Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

खाद्य स्वच्छता तथा गुणस्तर ऐन बिपरित कार्य गर्ने बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर

खबरडबली संवाददाता

बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन बिपरित कार्य गरेको अभियोग ती मुद्दा जिल्ला प्रशासन कार्यालय बाँकेमा दायर भएका हुन् । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार नेपालगन्ज १५ स्थित डिउ ड्रप ड्रिङ्किङ वाटर उद्योगले पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ विपरित मापदण्ड नपुरयाइ उद्योग सञ्चालन गरेको, नियमित पानीको परिक्षण नगरेको, उद्योगको परिसर फोहोर राखेको तथा खाद्य निरिक्षण अधिकारीले निरिक्षणको क्रममा दिएको निर्देशन पालना नगरेको अभियोगमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख प्रशान्त पोखरेले बताए । सो उद्योगसँग चार लाख ५० हजार मागदावी राखिएको छ । 

प्रमुख पोखरेलका अनुसार अर्को मुद्दा वाई के ड्रिङ्किङ वाटर उद्योग विरुद्ध अघिल्लो महिना दायर गरिएको थियो । त्यस्तै, गत कात्तिक २५ मा नेपालगन्ज १८ स्थित क्वालिटि चाउमिन उद्योगले लेबल नलगाई चाउमिनको बिक्रि वितरण गरेको पाईएकोले तत्काल खाद्य ऐन २०२३ अनुसार मुद्दा दर्ता भएको थियो । 

बाँके र बर्दिया जिल्लामा कार्यालयले निरिक्षण गर्दा खाद्य स्वच्छताको प्रतिकुल खाद्य वस्तुमा मिसावट गर्ने, अनुमति पत्र नलिई खाद्य व्यवसाय संचालन गर्ने, प्याक गरिएको खाद्य वस्तुमा लेबल नलगाई बिक्रि वितरण गर्ने गरिएको पाइएकोमा त्यस्ता उद्योगीलाई सचेत गराइएको कार्यालयले जनाएको छ ।

सचेत गराउँदा पनि अटेरी गर्नेहरुलाई कानूनी कारवाही गरिने पोखरेलले बताए । उनले सो कार्यालयलाई दाना बजार र उद्योगको समेत अनुगमन गर्ने र दानामा मिसावट भए नभएको अनुगमन गरी कारवाही गर्ने अधिकार रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending