Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

विश्वव्यापी बढ्दो तापक्रमले खाद्य पदार्थको मूल्य बढाउने

खबरडबली संवाददाता

एजेन्सी । विश्वव्यापी बढ्दो तापक्रम र गर्मीको लहरका कारण भविष्यमा विश्वभर खाद्यान्नको मूल्य र समग्र मुद्रास्फीति थप बढ्ने अपेक्षा गरिएको वैज्ञानिक र युरोपेली केन्द्रीय बैंकले गरेको नयाँ शोधले बताएको छ । 

बिहीबार कम्युनिकेसन्स अर्थ एन्ड इन्भाइरोन्मेन्ट जर्नलमा प्रकाशित पेपरमा असर अलग अलग भए पनि हरेक स्थानमा विशेषगरी विकासोन्मुख मुलुकहरूमा यसको महसुस हुने बताइएको छ । लु, खडेरी र बाढीजस्ता चरम मौसम तीव्ररूपमा बढिरहँदा र जलवायु तापक्रम बढिरहँदा खेती र खाद्यान्न उत्पादनसहित अर्थतन्त्रका प्रमुख क्षेत्रमा असर परिरहेको छ । 

उक्त नयाँ अध्ययनका लागि पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआइके) र युरोपेली केन्द्रीय बैंकका शोधकर्ताहरूले सन् १९९६ र सन् २०२१ बीच एक सय २१ मुलुकका ऐतिहासिक  मूल्य र मौसमी तथ्याङ्क लिएका थिए । 

उनीहरूले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमबाट सन् २०३५ सम्म विश्वभर खाद्यान्नको मूल्य प्रत्येक वर्ष एक दशमलव ४९ र एक दशमलव ७९ प्रतिशत अङ्कको बीचमा बढ्ने प्रक्षेपण गरेका छन् । समग्र मुद्रास्फीतिमा भविष्यमा तापक्रम वृद्धि र गर्मीको चरम सीमाको प्रभाव सर्वोत्तम र सबैभन्दा खराब स्थिमिा शून्य दशमलव ७६ र शून्य दशमलव ९१ प्रतिशत अङ्कबीच हुनेछ ।

“उच्च तापक्रम विशेषगरी गर्मीमा वा उष्ण स्थानहरूमा मुख्यरूपमा खाद्यान्न मुद्रास्फीतिसहित समग्र मुद्रास्फीतिमा पनि मूल्य बढ्ने हामीले बलियो प्रमाण प्राप्त गरेका छौँ”, पिआइकेबाट रिपोर्ट गरिएक लेखकहरूमध्येका एक म्याक्सिमिलियन कोट्जले भने । 

उनका अनुसार पहिले नै तातो भएका क्षेत्रहरू विशेषगरी विश्वका गरिब र विकासोन्मुख क्षेत्रमा भविष्यमा तापक्रम वृद्धिबाट खाद्यान्न मूल्य र मुद्रास्फीतिमा प्रभाव सबैभन्दा धेरै महसुस गरिने छ । 

अध्ययनमा अफ्रिका दक्षिण अमेरिका सबैभन्दा धेरै प्रभावित महादेश बन्ने पाइएको छ । यद्यपि चरम जलवायु सीमाका कारण उत्तरी गोलार्ध उच्च मूल्यबाट नबच्ने कोट्जले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...

एमाले महाधिवेशनः ११ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन

  काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।  पार्ट...

झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...

महोत्तरीमा किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँ...

श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु

काठमाडाैँ । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले ब...

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूसबिचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच ...

गोकर्ण विष्ट भन्छन्- महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ

काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले जारी ११औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने विश्वास राखेको बताएका छन् ।  महाधिवेशन स्थल भृकुटीमण्डप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending