एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा एक आत्मघाती हमलाकारीले आफ्नो गाडीलाई निशाना बनाउँदा मङ्गलबार एउटा प्रमुख बाँध निर्माणस्थलमा कम गरिरहेका पाँच चिनियाँ नागरिक र एक चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।
पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो तर पाकिस्तानमा चिनियाँ श्रमिकहरूको सुरक्षा लामो समयदेखि चिन्ताको विषय बनेको छ । “हमलामा पाँच चिनियाँ र उनीहरूको स्थानीय चालक मारिएका छन्”, खबैर पख्तुनख्वा प्रान्तका वरिष्ठ प्रहरी अधिकारी मुहम्मद अली गन्डापुरले भने ।
उनका अनुसार चाइना गेजुवा ग्रुप कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् बाँधस्थलबाट उक्त सवारी राजधानी इस्लामाबाद जाँदै गर्दा बेशम सहर नजिकै बम विस्फोट भएको थियो ।
गहिरो घाटी रहेको एउटा पहाडी सडकमा हमला भएको थियो । सन् २०२१ मा सोही निर्माण स्थलमा इन्जिनियरहरूलाई लैजाँदै गरेको बस बम हमलामा परेको थियो । उक्त हमलामा नौ चिनियाँ श्रमिकसहित १३ जनाको मृत्यु भएको थियो ।
चिनियाँ लगानीको आधारशिला मानिएको दक्षिण पश्चिम पाकिस्तानमा ग्वादर बन्दरगाहको कार्यालयमा हमला गर्ने प्रयासमा सुरक्षा बलले कम्तीमा सात आतङ्कवादीलाई मारेको केही दिनपछि मङ्गलबारको हमला भएको हो ।
बेइजिङले हालका वर्षहरूमा पूर्वाधारहरूलाई बढावा दिन पाकिस्तानमा अर्बौं डलर लगानी गरेको छ । यसमा उसको ‘बेल्ट एन्ड रोड’ पहल पनि सामेल छ । उक्त पहलअन्तर्गत चीनले विश्वभरमा २० खर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।
यद्यपि चिनियाँ अनुदानमा सञ्चालित परियोजनाहरूले विशेषरूपमा पृथकतावादी समूहरूबीच असन्तोष सिर्जना गरेको छ । उनीहरूले यस्तो लगानीले स्थानीय बासिन्दालाई अत्यन्तै कम लाभ हासिल हुने र अधिकांश नोकरी बाहिरी मानिसले पाउने बताएका छन् ।
सन् २०१९ मा अरब सागरसम्म रणनीतक पहुँच प्रदान गर्ने ग्वादरस्थित प्रमुख चिनियाँ समर्थित गहिरो पानीको बन्दरगाह नजिकैको बलुचिस्तान प्रान्तमा एउटा लक्जरी होटलमा बन्दुकधारीहरूले हमला गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको थियो ।
साथै सन् २०२० जुनमा बलुच विद्रोहीहरूले कराँचीको व्यापारिक राजधानी कराँचीमा आंशिकरूपमा चिनियाँ कम्पनीहरूको स्वामित्व रहेको पाकिस्तान स्टक एक्सचेन्जलाई निशाना बनाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: