धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–२ छिन्ताङका युवा हरी कार्की एक महिना अघिदेखि वेपत्ता छन् । गुठिखेत घर भएका २७ बर्षीय कार्की गत असोज २७ गतेबाट परिवारसँग सम्पर्कविहीन भएका हुन् ।
परिवार स्रोतका अनुसार दशैं टीकाको दिनसम्म उनी घरमै थिए । टीकाको भोलिपल्टबाट उनी बेपत्ता भएको हरीका दाजु रुद्रबहादुरले जानकारी दिए । ‘टीकाको भोलिपल्टबाट भाई सम्पर्कमा छैन, कहाँ छ, के भयो केही अत्तोपत्तो छैन,’ दाजु रुद्रबहादुरले भने, ‘खोजतलासका लागि प्रहरीमा पनि निवेदन दिएको छ, प्रहरीले पनि पत्तो लगाउँन सकेको छैन ।’
वैदेशिक रोजगारीका लागि कार्की यसअघि दुवई गएका थिए । एक बर्ष अघि घर फर्किएका उनी त्यसयता गाउँमै बस्दै आएका थिए । अचानक उनी सम्पर्कविहिन भएका हुन् । आफन्त र जानसक्ने सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि उनको केही अत्तोपत्तो नलागेको दाजु रुद्रवहादुरले गुनासो गरे । उनको खोजीका लागि परिवारका सदस्यले सबैलाई हारगुहार गरिरहेका छन् ।
प्रहरीले पनि उनको खोजी गरिरहेको छ । तर पनि उनी हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: