Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गाजा युद्धविरामबारे मतदान हुँदै

खबरडबली संवाददाता

एजेन्सी । गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे शुक्रबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश गर्ने भएको छ ।

गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी क्षेत्रमा तत्काल युद्धविरामका लागि आह्वान गर्न विश्व निकायलाई रोक्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को भिटो प्रयोग गर्दै आएको छ ।

फेब्रुअरीको अन्त्यमा अन्तिम भिटो पछि अमेरिकी अधिकारीहरूले बन्धकहरूको रिहाइको बदलामा छ हप्ताको युद्धविरामको लागि गाजामा भएका कूटनीतिक प्रयासहरूको पक्षमा केन्द्रित वैकल्पिक प्रस्तावमा छलफल गरिरहेका छन् ।

युद्धविराम सम्झौताको प्रस्तावको पछिल्लो संस्करणमा ‘सबै पक्षका नागरिकहरूको सुरक्षा गर्न, आवश्यक मानवीय सहायता प्रदान गर्न र मानवीय पीडा कम गर्न तत्काल र दिगो युद्धविरामको आवश्यकता’ लाई उल्लेख गरिएको छ ।  

त्यसैले प्रस्तावको पछिल्लो संस्करणले ‘बाँकी रहेका सबै बन्धकहरूको रिहाइको सन्दर्भमा यस्तो युद्धविराम सुरक्षित गर्ने कूटनीतिक प्रयास’लाई जोड दिएको छ । 

इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाको समर्थनलाई कम गर्न अन्तर्राष्ट्रिय समुदायबाट दबाब आइरहेको समय बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पछिल्लो प्रस्तावले ‘कडा सङ्केत’ दिएको बताएका छन् । 

प्रस्तावमा बन्धकहरूको रिहाईसँग जोडिएको तत्काल युद्धविरामको आह्वान गरिएको  र राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले यसलाई समर्थन गर्ने मा आफू विश्वस्त रहेको साउदी अरब भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले बताए । 

यद्यपि, प्रस्तावमा स्पष्ट रूपमा ‘आह्वान’ शब्द प्रयोग गरिएको छैन, बरु केवल युद्धविराम अनिवार्य छ भनेर उल्लेख गरिएको छ । रूसले प्रस्तावमा प्रयो गरिएको उक्त भाषालाई लिएर प्रस्तावलाई धेरै कमजोर भनेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि रूसी उपराजदूत दिमित्री पोल्यान्स्कीले बिहीबार सञ्चारकर्मीसँग भने, “तत्काल युद्धविरामको माग नगर्ने कुनै पनि कुराबाट हामी सन्तुष्ट छैनौं ।” इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक रिचार्ड गोवनले अमेरिकाले अझै पनि कुनै पूर्वशर्तबिना युद्धविरामको माग गरिरहेको छैन ।

तर अमेरिकाको यो सीमित परिवर्तनले पनि इजरायलीहरूलाई चिन्तित तुल्याउनेछ, किनकि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसङ्घलाई युद्धबारे कूटनीतिबाट पूर्णतया टाढा राख्न चाहन्छन् । 

कूटनीतिक स्रोतका अनुसार, संयुक्त राज्य अमेरिकासँग अब यो प्रस्ताव पारित गर्नका लागि पर्याप्त मत १५ मध्ये कम्तिमा नौ मत छ, तर रूसले भिटो लगाउन सक्ने सम्भावना कायमै छ ।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले यसलाई अङ्गीकार गर्न आफू आशावादी रहेको बताए । युद्धविरामका अतिरिक्त, प्रस्ताबले ‘गाजामा जनसङ्ख्यिकीय वा क्षेत्रीय परिवर्तनको कुनै पनि प्रयासलाई अस्वीकार गर्दछ’ र इजरायलविरुद्ध ‘अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणसहित सबै आतङ्कवादी कार्यहरू’ को निन्दा गर्दछ ।

यदि यो प्रस्ताव पारित भएमा सुरक्षा परिषद्ले पहिलो पटक इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको हमासको आक्रमणको निन्दा गर्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE