Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आम्दानी बढे सँगै इलामका अदुवा किसान उत्साहित

खबरडबली संवाददाता

इलाम  । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ। अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो।

किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन्। परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ।

इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष अदुवा बेचेर रू १२ लाख आम्दानी गरे। अदुवा बच्चा प्रतिमन ४० किलो रू आठ हजारका दरले एक सय ५० मन बेचेका थिए।

“गत वर्ष अदुवाको मूल्य राम्रो पाइयो, त्यसैले आम्दानी पनि मनग्य भयो”, उनले भने, “अदुवाको बजार र माग प्रशस्त भएकाले बिक्री गर्न समस्या छैन।” उनले गत वर्ष १० रोपनी जमिनमा अदुवाखेती गर्दा दुई सय १० मन उत्पादन भएको जानकारी दिए।

करिब ६० मन बीउका लागि राखेर एक सय ५० मन बिक्री गरेको लिम्बूले बताए। यस वर्ष पनि खेती विस्तार गरेकाले उत्पादन पनि वृद्धि भएको उनको भनाइ छ। पन्ध्र रोपनीमा ६० मन बीउ रोप्दा करिब तीन सय ५० मन उत्पादन भएको उनले बताए।

“यस वर्ष तीन सय ५० मन उत्पादन भएको छ। अहिलेसम्म बिक्री भने गरेको छैन”, लिम्बूले भने, “अझ भाउ बढ्ने आशामा नबेची राखेको छु, गत वर्षकै भाउ चल्यो भने रू २८ लाख हाराहारी आम्दानी हुनेछ।”

उनले अदुवा बिक्रीबाट आएको आम्दानीले आफ्नो दैनिक घरव्यवहार खर्चका साथै छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्दै आएको बताए। “पाँचजना परिवारको घरखर्च र छोराछोरीको पढाइ यहीँ अदुवाखेतीले धानेको छ”, उनले भने।

फुएतप्पाकै किसान रामु गिरीले अदुवाखेतीबाट वार्षिक रू १२ लाख आम्दानी गर्दै आएको बताए। एक सय ५० देखि दुई सय मनसम्म अदुवा उत्पादन गर्दै आएका गिरीले पछिल्लो समय भाउ राम्रो आएकाले आम्दानी बढेको बताए। “विगत तीन वर्षयता अदुवाले भाउ राम्रै पाइरहेको छ,” उनले भने, “यही भाउ स्थिर रहिरहने हो भने किसानको आम्दानीको मुख्य स्रोत अदुवा बन्न सक्छ।”

माङसेबुङ गाउँपालिका–२ का उदय सङबाङफेले यस वर्ष अदुवा बेचेर रू तीन लाख ३३ हजार हात परेको बताए। पछिल्लो वर्ष व्यावसायिक अदुवाखेती गर्दै आएका उनले अदुवाको बजार र माग राम्रो भएकाले विदेश जान छोडेर व्यावसायिक अदुवाखेतीमा जुटेको बताए।

यस वर्ष मुख्य उत्पादनको सुरुदेखि नै अदुवाले राम्रो भाउ पाएपछि किसान उत्साहित भएका छन्। जिल्लामा उत्पादित अदुवा झापाको धुलाबारीमा अहिले प्रतिमन रू सात हजारदेखि रू आठ हजार सम्ममा बिक्री भइरहेको छ।

इलाममा प्रतिमन रू छ हजारको दरमा किनबेच भइरहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले बताए। “अहिले यहाँ अदुवाको सरदर मूल्य रू छ हजार छ। यो मूल्य विगत तीन वर्षकै उच्च हो,” उनले भने, “सिजनको अन्त्यमा सधैँ नै भाउ राम्रो आउँछ, यो वर्ष पनि बढ्न सक्छ। भाउ बढेपछि किसान अदुवाखेतीप्रति आकर्षित हुन थालेका छन्।”

जिल्लाका किसानले १० मनदेखि दुई सय मनसम्म अदुवा रोप्ने गरेका छन्। अदुवा बढी उत्पादन हुने क्षेत्रका किसानले धान र अन्य खेती छाडेर यसलाई बढाएका पौडेलको भनाइ छन्। अरू खेतीको दाँजोमा अदुवाखेतीबाट नाफा बढी हुने भएकाले किसान यसप्रति आकर्षित भएका उनले बताए।

माउ अदुवाको मुख्य उत्पादन कात्तिकको पहिलो सातादेखि सुरु हुन्छ। मुख्य उत्पादनको बिक्री जेठसम्म हुने गर्दछ। जिल्लाको व्यापारिक केन्द्रहरु इलामसँगै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, फिक्कल, पशुपतिनगर, तीनघरे, बोल्बुङ, हर्कटे, दानाबारीलगायत बजारमा बढी मात्रामा अदुवा किनबेच हुने गर्दछ।

जिल्लाको मुख्य नगदेबालीका रुपमा गरिने अदुवाखेती इलामका प्रायः सबै पालिकाका किसानले गर्दै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। समुद्र समतबाट नौ सयबाट एक हजार पाँच सय मिटरसम्म अदुवाखेती गर्न उपयुक्त मानिने केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले बताए।

मसलाका रुपमा प्रयोगमा आउने यसको खपत पूर्णरुपमा भारतीय बजारमा हुने गरेको छ। पूर्वी नाका काँकडभिट्टा हुँदै भारत पश्चिम बङ्गालको नकसल पुर्‍याएर व्यापारीहरुले अदुवा बेच्ने गरेका छन्। अदुवाको मूल्य बढेसँगै गाउँगाउँमा पुगेर किन्ने व्यापारी बढेका छन्। ती साना व्यापारीहरुले गाउँमा नै गएर किनेको अदुवा जिल्लाको ठूला व्यापारीमार्फत झापाको धुलाबारी पुर्‍याएर बेच्ने गरेका किसान बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेसको विरोध

काठमाडौं । नेपाली कांग्रेसले लगानी सम्मेलन सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत् ९ वटा कानुन संशोधन गर्न लागेकोप्रति विरोध जनाएको छ । शनिबार कांग...

एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैनः नेता साउद

पर्सा ।  पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार ...

इलाम-२ मा ४२ प्रतिशत मत खस्याे, मतदान केन्द्रभित्रैबाट प्रहरीद्वारा शंकास्पद सामग्री बरामद

इलाम । जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मत...

कल सेन्टरमा एआइको प्रयोग हुदै, लाखौं बेरोजगार हुदै

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आज धेरै क्षेत्रमा प्रयोग भइरहेको छ । एआइको प्रयोग खतरनाक हुँदै गइरहेको छ जब यसले मानिसलाई प्रतिस्थापन गर्...

स्वतन्त्र पत्रकार संघ केन्द्रिय टोली भक्तपुरमा

भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यालय पोखराको टोली भक्तपुर पुगेको छ । केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले भक्त...

बेल्जियममा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु

काठमाडौं । बेल्जियममा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।  मोल सहरबाट आन्त्वर्पेन भन्ने स्थानमा जाने क्रममा दुर्घटनामा परी पर्वतको जलजला ...

सुनकोसी मरिण डाइभर्सनः सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब स...

सुनकोसी मरिण डाइभर्सनः सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब स...

अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ: शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्...

इलाममा तीन मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्वमा मतदान

इलाम । इलाम २ मा भइरहेको उपनिर्वाचनअन्तर्गत तीन मतदान केन्द्रमा महिला मतदान अधिकृत रहेका छन् । इलाम नगरपालिका ५ तोरीबारी, इलाम नगरपालिका ७ को मरब क्या...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies