Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

कन्सर्ट हल आक्रमणको बदला लिने पुटिनको बाचा, मृत्यु हुनेको संख्या १३३ पुग्यो

खबरडबली संवाददाता

काठमाडाैं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा एक सय ३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतङ्कवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने वाचा गरेका छन्। उक्त आक्रमण सम्बन्धमा रुसले युक्रेन भाग्न प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरेको बताएको छ ।

किएभले कुनै पनि सम्बन्धलाई दृढतापूर्वक अस्वीकार गरको छ र पुटिनले आक्रमणबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेबारीको दाबीको सन्दर्भलाई जोडेनन् ।

शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा छद्मवेशी बन्दुकधारीहरूले आक्रमण गरी भवनमा आगो लगाएका थिए । आक्रमणमा कम्तीमा एक सय ३३ जनाको मृत्यु भएको छ ।

जिहादी समूहले आक्रमणको दाबी गर्दै शनिबार एक टेलिग्राम च्यानलमा लेखेको छ, “‘इस्लामसँग लड्ने मुलुकहरू’ सँग ‘भयानक युद्ध’ को हिस्साका रूपमा ‘मसिनगन, एउनटा पेस्तोल, चक्कु र फायरबमले सुसज्जित चार आइएस लडाकूद्वारा गरिएको थियो’ ।”

यो करिब दुई दशकमा रुसमाथि सबैभन्दा घातक आक्रमण हो र इस्लामिक स्टेटले दाबी गरेको युरोपमा सबैभन्दा घातक हमला हो । रुसी अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गर्दै एक सयभन्दा धेरै घाइते अस्पतालमा रहेको बताएका छन् ।

राष्ट्रपति पुटिनले शनिबार टेलिभिजनमा राष्ट्रका नाममा एक सम्बोधनमा भने, “आतङ्कवादी, हत्यारा, गैर–मानवहरूको दुर्भाग्यशाली भाग्य मात्र हुन्छ ः प्रतिशोध र विस्मृति ।”

“सबै चार प्रत्यक्ष अपराधी।।। गोली हानी मानिसहरूको हत्या गर्ने सबैलाई फेला पारिएको छ र उनीहरूलाई पक्राउ गरिएको छ”, आक्रमणलाई ‘बर्बर आतङ्कवादी काम’ उल्लेख गर्दै उनले भने, “उनीहरू भाग्ने प्रयासमा युक्रेनतर्फ गइरहेका थिए, प्रारम्भिक आँकडाअनुसार राज्यको सीमा पार गर्न उनीहरूका लागि युक्रेनतिरबाट एउटा झ्याल तयार गरिएको थियो ।”

पुटिनले हमलाकारीको तुलना ‘नाजीहरू’ सँग गर्दै आक्रमण ‘अत्याचार, रुस र हाम्रा मानिसविरुद्धको हमला’ थियो भन्नुभयो । उहाँले आइतबार राष्ट्रिय शोक दिवस हुने बताए।

एफएसबी सुरक्षा सेवाले शनिबार आक्रमणका सिलसिलामा ११ जनालाई पक्राउ गरेको बताएको छ । “सबै अपराधी, आयोजक र यो अपराधको आदेश दिनेलाई उचित र अनिवार्यरूपमा सजाय दिइने छ”, पुटिनले भने ।

यसअघि एफएसबीले शनिबार थप विवरण नदिई आक्रमणकारीहरूको युक्रेनमा ‘सम्पर्क’ भएको बताएको थियो । विगत दुई वर्षदेखि रुसी सैन्य हमलाको सामना गर्दै आएको किएभले आक्रमणमा उसको सरोकार नभएको राष्ट्रपतिका सहयोगी मिखाइलो पोडोल्याकले एक विज्ञप्तिमा बताए ।

ठूला अपराधहरूको अनुसन्धान गर्ने रुसको अनुसन्धान समितिले उद्धारकर्मीहरूले शनिबार घटनास्थलमा काम गरिरहेको र जलेका भवनबाट शव निकालिरहेको बताएको छ । “आपत्कालीन सेवाहरूलाई भग्नावशेष हटाउँदा शव प्राप्त भएको छ”, टेलिग्राममा एक विज्ञप्तिमा भनिएको छ, “आतङ्कवादी आक्रमणमा मारिएका मानिसको सङ्ख्या बढेर एक सय ३३ पुगेको छ, खोजी अभियान जारी छ ।”

मस्को क्षेत्रका गभर्नरले उद्धारकर्मीले ‘धेरै दिन’ सम्म घटनास्थलको खोजबिन जारी राख्ने बताए । रुसको आपत्कालीन स्थिति मन्त्रालयका अनुसार करिब एक सय सात मानिस अस्पतालमा छन् र तीमध्ये धेरैको अवस्था चिन्ताजनक छ ।

इस्लामिक स्टेट समूहले शुक्रबार जिम्मेबारी लिँदै आफ्ना लडाकूहरूले मस्कोको बाहिरी क्षेत्रमा ‘एउटा ठूलो सभा’ मा आक्रमण गरेको र ‘सुरक्षितरूपमा आफ्नो ठेगानामा फर्केको’ बताएको छ । सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा केही प्रत्यक्षदर्शीहरूले माथिल्लो तलाबाट बन्दुकधारीहरूलाई गोली हानेर स्टलहरूबाट जाँदै गरेको खिचेका थिए ।

अनुसन्धान समितिले भनेको छ, “त्यसपछि आतङ्कवादीहरूले दर्शक रहेको कन्सर्ट हलको परिसरमा आगो लगाउन ज्वलनशील तरल पदार्थको प्रयोग गरे, त्यहाँ घाइतेहरू पनि थिए ।” छ हजार सिट क्षमताको आयोजना स्थलमा आगो लागेपछि मानिसहरूको मृत्यु बन्दुकको गोली र धुवाँका कारण भएको अनुसन्धान समितिले बताएको छ ।

शुक्रबार तीव्रताका साथ आयोजना स्थलमा आगो फैलियो र कन्सर्टमा आएका मानिस चिच्याउँदै आपत्कालीन निकासतर्फ भागे ।

आक्रमण भएको १८ घन्टाभन्दा बढी समयपछि राष्ट्रपति पुटिनले शनिबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटको जिम्मेबारीको दाबीलाई सम्बोधन गरेनन् । आक्रमणपछि मुलुकभरका प्रमुख कार्यक्रम रद्द गरिएका छन् । यसमा रुस र पाराग्वेबीच सोमबार मस्कोमा  हुने मैत्रिपूर्ण फुटबल प्रतियोगिता पनि थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending