धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले शिक्षकहरूले आफ्नो व्यावसायिक दक्षतामा विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज बनेपामा आयोजना गरेको ‘प्रथम जिल्ला परिषद् तथा शिक्षक सम्मान’ कार्यक्रममा उनले विद्यार्थीको व्यक्तित्व विकासका लागि उसको मनोविज्ञान, सर्वाङ्गीण विकास र परिवारको अवस्था बुझेर ज्ञान दिन आवश्यक रहेको बताए ।
अहिले विश्वभर नै नैतिक शिक्षाको खडेरी भएर अर्थ र व्यापारमा केन्द्रित भएको बेलामा शिक्षकहरू उद्देश्यतिर केन्द्रित हुँदै भविष्यतिर अगाडि बढ्दै नैतिकतामा सच्चा र वैज्ञानिक विचारधाराको विकास गर्न सक्नुपर्नेमा उनले जोड दिए । “पाठ्यपुस्तकमा भएको विषय विद्यार्थी आफैँले अध्ययन गर्ने भएकाले शिक्षकहरूले नैतिक शिक्षा र मनोवैज्ञानिक ज्ञान दिलाउन सक्नुपर्छ”, उनले भने ।
न्याय र स्वतन्त्रताका लागि हाँसी हाँसी मर्न हिँडेका माओवादीले पछिल्लो समयमा वास्तविक पहिचान गुमाउन खोजेको त होइन ? भन्ने अवस्थामा पार्टीलाई पुर्याएको भन्दै पुनः जनताको मन जितेर विचारको विकास गर्न लाग्नुपर्ने आवश्यकता रहेकामा उनले जोड दिए । अब पार्टीले अभावभन्दा पनि असमानताविरुद्धमा लड्नुपर्ने बेला आएको उनको भनाइ थियो ।
उपाध्यक्ष सापकोटाले अहिलेका राजनीतिक दलहरूबीचमा भएको साझा सहयात्रा गठबन्धन नभएर समीकरण भएको बताए । अहिलेको राजनीतिक समीकरणले नागरिकमा पहिलाको भन्दा अझ बढी खुसी र आशा पलाएको पाएको उनको दाबी थियो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज तेजबहादुर मिजारले सङ्गठनलाई मजबुद बनाउने काममा केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गरे । प्रथम जिल्ला परिषद्ले अब नयाँ ढङ्गले शिक्षकहरू अगाडि बढ्ने खालको कार्यदिशा र कार्ययोजना ल्याउन आवश्यक रहेकामा उनले जोड दिए ।
माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले राष्ट्रिय उत्पादनमा केन्द्रित हुनका निम्ति र नेपालीको भविष्य नेपालमा नै छ भनेर दिशानिर्देश गर्नका लागि शिक्षकहरूले भूमिका खुल्नुपर्नेमा जोड दिए ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष चेतबहादुर लामाले पालिकास्तरमा त्यहाँका नेतृत्वले शिक्षकहरूमाथि राजनीतिक दृष्टिकोणले हेर्ने र विभेद गर्ने अवस्था भोग्नुपरेको भन्दै त्यसबाट मुक्त हुन आवश्यक रहेको बताए । जुन पालिकामा जुन पार्टीको नेतृत्व छ, त्यही पार्टीको शिक्षकलाई मात्रै नियुक्ति गरिदिने प्रवृत्ति देखिएकाले त्यसखालको अवस्थाले शिक्षामा विकास र गुणस्तरमा वृद्धि गर्न नसक्ने अवस्था सिर्जना हुने उनले बताए ।
कार्यक्रममा सङ्गठनमा आबद्ध भई शिक्षण पेसामा लागेर सेवा निवृत्त भएका र दीर्घसेवा प्रदान गरिरहेका एक सय सात शिक्षकलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: