एजेन्सी । सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एक जना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्याङ्कले देखाएको छ ।
इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा ५७ लाख ५० हजार इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेको पाइएको छ ।
यो सङ्ख्या सन् २०२२ मा ५६ लाख ७० हजार र सन् २०२१ मा ५३ लाख २० हजार थियो । गत वर्ष देशको कुल जनसङ्ख्याको ९.८ प्रतिशत निरपेक्ष गरिबीमा रहेको देखिएको छ ।
इन्स्टिच्युट’ले निरपेक्ष गरिबीमा बाँचिरहेका व्यक्तिलाई आफ्नो आधारभूत आवश्यकता जस्तै खाना र स्वच्छ पिउने पानी, लुगाफाटा, स्वास्थ्य हेरचाह र आश्रय पूरा गर्न स्रोतहरूको अभाव भएको व्यक्तिको रूपमा परिभाषित गरेको छ ।
इन्स्टिच्युट’को तथ्याङ्कले निरपेक्ष गरीबीको उच्चतम स्तर मुख्यतया कृषिका लागि चिनिने देशको दक्षिणी क्षेत्रहरूमा देखिएको छ भने औद्योगिक क्षेत्रका लागि चिनिने उत्तरी क्षेत्रले गरिबीको सबैभन्दा कम स्तर देखाएको छ ।
यसले देशको अन्य भागको तुलनामा उत्तरी क्षेत्रमा गरिबीको स्तरमा तीव्र कमी आएको उल्लेख गरेको छ । गत बर्ष १८ वर्षभन्दा कम उमेरका १४ प्रतिशत इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेका छन् भने १८ देखि ३४ वर्ष उमेर समूहका ११.९ प्रतिशत रहेका देखिएको छ ।
त्यसैगरी, ६५ वर्षमाथिका नागरिकमध्ये ६.२ प्रतिशत मात्र सबैभन्दा कम आर्थिक वर्गमा बाँचिरहेका छन् । इस्टिच्युुटका अनुसार निरपेक्ष गरिबीमा बाँचिरहेका इटालियाली बढ्दो प्रतिशतको मुख्य कारक मुद्रास्फीति हो, जसले विगत दुई वर्षमा आर्थिक वृद्धिलाई उछिनेको छ ।
गत वर्ष औसत ५.९ प्रतिशतले मूल्यवृद्धि भएको थियो भने अर्थतन्त्र ०.९ प्रतिशतले बढेको थियो । त्यसैगरी सन् २०२२ मा मुद्रास्फीति दर ८.१ प्रतिशत रहेको थियो भने अर्थतन्त्र ३.७ प्रतिशतले मात्र वृद्धि भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: