Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

जर्मनीबाट आएकी लुका भन्छिन्- पहिलोपटक होली खेलेँ, समयले साथ दिए अर्को वर्ष परिवारसहित आउँछु

खबरडबली संवाददाता

पोखरा । जर्मनीबाट पोखरा आएकी लुका लेकसाइडमा होली खेल्न पाउँदा निकै खुसी थिइन् । उनको अनुहारभरि रङ्ग दलिएको थियो । सेतो पहिरनमा सजिएकी लुकाको कपडा पनि रङ्गले पोतिएको थियो । 

नेपालमा मनाइने रङ्गको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो । “कसैको अनुहार रङ्गविहीन देखेको छैन । यो निकै रमाइलो पल हो,” लुकाले भनिन्, “नेपालमा आएको मैले पहिलोपटक होली खेलेँ । यस्तो माहोलमा रमाइलो गर्न पाउँदा म निकै खुसी छु ।”

लुकासँगै उनका साथी पनि रङ्ग खेलिरहेका थिए । नेपालको यो पर्वका बारेमा जर्मनी फर्किएपछि अरू साथीहरुलाई सुनाउने लुकाले बताइन् । “जर्मनी गएपछि रङ्ग खेलेको, नाचेको, रमाएको बारेमा अरू साथीहरुलाई भन्नेछु । सबै सुनेपछि उनीहरु पनि पक्का खुसी हुनेछन्,” लुकाले भनिन्, “समयले साथ दिएसम्म अर्को वर्ष परिवार वा अरू साथीहरुलाई लिएर होली खेल्न नेपाल आउनेछु ।”

उनीसँगै धेरै पर्यटक पोखरा लेकसाइड क्षेत्रमा रङ्गसँग रमाउँदै थिए । लेकसाइड अम्बोटबाट नाचगान गर्दै र रङ्ग दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका देखिन्थे । पहिलोपटक होलीमा सहभागी भएका कतिपय विदेशी पर्यटकले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए ।

पोखरा घुम्न आएका पर्यटकलाई रङ्गीन बनाउने मेसो रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले जुराइदिएको हो । पर्यटक मात्रै होइन, आइतबार पोखरा लेकसाइड पुगेका सबैको अनुहार रङ्गीन थियो । लेकसाइडका सडकदेखि फेवाताल किनारका पार्क, होली मनाउनेहरुले भरिभराउ थियो । 

रेवान पोखराले होली खेल्नुअघि अम्बोटदेखि खहरचोकसम्म पञ्चेबाजाको धुनमा पैदलयात्रा गरेको थियो । त्यस्तै तीन स्थानमा कन्सर्टसँगै डिजे सेसन गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । “हामीले बर्सेनि होलीलाई उत्सवमय बनाउन कार्यक्रम गरिरहेका छौँ । यो पटक र्यालीसहित अन्य कार्यक्रम गरियो,” अध्यक्ष भट्टराईले भने, “हामीले तीन स्थानमा कन्सर्टसँगै डिजे सेसन राखेका थियौँभने होलीका लागि रङ्गको पनि व्यवस्था गरेका थियौँ ।”

सधैँको जस्तै यो पटकको होली कार्यक्रम पनि भव्य रुपमा सम्पन्न भएको अध्यक्ष भट्टराईले बताए । “अब बिस्तारै पर्यटकको सिजन पनि सुरु हुँदैछ । पर्यटक धेरै हुने समयमा भएकाले विदेशी पर्यटकहरुले यसलाई बडो गज्जबले मनाए,” अध्यक्ष भट्टराइले भने, “यसले पोखरा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास छ । अब यसलाई ‘ब्रान्डिङ’ गर्न सरकारले पनि सोच्नुपर्छ ।”

होलीमा पर्यटकको उल्लेख्य सहभागिताले उत्साह बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “पोखरा होलीका लागि पनि उत्कृष्ट गन्तव्य बनेको छ । यसले पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान दिएको छ,” अध्यक्ष श्रेष्ठले भने, “अर्को वर्षमा योभन्दा व्यवस्थित तरिकाले लैजान आवश्यक छ । यसका लागि प्रचारप्रसार गर्न जरुरी छ ।”

होलीलाई व्यस्थित गरी ब्रान्डिङ गर्न आगामी वर्ष योजना बनाएर अघि बढ्ने पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए । “आज पोखराका हरेक क्षेत्रमा होलीको रौनक देखियो यसले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ,” प्रवक्ता तिम्सिनाले भने, “होली मनाउन पोखरा जानुपर्छ है भन्ने सन्देश दिनका लागि आगामी वर्षबाट केही योजना बनाउँछौँ ।”

होलीलाई थप व्यवस्थित बनाउन पर्यटन क्षेत्रका सङ्घसंस्थासँग छलफल गरेर आगामी वर्षको योजना तय गरिने उनको भनाइ थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending