Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

रुसले उग्रवादी आक्रमण हुनसक्ने अमेरिकी चेतावनी बेवास्ता गरेकै हो ?

खबरडबली संवाददाता

काठमाडौं । जुनसुकै हमलापछि किन त्यसलाई रोकिएन वा त्यसबारे थाहा भएन भन्ने प्रश्न सधैँ उठ्छ। तर मस्कोमा भएको पछिल्लो हमलाले अन्तर्राष्ट्रिय तनाव र अविश्वासको परिस्थितिमा राष्ट्रपति भ्लादिमिर पुटिनमाथि थप पेचिलो प्रश्न तेर्स्याएको छ। 

यस्तो हुनुको कारण सम्भावित आक्रमणबारे अमेरिकी पूर्वचेतावनी हो। मार्च ७ मा अमेरिकाले दिएको चेतावनी अस्वाभाविक रूपमा प्रस्ट थियो। 

त्यसमा ‘उग्रवादीहरूले मस्कोका ठूला भीड भएका ठाउँमा निकट भविष्यमा नै निशाना बनाउने योजना बनाएको’ चर्चा गरिएको थियो र ठ्याक्कै कन्सर्टको पनि उल्लेख गरिएको थियो।

उसले सो सहरमा रहेका अमेरिकीहरूलाई त्यसपछिका ४८ घण्टा उक्त सहरमा हुने ठूला भिडभाडमा सहभागी नबन्न सूचना निकालेको थियो। हमलाको समय नमिलेको हो तर अन्य विवरण मार्च २२ मा भएको आक्रमणसँग लगभग पूर्ण रूपमा मेल खान्छ।

वासिङ्टनसँग केही गुप्तचरी सूचना रहेको प्रस्ट देखिन्छ र त्यो मस्को हमलाको जिम्मेवारी लिएको इस्लामिक स्टेट (आईएस) समूहसँग जोडिएको बुझ्न सकिन्छ।

अमेरिकाले दिएको जानकारी 

आफ्ना नागरिकलाई सार्वजनिक रूपमा चेतावनी दिएको अमेरिकाले रुसी सरकारलाई पनि सोझै उक्त जानकारी दिएको जनाएको छ।

“अमेरिकी सरकारले यो सूचना लामो समयदेखि कायम ‘चेतावनी दिने दायित्व’ सम्बन्धी नीति अन्तर्गत रुसी अधिकारीहरूलाई पनि जानकारी गराएको थियो,” हमलापछि एक जना अमेरिकी अधिकारीले भने।

देशहरूबीच गुप्तचरी सूचनाहरू आदानप्रदान हुने माध्यमहरू हुन्छन्। सर्वसाधारणहरूमाथि आक्रमण हुने सम्भावित परिस्थितिमा साझेदार नरहेका देशहरूसँग पनि ती माध्यमबाट सूचना सम्प्रेषित गरिन्छ।

मस्कोले ती चेतावनीलाई बेवास्ता गर्‍यो जुन समस्या बन्न पुगेको छ। हमलाको तीन दिन अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको रक्षा गर्ने जिम्मा पाएको रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) को उच्च नेतृत्वसँग छलफल गरेका थिए।

लिएनन् गम्भीरतापूर्वक 

भेला भएका सुरक्षा निकायका नेताहरूलाई पुटिनले आफ्नो मुलुकको उच्च प्राथमिकता विशेष सुरक्षा कारबाहीलाई समर्थन गर्नु भएको बताए। युक्रेनविरुद्धको लडाइँ बुझाउन उक्त पदावलीको प्रयोग गर्ने गरिन्छ।

पुटिनले युक्रेनले ‘आतङ्कवादी दाउपेच’ अवलम्बन गरेको बताए। उनले पश्चिमा जगतबाट रुसभित्र सम्भावित आक्रमण हुने भनी ‘उत्तेजनात्मक टिप्पणी’ गरिएको बताए।

ती चेतावनीहरूले ‘सोझै मोलतोल गर्ने र हाम्रो समाजलाई धम्क्याउने अनि अस्थिर बनाउने उद्देश्य’ राखेको पुटिनले बताएका थिए।

यसले अमेरिका र रुसबिचको अविश्वासको अर्थ मस्कोले ती चेतावनी सुन्नै चाहँदैन थियो भन्ने सङ्केत दिन्छ। त्यसलाई युक्रेन द्वन्द्वसँग जोडेर आफ्नो मुलुकलाई धम्की दिने प्रयास गरिएको अर्थमा उसले लियो।

हामीलाई अमेरिकाले कस्तो प्रकारको सूचना प्राप्त गरेको थियो वा प्रेषित गरेको थियो वा त्यो त्यो कति स्पष्ट थियो थाहा छैन। गुप्तचरी सूचना अस्पष्ट र निर्णय लिन कठिन हुने खालको पनि हुनसक्छ।

अब के हुनसक्छ?

तर अमेरिकासँग ठूलो जासुसी संयन्त्र रहेको छ र उसले आईएसलाई नजिकबाट निगरानी गर्छ।

मस्कोमा हमला गरेको समूह अमेरिकी सुरक्षा बल र सर्वसाधारणहरूलाई सन् २०२१ को अगस्टमा काबुलमा भएको आक्रमणमा पनि जोडिएको छ। हालै इराकमा भएका घातक बम हमलामा पनि उसको भूमिका छ।

तर यदि रुसलाई प्रदान गरिएको जानकारी विश्वसनीय थियो र ठोस रूपमा आईएससँग जोडिएको थियो भने, एफएसबी र पुटिन ती सूचनालाई किन गम्भीरतापूर्वक लिइएन भन्नेबारे रक्षात्मक अवस्थामा पुग्नसक्छन्।

र त्यस्तोमा मस्कोले कुनै हिसाबले आरोप अन्यतर्फ सोझ्याउन हमलालाई युक्रेनसँग जोड्नसक्छ। आफूले सही आकलन गर्न नसकेको स्वीकार गर्नुको सट्टा युक्रेनमा चालिरहेको आफ्नो कदमप्रति समर्थन निर्माण गर्ने प्रयास उसले गर्नसक्ने सम्भावना पनि छ।

आईएसको भिडिओमा के छ?

यसबीच, इस्लामिक स्टेट समूहले शुक्रवार मस्कोस्थित कन्सर्ट हलमा गरेको हमलाको भिडिओ सार्वजनिक गरेको छ जसले सो समूहले आक्रमण गराएको भनी गरेको दाबीलाई बल पुर्‍याउने जस्तो देखिन्छ।

क्रोकस सिटी हलमा बन्दुकधारीहरूले प्रवेश गरी गोली चलाएर भवनलाई आगजनी गर्दा कम्तीमा १ सय ३३ जना मारिएका थिए।

टेलिग्राममा सार्वजनिक भिडिओमा एउटा व्यक्तिले सो हलको लबीमा गोली चलाइरहेको देखिन्छ। रुसी राष्ट्रपति पुटिनले हमलामा संलग्न चारैजना बन्दुकधारीहरू पक्राउ परेका बताएका छन्।

रुसी अधिकारीहरूले ती विदेशी नागरिक भएको उल्लेख गरेका छन् तर परिचय सार्वजनिक गरेका छैनन्। बीबीसी 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending