काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राभन्दा छात्रको सङ्ख्या बढ्न थालेको छ। विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्यांक हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ।
सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यो वर्ष एसईईमा सहभागी हुनपाँच लाख चार हजार ४१४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन्। तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
गत २०७९ सालको एसइईमा पनि छात्राभन्दा छात्र नै बढी सहभागी भएका थिए । त्यतिवेला परीक्षामा सहभागी कुल पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थीमध्ये छात्राको सङ्ख्या दुई लाख ५५ हजार ९१७ जना थिए ।
छात्रको सङ्ख्या छात्राको तुलनामा करिब पाँच हजार बढी अर्थात् दुई लाख ६० हजार ६७४ जना थियो । २०७८ सालको एसइईमा छात्रभन्दा छात्रा ३८ जनाले मात्रै बढी थिए।
त्यो वर्ष परीक्षामा सहभागी चार लाख ८५ हजार ३९६ जम्मा परीक्षार्थीमध्ये छात्राको सङ्ख्या दुई लाख ४२ हजार ७१२ र छात्रको सङ्ख्या दुई लाख ४२ हजार ६७४ रहेको थियो ।
‘केही वर्ष यता एसइईमा छात्राभन्दा छात्रको सङ्ख्या वृद्धि हुँदै गएको छ’, उनले भने, ‘यसो हुनुको कारणबारे पनिकाले विश्लेषण गरेको छैन।’ छात्राको तुलनामा छात्र बढी देखिनुलाई संयोग मात्रै नठानेर तत्कालीन र दीर्घकालीन रूपमा पार्न सक्ने असरको संकेतका रूपमा बुझ्नुपर्ने जनसङ्ख्याविद् बताउँछन् ।
पहिले एक जना महिलाले आफ्नो जीवनकालमा चारपाँच सन्तान जन्माउँथे। तर पछिल्ला वर्षहरूमा त्यस्तो सङ्ख्या मुस्किलले दुईको हाराहारीमा झरेको छ । ‘दुई वटा सन्तान जन्माउनेमध्ये पनि अधिकांश पहिलो सन्तान छोरी भयो भने छोराको आशमा दोस्रो सन्तानको इच्छा गर्ने धेरै छन्’, त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या केन्द्रीय विभागका प्रमुख प्राडा योगेन्द्रबहादुर गुरुङले भने,‘अझ अहिले त पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तानको इच्छा नै नगर्ने आमाबाबुको सङ्ख्या बढ्न थालेको छ । त्यसैको असर एसइई दिने परीक्षार्थीको सङ्ख्यामा देखियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: