एजेन्सी । रूसले शुक्रबार बिहान युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरी धेरै क्षेत्रहरूको विद्युत सुविधाहरूलाई क्षति पुर्याएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
युक्रेनी स्वामित्वमा रहेको ऊर्जा कम्पनी युक्रेनेर्गोका प्रमुख कार्यकारी अधिकारी भोलोदिमिर कुद्रिट्स्कीलाई उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले युक्रेनी ऊर्जा प्रणालीमा भएको यो हवाई आक्रमण ‘सम्भवत : सबैभन्दा ठूलो आक्रमण’ भएको बताए ।
आक्रमणमा क्रुज क्षेप्यास्त्र, साहेद ड्रोन र ब्यालेस्टिक मिसाइलको प्रयोग गरिएको कुद्रिट्स्कीले बताए । रुसी सेनाले थर्मल र हाइड्रोइलेक्ट्रिक पावर प्लान्टका साथै युक्रेनेर्गोद्वारा सञ्चालित मुख्य पावर सबस्टेशनलाई लक्षित गरेको उनले बताए ।
युक्रेनको दक्षिणी सहर जापोरिजियामा रहेको युक्रेनको सबैभन्दा ठुलो जलविद्युत केन्द्र डिनिप्रोहेसमा आक्रमण भएको युक्रेनको राज्य सञ्चालित जलविद्युत उत्पादन गर्ने कम्पनी युक्रेन हाइड्रोनेर्गोले जनाएको छ ।
आक्रमणपछि डिनिप्रोहेसमा आगलागी भएको तर बाँध टुट्ने कुनै खतरा नभएको कम्पनीले टेलिग्राममार्फत जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा रातारात ६० वटाभन्दा बढी लडाकू ड्रोन र विभिन्न प्रकारका करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: