काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका विभिन्न स्थानमा सजावटका लागि जडान गरिएको बत्तीको असरबारे अध्ययन गर्ने भएको छ । सहरमा भएका रुख, चोकका पोल, पुलका पिल्लरहरूमा महानगरले सजावटका लागि बत्तीहरू जडान गरेपछि वातवारण प्रेमीहरूले यस कार्यको विरोध जनाउँदै आएपछि अध्ययन हुने भएकाे हाे ।
केही अभियन्ताहरूले रुखमा लगाएको झिलिमिली बत्तीले रातिको समयमा प्रकाश प्रदूषण भएको भन्दै तार काटिदिएका थिए । यस्तै चराचुरुङ्गी, साना किरालाई बत्तीको कारण समस्या परेको भन्दै विरोध हुँदै आएको थियो ।
मंगलबार बसेको काठमाडौं महानगरपालिकाको अनुगमन समितिको बैठकमा सोही विषय उठेपछि सजावटका लागि जडान गरिएका बत्तीहरूको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन गर्ने निर्णय भएको हो ।
उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिले सजावट बत्तीले पैदल, सवारी यात्रामा कस्तो प्रभाव पार्छ ? रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो असर पार्छ ? भन्ने विषयमा अध्ययन गर्ने निर्णय भएको हो ।
यस्तै रुख, बिजुलीको पोलमा बेरेर राखिने बत्तीका तारले रुखलाई असर पार्छ कि पार्दैन, पार्छ भने कस्तो असर पार्ला ? भन्ने विषयमा छलफल गर्दै सामाजिक तथा व्यावसायिक जीवन, पर्यावरण र जैविक विविधता, स्वास्थ्य र सहजता जस्ता पक्षबाट अध्ययन गर्ने निर्णय भएको उपप्रमुख डंगोलले जानकारी दिइन् ।
‘सजावटका बत्ती राख्दा सकारात्मक र नकारात्मक प्रभाव के हुन् भन्ने तथ्य थाहा हुनु जरुरी छ । यसका लागि छिट्टै प्रतिवेदन आउने गरी अध्ययन गराउन भनिएको उनले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८१ - १६:५७
रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर ...
जेष्ठ ६ गते, २०८१ - १६:५५
दैलेख । कर्णाली प्रदेश सरकारले तीन वर्षअघि खेतीयोग्य बाँझो जग्गामा खनजोत गरी उत्पादन बढाउने किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार ब...
जेष्ठ ६ गते, २०८१ - १६:४९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रै...
जेष्ठ ६ गते, २०८१ - १६:४७
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको मृत्यु भएको आइतब...
जेष्ठ ६ गते, २०८१ - १६:४५
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । “दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्था...
जेष्ठ ६ गते, २०८१ - १६:४१
काठमाडौं । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टीका स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी ग...
जेष्ठ ६ गते, २०८१ - १६:३८
काठमाडौं । श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार मह...
जेष्ठ ६ गते, २०८१ - १६:३७
काठमाडौं । अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थ...
जेष्ठ ६ गते, २०८१ - १३:३६
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...
जेष्ठ ६ गते, २०८१ - १३:३०
काठमाडौं । काठमाडौंमा बिक्री हुने बोतल र जारको पानीमा ०.००१ देखि पाँच मिलिमिटरसम्मका माइक्रोप्लास्टिक फेला परेका छन्। हालै त्रिभुवन विश्वविद्यालयको...
प्रतिकृया लेख्नुहोस्: