Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

एसईईमा छात्राभन्दा छात्र धेरै, विज्ञ भन्छन्- राम्रो संकेत होइन

खबरडबली संवाददाता

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राभन्दा छात्रको सङ्ख्या बढ्न थालेको छ। विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्यांक हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ। 

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यो वर्ष एसईईमा सहभागी हुनपाँच लाख चार हजार ४१४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन्। तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। 

गत २०७९ सालको एसइईमा पनि छात्राभन्दा छात्र नै बढी सहभागी भएका थिए । त्यतिवेला परीक्षामा सहभागी कुल पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थीमध्ये छात्राको सङ्ख्या दुई लाख ५५ हजार ९१७ जना थिए । 

छात्रको सङ्ख्या छात्राको तुलनामा करिब पाँच हजार बढी अर्थात् दुई लाख ६० हजार ६७४ जना थियो । २०७८ सालको एसइईमा छात्रभन्दा छात्रा ३८ जनाले मात्रै बढी थिए। 

त्यो वर्ष परीक्षामा सहभागी चार लाख ८५ हजार ३९६ जम्मा परीक्षार्थीमध्ये छात्राको सङ्ख्या दुई लाख ४२ हजार ७१२ र छात्रको सङ्ख्या दुई लाख ४२ हजार ६७४ रहेको थियो । 

‘केही वर्ष यता एसइईमा छात्राभन्दा छात्रको सङ्ख्या वृद्धि हुँदै गएको छ’, उनले भने, ‘यसो हुनुको कारणबारे पनिकाले विश्लेषण गरेको छैन।’ छात्राको तुलनामा छात्र बढी देखिनुलाई संयोग मात्रै नठानेर तत्कालीन र दीर्घकालीन रूपमा पार्न सक्ने असरको संकेतका रूपमा बुझ्नुपर्ने जनसङ्ख्याविद् बताउँछन् । 

पहिले एक जना महिलाले आफ्नो जीवनकालमा चारपाँच सन्तान जन्माउँथे। तर पछिल्ला वर्षहरूमा त्यस्तो सङ्ख्या मुस्किलले दुईको हाराहारीमा झरेको छ । ‘दुई वटा सन्तान जन्माउनेमध्ये पनि अधिकांश पहिलो सन्तान छोरी भयो भने छोराको आशमा दोस्रो सन्तानको इच्छा गर्ने धेरै छन्’, त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या केन्द्रीय विभागका प्रमुख प्राडा योगेन्द्रबहादुर गुरुङले भने,‘अझ अहिले त पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तानको इच्छा नै नगर्ने आमाबाबुको सङ्ख्या बढ्न थालेको छ । त्यसैको असर एसइई दिने परीक्षार्थीको सङ्ख्यामा देखियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending