दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-५ सुरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्याक्टर चालक गौरीशंकर- ५ तिनेखुका २३ वषीर्य वुद्धिवीर तामाङ र गौरीशंकर-५ भोर्लेका ४३ वर्षीय अमृत तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते भएका भोर्ले कै १९ वर्षीय पेम्बा तामाङलाई उपचारका लागि सिंगटी ल्याइएको प्रहरीले जनाएको छ।
गौरीशंकर गाउँपालिका सुरीको तिनेखु भन्ने ठाउँबाट सिंगटी बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर स्थानीय ठूलो चौतारा नजिकै दुर्घटना भएको गौरीशंकर गाउँपालिका ५ का वडाध्यक्ष सुन्दर खड्काले बताए।
ट्याक्टर सडकबाट करिब १ सय ८० मिटर तल झरेको अध्यक्ष खड्काले बताए। प्रहरीका अनुसार ट्याक्टर आफैं अनियन्त्रित भई तल खसेर दुर्घटना भएको जनाएको छ। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय सिंगटीको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ३१ गते, २०८१ - १३:५०
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...
भाद्र ३१ गते, २०८१ - १३:४७
काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...
भाद्र ३१ गते, २०८१ - १३:३५
काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...
भाद्र ३१ गते, २०८१ - १३:३०
काठमाडौं । हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...
भाद्र ३१ गते, २०८१ - १३:१६
काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...
भाद्र ३१ गते, २०८१ - १३:१३
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...
भाद्र ३१ गते, २०८१ - १३:०३
काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको स...
भाद्र ३१ गते, २०८१ - १३:००
काठमाडौं । मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...
भाद्र ३१ गते, २०८१ - १२:२१
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...
भाद्र ३१ गते, २०८१ - १२:२०
चितवन । चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...
प्रतिकृया लेख्नुहोस्: