धनुषा । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ । बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती एकअर्कालाई रङ्ग अबिर दली होली पर्व मनाइरहेका छन् ।
पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह ९पञ्चकोशी० परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिका आज मनाउन लागिएको हो । यति मात्रै होइन जनकपुरधाममा केहीले बुधबार पनि होली मनाउने जनाइएको छ । जनकपुरधामबाहेक मधेस प्रदेशका अन्य जिल्ला तथा जनकपुरधाम अवस्थित धनुषा जिल्लाकै विभिन्न ठाउँमा सोमबार नै होली मनाइसकिएको छ ।
होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ्ग हालेर एकअर्कालाई रङ्गीन बनाउँछन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ । होलीका लोकगीत, सङ्गीतले आज बिहानदेखि जनकपुरधाम गुञ्जायमान भएको छ ।जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुनको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने पारामा जिक्स्याउने प्रचलन छ ।
यहाँ फागू पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अबिर, सिन्दूर, चढाइ पूजा गरिन्छ । विभिन्न परिकार बनाई खुसियाली साथ खाने–खुवाउने चलन रहेको छ । खानापछि एकअर्कालाई अँगालो मारी माया–प्रेम बाँड्ने चलन छ । दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एकअर्कालाई अबिर लगाई नरिवल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ ।
मधेसको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्ने र भ्रातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ । त्रेतायुगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैँ आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।
अर्को एक प्रसङ्गअनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंसकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चिरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । यस अवसरमा मधेस प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले जनाएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८१ - १७:२९
इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ । प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्...
बैशाख १६ गते, २०८१ - १७:२३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्। काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी(काठमाड...
बैशाख १६ गते, २०८१ - १६:५५
चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्...
बैशाख १६ गते, २०८१ - १६:३८
काठमाडौँ । अभिनेत्री पुजा शर्माको फिल्म दान्भीले रिलिज मिति सार्ने भएको छ । बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको ...
बैशाख १६ गते, २०८१ - १६:२०
इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ । प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्...
बैशाख १६ गते, २०८१ - १६:१०
काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले ...
बैशाख १६ गते, २०८१ - १६:०६
रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार खुला गरेका छन् । सिडियो हिराला...
बैशाख १६ गते, २०८१ - १५:३४
काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका ह...
बैशाख १६ गते, २०८१ - १५:३१
चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्...
बैशाख १६ गते, २०८१ - १४:५१
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले बैशाख १६ गते मनसुनको सुरुवातसंगै हुने विपद्का घटनाहरुलाई मध्यनजर राखी का...
प्रतिकृया लेख्नुहोस्: