको र युक्रेनी आयात सीमित रहेको गुनासो गरेका थिए । ब्रसेल्सले २७ राष्ट्र सदस्य रहेको ईयूमा रूसी सम्पत्ति रोक्का गरेको, राष्ट्रपति भ्लादिमिर पुटिनलगायत रूसी नेताहरूलाई लक्षित गरेको र व्यापारमा अङ्कुश लगाएपछि रूसको आर्थिक मामिलामा दबाब बढाउने प्रयास गरिरहेको छ ।

युरोपेली आयोगले घट्दो आयको विरोधमा प्रदर्शन गरिरहेका युरोपका किसानहरूलाई सहुलियत बढाउँदै लगेको छ । घट्दो आयकोे एक हिस्साको रूपमा उनीहरूले युद्धग्रस्त युक्रेनबाट खाद्यान्न आयात नहुनुलाई दोष दिन्छन् ।

आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले बिहीबार अबेर राति भने, “प्रस्तावित करले रूसी खाद्यान्नलाई यी उत्पादनहरूमा ईयूको बजारलाई अस्थिर गर्नबाट रोक्नेछ ।”

डोम्ब्रोवस्कीसले भने, “आजको प्रस्ताव समयानुकूल र आवश्यक कदम हो ।” युक्रेनमा रूसको चौतर्फी आक्रमणको लागि उसको भूगोललाई दिएको भन्दै ईयूले बेलारूसका उत्पादनहरूमा पनि कर लगाएको छ ।  

आयोगका अनुसार सन् २०२३ मा युरोपेली सङ्घमा रूसी कृषि आयातमा वृद्धि भएपछि यो प्रस्ताव आएको हो ।

डोम्ब्रोवस्कीसले भने, “यो करले आयातलाई ‘व्यावसायिक रूपमा अव्यावहारिक’ बनाउनेछ र ‘अवैध रूपमा चोरी गरिएको युक्रेनी अनाज ईयूमा निर्यात गर्ने रूसी अभ्यासलाई रोक्न मद्दत गर्नेछ ।” 

उनले भने, “हामी विश्वव्यापी खाद्य सुरक्षा कायम राख्न सचेत छौं । यो उपायले रूसी र बेलारूसी अनाज उत्पादनहरूको तेस्रो देशहरूमा पारवहनलाई असर गर्दैन ।” विश्व व्यापार सङ्गठनको नियमअनुसार अहिलेसम्म सबै रूसी खाद्यान्नलाई ईयूको आयात शुल्कबाट छुट दिइएको छ ।

रूसको अर्थतन्त्रको ठूलो हिस्सालाई लक्षित गरी प्रतिबन्ध लगाइए पनि विश्वव्यापी अनाज बजारलाई अस्थिर पार्ने र एशिया र अफ्रिकाको खाद्य सुरक्षालाई कमजोर पार्ने डरले ईयूले अहिलेसम्म कृषि वा मल क्षेत्रलाई लक्षित गरेको थिएन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE