Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गाजा युद्धविरामबारे मतदान हुँदै

खबरडबली संवाददाता

एजेन्सी । गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे शुक्रबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश गर्ने भएको छ ।

गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी क्षेत्रमा तत्काल युद्धविरामका लागि आह्वान गर्न विश्व निकायलाई रोक्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को भिटो प्रयोग गर्दै आएको छ ।

फेब्रुअरीको अन्त्यमा अन्तिम भिटो पछि अमेरिकी अधिकारीहरूले बन्धकहरूको रिहाइको बदलामा छ हप्ताको युद्धविरामको लागि गाजामा भएका कूटनीतिक प्रयासहरूको पक्षमा केन्द्रित वैकल्पिक प्रस्तावमा छलफल गरिरहेका छन् ।

युद्धविराम सम्झौताको प्रस्तावको पछिल्लो संस्करणमा ‘सबै पक्षका नागरिकहरूको सुरक्षा गर्न, आवश्यक मानवीय सहायता प्रदान गर्न र मानवीय पीडा कम गर्न तत्काल र दिगो युद्धविरामको आवश्यकता’ लाई उल्लेख गरिएको छ ।  

त्यसैले प्रस्तावको पछिल्लो संस्करणले ‘बाँकी रहेका सबै बन्धकहरूको रिहाइको सन्दर्भमा यस्तो युद्धविराम सुरक्षित गर्ने कूटनीतिक प्रयास’लाई जोड दिएको छ । 

इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाको समर्थनलाई कम गर्न अन्तर्राष्ट्रिय समुदायबाट दबाब आइरहेको समय बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पछिल्लो प्रस्तावले ‘कडा सङ्केत’ दिएको बताएका छन् । 

प्रस्तावमा बन्धकहरूको रिहाईसँग जोडिएको तत्काल युद्धविरामको आह्वान गरिएको  र राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले यसलाई समर्थन गर्ने मा आफू विश्वस्त रहेको साउदी अरब भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले बताए । 

यद्यपि, प्रस्तावमा स्पष्ट रूपमा ‘आह्वान’ शब्द प्रयोग गरिएको छैन, बरु केवल युद्धविराम अनिवार्य छ भनेर उल्लेख गरिएको छ । रूसले प्रस्तावमा प्रयो गरिएको उक्त भाषालाई लिएर प्रस्तावलाई धेरै कमजोर भनेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि रूसी उपराजदूत दिमित्री पोल्यान्स्कीले बिहीबार सञ्चारकर्मीसँग भने, “तत्काल युद्धविरामको माग नगर्ने कुनै पनि कुराबाट हामी सन्तुष्ट छैनौं ।” इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक रिचार्ड गोवनले अमेरिकाले अझै पनि कुनै पूर्वशर्तबिना युद्धविरामको माग गरिरहेको छैन ।

तर अमेरिकाको यो सीमित परिवर्तनले पनि इजरायलीहरूलाई चिन्तित तुल्याउनेछ, किनकि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसङ्घलाई युद्धबारे कूटनीतिबाट पूर्णतया टाढा राख्न चाहन्छन् । 

कूटनीतिक स्रोतका अनुसार, संयुक्त राज्य अमेरिकासँग अब यो प्रस्ताव पारित गर्नका लागि पर्याप्त मत १५ मध्ये कम्तिमा नौ मत छ, तर रूसले भिटो लगाउन सक्ने सम्भावना कायमै छ ।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले यसलाई अङ्गीकार गर्न आफू आशावादी रहेको बताए । युद्धविरामका अतिरिक्त, प्रस्ताबले ‘गाजामा जनसङ्ख्यिकीय वा क्षेत्रीय परिवर्तनको कुनै पनि प्रयासलाई अस्वीकार गर्दछ’ र इजरायलविरुद्ध ‘अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणसहित सबै आतङ्कवादी कार्यहरू’ को निन्दा गर्दछ ।

यदि यो प्रस्ताव पारित भएमा सुरक्षा परिषद्ले पहिलो पटक इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको हमासको आक्रमणको निन्दा गर्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending