Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

विद्यार्थीको व्यक्तित्व विकासका लागि मनोविज्ञान बुझ्न जरुरी छ: उपाध्यक्ष सापकाेटा

खबरडबली संवाददाता

धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले शिक्षकहरूले आफ्नो व्यावसायिक दक्षतामा विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन् । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज बनेपामा आयोजना गरेको ‘प्रथम जिल्ला परिषद् तथा शिक्षक सम्मान’ कार्यक्रममा उनले विद्यार्थीको व्यक्तित्व विकासका लागि उसको मनोविज्ञान, सर्वाङ्गीण विकास र परिवारको अवस्था बुझेर ज्ञान दिन आवश्यक रहेको बताए । 

अहिले विश्वभर नै नैतिक शिक्षाको खडेरी भएर अर्थ र व्यापारमा केन्द्रित भएको बेलामा शिक्षकहरू उद्देश्यतिर केन्द्रित हुँदै भविष्यतिर अगाडि बढ्दै नैतिकतामा सच्चा र वैज्ञानिक विचारधाराको विकास गर्न सक्नुपर्नेमा उनले जोड दिए । “पाठ्यपुस्तकमा भएको विषय विद्यार्थी आफैँले अध्ययन गर्ने भएकाले शिक्षकहरूले नैतिक शिक्षा र मनोवैज्ञानिक ज्ञान दिलाउन सक्नुपर्छ”, उनले भने । 

न्याय र स्वतन्त्रताका लागि हाँसी हाँसी मर्न हिँडेका माओवादीले पछिल्लो समयमा वास्तविक पहिचान गुमाउन खोजेको त होइन ? भन्ने अवस्थामा पार्टीलाई पुर्याएको भन्दै पुनः जनताको मन जितेर विचारको विकास गर्न लाग्नुपर्ने आवश्यकता रहेकामा उनले जोड दिए । अब पार्टीले अभावभन्दा पनि असमानताविरुद्धमा लड्नुपर्ने बेला आएको उनको भनाइ थियो । 

उपाध्यक्ष सापकोटाले अहिलेका राजनीतिक दलहरूबीचमा भएको साझा सहयात्रा गठबन्धन नभएर समीकरण भएको बताए । अहिलेको राजनीतिक समीकरणले नागरिकमा पहिलाको भन्दा अझ बढी खुसी र आशा पलाएको पाएको उनको दाबी थियो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज तेजबहादुर मिजारले सङ्गठनलाई मजबुद बनाउने काममा केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गरे । प्रथम जिल्ला परिषद्ले अब नयाँ ढङ्गले शिक्षकहरू अगाडि बढ्ने खालको कार्यदिशा र कार्ययोजना ल्याउन आवश्यक रहेकामा उनले जोड दिए । 

माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले राष्ट्रिय उत्पादनमा केन्द्रित हुनका निम्ति र नेपालीको भविष्य नेपालमा नै छ भनेर दिशानिर्देश गर्नका लागि शिक्षकहरूले भूमिका खुल्नुपर्नेमा जोड दिए । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष चेतबहादुर लामाले पालिकास्तरमा त्यहाँका नेतृत्वले शिक्षकहरूमाथि राजनीतिक दृष्टिकोणले हेर्ने र विभेद गर्ने अवस्था भोग्नुपरेको भन्दै त्यसबाट मुक्त हुन आवश्यक रहेको बताए । जुन पालिकामा जुन पार्टीको नेतृत्व छ, त्यही पार्टीको शिक्षकलाई मात्रै नियुक्ति गरिदिने प्रवृत्ति देखिएकाले त्यसखालको अवस्थाले शिक्षामा विकास र गुणस्तरमा वृद्धि गर्न नसक्ने अवस्था सिर्जना हुने उनले बताए । 

कार्यक्रममा सङ्गठनमा आबद्ध भई शिक्षण पेसामा लागेर सेवा निवृत्त भएका र दीर्घसेवा प्रदान गरिरहेका एक सय सात शिक्षकलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: