Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

खबरडबली संवाददाता

म्याग्दी । दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र.... घ्वार्र...गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या घट्दै गएपछि काठका ठेकीमा मदानीले दही मथेर मही पार्ने चलन हराउँदै गएको हो । 

करिब एक दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या बाक्लै थियो । कुनै समय गोठमा रहेका पशुचौपाया र ठेँकी हेरेर घरको हैसियत आकलन गरिन्थ्यो । अहिले समय, परिवेश फेरिएको छ । समयसँगै मानिस गाउँ छोडेर सहर र सहर छोडेर विदेश पस्न थालेका छन् । गाउँमा पशुपालन गर्ने, रैथाने सीपमा आधारित ठेकाठेकी बनाउने चुँदारा व्यवसाय पनि हराउँदै गएको स्थानीय बताउँछन् ।   

रैथाने सीप प्रयोग गरेर जङ्गलका काठबाट बनाइने ठेकाठेकी बिक्न छोडेपछि अहिले आफ्नो पेसा नै सङ्कटमा पर्ने अवस्था आएको जिल्लाका चुँदारा व्यवसायीले बताएका छन् ।  गाउँघरमा कतैकतै मही पारे पनि प्लास्टिकका ठेँकीको प्रयोग हुन थालेको ५० वर्षदेखि काठका ठेकाठेकी बनाउँदै आउनुभएका बुर्तिबाङका नोठबहादुर विकले बताए । रैथाने काठका सामग्रीलाई आयातित प्लास्टिकका सामग्रीले विस्थापित गरेको उनको भनाइ छ ।

काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस सिपालु मानिन्छन् । ठेकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेसा भन्ने गरिएको विकले बताए । कलात्मक रुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि सङ्कटमा पर्न थालेका उनको भनाइ छ ।  “व्यवसाय नै परिवर्तन गर्ने अवस्था आएको । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग घट्दै गएपछि जीविकोपार्जन गर्नसमेत समस्या हुन लागेको छ”, विकले भने ।

वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आएका बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले यो पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए । १०/१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसालाई आफूले निरन्तरता दिएको भन्दै उनले दरबाट बनेका ठेकाठेकी बिक्न छोडेपछि जीविकोपार्जनमा समस्या हुन थालेको बताए ।

आफूले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायत ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको श्रीकृष्णलालको भनाइ छ । केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक रू २५/३० हजारसम्म आम्दानी हुने गरेको भन्दै पछिल्लो समय मेलापर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका उनले बताए  ।     

अहिले मुस्किलले मासिक रू पाँचरसात हजार मात्र कमाइ हुने गरेको श्रीकृष्णलालले बताए । उनले भने, “प्लास्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।”  बजारमा काठका सामानको बिक्री घट्दै जानु, आयातित प्लास्टिकका सामग्रीको प्रयोग बढ्नु, गाउँघरमा काठका सामान बनाउन कच्चा पदार्थको अभाव हुनुलगायत कारणले परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ ।     

मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरुले बताउँछन् । विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायत समान बनाउने गरेका विश्वकर्माले यी सामानहरु बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गर्दछन् ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री सूर्यमान गुरुङको निधन

काठमाडौं । पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको छ ।  ८४ वर्षको उमेरमा मंगलबार काठमाडौंको हिमाल अस्पताल, कमल पोखरीमा गुरुङको निधन भएको हो । उनी ब...

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने ओखलढुंगा का मगर र धादिङकी गुरूङ पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाड...

सहकारीको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा समितिको भूमिका महत्वपूर्णः सीईओ सापकोटा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन...

चट्याङबाट ७३ जनाको मृत्यु

काठमाडौं । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४मा म्यान्मामा चट्याङबाट क...

सडक सजावट बत्तीले पार्ने वातावरणीय असरबारे महानगरले अध्ययन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका विभिन्न स्थानमा सजावटका लागि जडान गरिएको बत्तीको असरबारे अध्ययन गर्ने भएको छ । सहरमा भएका रुख, चोकका पोल, पुल...

दैलेख बजारमा लागेको आगो नियन्त्रणमा

सुर्खेत । दैलेख बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो १ बजेतिर नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट सल्किएको आगो नियन्त्रणमा...

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध कांग्रेसले गर्यो सर्वोच्चमा रिट दायर

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  कांग्रेस संसदीय दलका नेता तथा पूर्व मु...

बागमतीका मुख्यमन्त्री जम्कट्टेल नर्भिक अस्पताल भर्ना

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरिएको छ। मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन...

विद्रोही समूहले म्यानमारको उत्तरी क्षेत्रमा रहेको सहर कब्जा गरेको दाबी

काठमाडौं । म्यानमारको एक विद्रोही समूहले देशको उत्तरी क्षेत्रको एउटा सहर कब्जा गरेको जनाएको छ । काचिन इन्डिपेन्डेन्स आर्मीका प्रवक्ता कर्नेल नवाबुल...

गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखारोग ८ विशेषज्ञको टोलीले उनको शल्यक्रिया गरेका हुन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies