ताप्लेजुङ, ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन् । सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ र अन्य कारणबाट चार घर जलेर नष्ट भएका छन् ।
वनमा लागेको डढेलोका कारण चैतको पहिलो साता मात्रै ११ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । अन्य कारणबाट चैतमा एउटा घर जलेको छ ।
फागुनमा डढेलोले एक र विद्युत् सर्ट भएर सल्केको आगोले तीन घर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए । उनका अनुसार डढेलो र अन्य कारणले सुरु भएको आगोले झण्डै डेढ दर्जन घर जलेका छन् ।
प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार घरसँगै नजिक रहेका पशुचौपायाका गोठ तथा ग्वालीसमेत जलेका छन् भने केही पशुचौपाया पनि जलेका छन् ।
यसैगरी फागुनयता विभिन्न क्षेत्रमा गरी करिब एकदर्जन ठाउँका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । राष्ट्रिय तथा सामुदायिक वनमा लागेको डढेलोका कारण रुख, बोट, बिरुवा तथा बहुमूल्य जडीबुटी र वनस्पतिमा क्षति पुगेको वन कार्यालयले जनाएको छ ।
फागुनदेखि चैतको पहिलो हप्तासम्ममा करिब आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफल बराबरको वन जङ्गलमा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...


प्रतिकृया लेख्नुहोस्: