काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई एक्लियो, हरायो भन्नेहरूलाई जवाफ दिएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराइले सार्वजनिक बहसलाई व्यक्ति होइन, मुद्दा केन्द्रित गर्न आग्रह गरेका छन्।
तीन बुँदामा प्रश्न राख्दै उनी लेख्छन्, ‘अतः हाम्रो सार्वजनिक विमर्शलाई व्यक्ति/केन्द्रित हैन, मुद्दा/केन्द्रित बनाउने किरु बाबुरामहरू त इतिहासमा आउँछन्, जान्छन्। इतिहासले सबैको हिसाब राखिहाल्छ नि!’
यस्तो छ उनको भनाइ-
धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो।
चिन्ता त्यता हैन, यता गरौँ-
१.वर्षमा तीनचोटि गठबन्धन र सरकार परिवर्तन हुने र उनै भिजनविहीन,गफाष्टक,आत्मकेन्द्रित, विवादास्पद मान्छेबीच कुर्सी साटासाट भइरहने हो भने भिजिनरी नेतृत्वसहितको राजनीतिक स्थीरता कसरी हासिल हुन्छ? लोकतान्त्रिक स्थिरताबिना देश कसरी सुशासित र समृद्ध हुन्छ? यस निम्ति छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा किन नजाने?
२. पालैपालो सबै प्रमुख दल र नेताको नेतृत्व रहेका सरकारहरू अर्बौं अर्बका भ्रष्टाचार काण्डहरूमा मुछिएको जगजाहेर भइसक्दा उनीहरूले नै अहिले भएकै शक्तिविहीन संसथाहरूमार्फत भ्रष्टाचारीलाई कारबाही गर्छन् र देशमा सुशासन कायम हुन्छ भनेर आशा गर्नु नीतिकथाको स्यालले ‘झर्ला र खाउँला’ भनेजस्तै हुन्न र? अधिकार-सम्पन्न र स्वायत्त जनलोकपाल वा यस्तै वैकल्पिक संयन्त्र निर्माण गरेर ‘ठूला माछा’लाई समेत तह लगाउने र देशमा कडाइपूर्क विधिको शासन कायम गर्ने दिशामा किन नजाने?
३. दशकौँदेखि ३/४ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हासिल नभएको, देश श्रम निर्यात र वस्तु आयातको दुष्चक्रमा फसेको, व्यापार घाटा र वैदेशिक ऋण बर्सेनि चुलिँदै गएको, पहिले उद्योग र पछि कृषि क्षेत्र पूरै धरासायी हुँदै गएको, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको कुरा छेपारोको कथामा सीमित भइरहेको आदि गम्भीर अर्थ-राजनीतिक संरचनात्मक समस्या हल नगरी देश कसरी समृ्द्ध बन्छ? यिनै भिजनविहीन, निष्ठारहित मान्छेहरूबाट यी कुरा सम्भव होलान्? आदि इत्यादि!
अतः हाम्रो सार्वजनिक विमर्शलाई व्यक्ति-केन्द्रित हैन, मुद्दा-केन्द्रित बनाउने कि? बाबुरामहरू त इतिहासमा आउँछन्, जान्छन्! इतिहासले सबैको हिसाब राखिहाल्छ नि!
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: