Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

झापाको ‘किच्चकबध’स्थल २२ सय वर्ष पुरानो प्रमाणित

खबरडबली संवाददाता

झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो ।   

महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवमध्येका भीमसेनले किच्चकको बध गरेको स्थानका रुपमा यो स्थान चर्चित छ । पुरातत्व विभागले यहाँ विसं २०५८ देखि हालसम्ममा सातौँ पटक उत्खनन गर्दा विभिन्न सामग्री भेटिएका थिए । उत्खननका क्रममा भेटिएका प्राचीन सुराहीलगायत माटो र धातुका भाँडावर्तन, गहना र इँटा सङ्कलन गरेर कार्बन परीक्षण गर्दा किच्चकबधस्थल इशापूर्व एक सय २० देखि दुई सय वर्ष पुरानो प्रमाणित भएको प्रसिद्ध पुरातत्वविद् उद्धव आचार्यले बताए । विसं २०५८ देखि किच्चकबध स्थलमा पुरातत्वविद् आचार्यकै नेतृत्वमा सातौँ चरणको उत्खनन कार्य जारी रहेको छ । 

“यसअघि छ पटकसम्म उत्खनन् गर्दा भेटिएका प्राचीन वस्तुको कार्बन परीक्षण गराइसकेका छौँ”, आचार्यले भने, “त्यसबाट भेटिएका सामग्री दुई हजार दुई सय वर्ष पुरानो भएको पुष्टि भइसक्यो । यसपालीको साताैँ पटकको सामग्रीको परीक्षणपश्चात् अझ नयाँ तथ्य खुल्दै जाने अपेक्षा गरेका छौँ ।” यसपाली चैत २ देखि सुरु भएको उत्खनन चैत १८ गतेसम्म जारी रहने उनले जानकारी दिए । 

उत्खननका लागि आचार्यको नेतत्वमा पाँच जनाको टोली सक्रिय छ । टोलीले किच्चकबधस्थलमै बसेर दिनभर उत्खनन कार्य गरिरहेको छ । किच्चकबधस्थललाई धार्मिक तथा ऐतिहासिकस्थलका रुपमा प्रचार गरिँदै आए पनि पुरातत्व विभागले त्यसको आधिकारिक समय गणना भर्खरै सम्पन्न गरेको इतिहासकार एवं मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख चिन्तामणि दाहालले बताए । 

“यो स्थल दुई हजार दुई सय वर्ष पुरानो हो भनेर प्रमाणित हुनु ज्यादै खुसीको कुरा हो”, सातौँ चरणको उत्खननका लागि आएको पुरातत्व विभागको टोलीसँगको भेटपछि दाहालले भने, “थाइल्यान्ड, भारतलगायतका मुलुकमा गरिएको वैज्ञानिक परीक्षणले अब किच्चकबध स्थलको महत्व बढेको छ । यो स्थल धेरै पुरानो हो भन्नेमा अब अन्योल रहेन ।”

पुरातत्वविद् उद्धव आचार्यले नै सुर्खेतको ऐतिहासिक काँक्रेविहारस्थलको ऐतिहासिकताको प्रमाणिक खोज गरेका थिए । किच्चकबधस्थलमा सुरुदेखि नै आचार्यले उत्खननको नेतृत्व गर्नु भएको हुँदा यसको अन्तिमसम्म उनले नै उत्खनन गर्ने दाहालले बताए । 

किच्चकबधस्थल १० बिघा क्षेत्रफलमा फैलिएको छ । जहाँ पुरानो र नयाँ गरी दुई वटा किच्चकबधको मूर्ति छन् । त्यसैगरी मानव निर्मित मन्दिर, पोखरी र सभाहल छन् । उत्खनन भइरहेको सीमाभित्र मानव निर्मित सभाहल र मूर्ति रहेकाले त्यसलाई अन्यत्र सारिदिन उत्खनन टोलीले आग्रह गरेको दाहालले बताए । 

सरकारले उत्खननलाई निरन्तरता दिइरहे तापनि पर्याप्त बजेट नपठाउँदा क्रमागतरुपमा उत्खनन् गर्नु परिरहेको दाहालले गुनासो गरे । जमिनको पहिलो तहको उत्खननबाट फेला परेका वस्तुको कार्बन परीक्षणबाट यसस्थल दुई हजार दुई सय वर्ष पुरानो समय गणना भएको जनाउँदै उनले अझ एक तहमुनि पनि प्राचीन वस्तु भेटिन थालेको हुँदा सरकारले उत्खननका लागि पर्याप्त बजेट उपलब्ध गराउनु पर्ने खाँचो देखिएको बताए । 

गौतमबुद्धको जन्मस्थल लुम्बिनी दुई हजार पाँच सय वर्ष पुरानो भएजस्तै किच्चकबधस्थल दुई हजार दुई सय वर्ष पुरानो पुष्टि भएकाले यसलाई पर्यटकीय दृष्टिले मुलुककै आकर्षक गन्तव्यस्थलका रुपमा चिनाउन सकिने उनको धारणा छ । किच्चकबधस्थलको रेखदेख स्थानीय संरक्षण समितिले गर्दै आएको छ । समितिले विभिन्न स्रोत जुटाएर घेराबेरालगायतका संरचना निर्माण गरेको छ । 

सो स्थानमा फेला परेका प्राचीन पर्खाल, इँटालगायत उत्खननस्थलको उचित ढङ्गले संरक्षण हुनसकेको छैन । आन्तरिक पर्यटकले जथाभावी कुल्चिने र स्थानीय समितिले गुरुयोजनाबिना भौतिक संरचना निर्माण गरिदिँदा पुरातात्विक सामग्री नष्ट हुने जोखिम बढेको छ । 

स्थानीय पालिका र प्रदेश सरकारले समेत उक्त ऐतिहासिक स्थानको संरक्षण र उत्खननमा ध्यान दिन आवश्यक भइसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending