काठमाडौं । नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता गठबन्धनका क्रमशः पहिलो र तेस्रो ठूलो दलहरू हुन् । आउँदो वैशाख १५ मा इलाम क्षेत्र नं। २ मा हुने संसदीय उपनिर्वाचनमा यी दुवै दल आक्रामक देखिन्छन्, उनीहरूले तयारीसमेत त्यसैगरी गरिरहेका छन् ।
एमालेले यसअघि सोही क्षेत्रबाट निर्वाचित पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने रास्वपा उपयुक्त उम्मेदवार खोज्दैछ । रास्वपा महामन्त्री डा। मुकुल ढकालका अनुसार आगामी चैत १७ गते पार्टी सभापति रवि लामिछानेकै उपस्थितिमा इलाम २ मा उम्मेदवारी घोषणा हुनेछ ।
एउटै गठबन्धन भएपनि एमाले(रास्वपा आ(आफ्नै तवरले तयारीमा जुटेका छन् । यसबारे एमालेले रास्वपालाई सहयोगका लागि आग्रह गर्ने र नमाने प्रतिस्पर्धा उत्रिने उद्घोष गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । “रास्वपालाई सहयोग गर्नुस् भन्ने अपिल रहन्छ । नत्र भने प्रतिस्पर्धा नै हुन्छ,” उनले भने ।
इलाम २ एमालेको गढ नै मानिन्छ । त्यसो त २०४८ यता त्यहाँबाट निरन्तर सुवासचन्द्र नेम्वाङले जित्दै आएका थिए । भर्खरै गठित रास्वपाले भने गत निर्वाचनमा प्रत्यक्षतर्फ १३ सय र समानुपातिकतर्फ ४ हजार मत ल्याएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८१ - १५:१३
काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहरिएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भ...
कार्तिक २७ गते, २०८१ - १३:५९
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–२ छिन्ताङका युवा हरी कार्की एक महिना अघिदेखि वेपत्ता छन् । गुठिखेत घर भएका २७ बर्षीय कार्की गत असोज २७ गतेबाट पर...
कार्तिक २७ गते, २०८१ - १२:४९
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बुटवल लगिएको छ । लामिछानेलाई बयानका लागि बुटवल लगिएको हो । बुटवलको सुप्रि...
कार्तिक २७ गते, २०८१ - ११:४०
लुम्बिनी । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्र...
कार्तिक २७ गते, २०८१ - १०:४४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट ...
कार्तिक २७ गते, २०८१ - १०:३९
जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०–८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बि...
कार्तिक २७ गते, २०८१ - १०:३७
काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन बार्ता नभएको मस्कोले दाबि गरेको छ । यसअघि अ...
कार्तिक २७ गते, २०८१ - १०:३५
काठमाडौँ । 'डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे सरकारले गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्र...
कार्तिक २६ गते, २०८१ - १४:५५
भैरहवा । निरज मौर्यको उत्कृष्ट बलिङमा स्टार क्रिकेट क्लबले रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत सोमबा...
कार्तिक २६ गते, २०८१ - १४:५३
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्याना...
प्रतिकृया लेख्नुहोस्: