Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

वर्षाले केही घट्यो वायु प्रदूषण

खबरडबली संवाददाता

कामठाडौँ । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ ।

वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको थियो । वायु प्रदूषण घटेर आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ पुगेको हो । डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षा नहुँदा बढिरहेको वनडढेलोको धुवाँका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वर्षासँगै वन डढेलो र वायु प्रदूषण न्यूनीकरण भएको जानकारी गराए।

वर्षा भइरहे अझै पनि वायु प्रदूषण न्यूनीकरण हुने बताउनुहुन्छ, वातावरण अभियानकर्मी वर्षा पराजुली । यता मौसमविद्ले अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको पूर्वानुमान भएको जानकारी दिएको छन् । मौसम्विद्ले पनि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै राम्रो वर्षाको सम्भावना रहेको जानकारी दिनुभएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अहिले पनि लुम्बिनी, कोसी प्रदेश तथा काठमाडौँ आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छन् । उनका अनुसार अझै आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । 

“बिहीबारसम्म नै वर्षाको सम्भावना रहेको छ, २४ घण्टाको मौसमी अवस्था विश्लेषण गर्दा गण्डकी प्रदेशका बागलुङ, स्याङ्जालगायतका जिल्लामा भारी वर्षा भएको छ, आजका लागि भने गण्डकी, लुम्बिनी, प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,” उनले भने, “आज अपराह्नमा भने काठमाडौँ उपत्यकामा हावाहुरी चट्याङ्सहितको वर्षा हुने भएकाले सतर्कता अपनाउन जरुरी छ ।”

विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआइ ५० राम्रो अर्थात् हरियो सङ्केतले चिनिन्छ  ।  “५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहौँ अथवा पहेँलो  सङ्केतले चिनिन्छ । यसैगरी एक सय ०१ देखि एक सय ५० सम्मलाई अस्वस्थ जसमा स्वाशप्रस्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ ।” उहाँले भन्नुभयो, “१५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । 

दुई सय ०१ देखि तीन सयलाई धेरै अस्वस्थको रुपमा लिइन्छ र ३०१ देखि चार सयलाई खतरनाक  र ४०१ देखि ५०० लाई धरै खतरा मानिएको छ ।” काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ ।  पुस लागेसँगै ह्वात्तै बढेको चि...

स्वकीय सचिवको पद खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न एमाले सांसदको माग

काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह ...

मौलिक परम्परा र वेशभूषा बिर्सन हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...

मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...

सुस्ताको अस्तित्व जोगाउन मन्त्री घिसिङसँग सुस्तावासीको माग

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...

टुँडिखेलमा यसरी मनाइयो ‘विश्व ध्यान दिवस’

काठमाडौँ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान ...

रास्वपाको केन्द्रीय समिति बैठकबारे आन्तरिक छलफल, रविलाई ३ बजे स्वागत गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै, समावेशी कोटामा हेरफेर

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...

मुस्ताङमा ९५ क्यामरामार्फत हुँदै छ हिउँ चितुवाका सर्वेक्षण

मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending