Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । 

बनेपा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताए । बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको मन्त्री राईले बताए । उनले जनप्रतिनिधि शासक नभई सेवक भएर जनताका पक्षमा काम गर्नुपर्ने बताए । 

“यहाँको गरिबी घटाउने, नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने र युवामा रोजगारको वृद्धि कसरी गर्ने भनेर योजना बनाउन आवश्यक छ”, मन्त्री राईले भने, ‘नगरपालिकामा जनसङ्ख्याका साथै उद्योगधन्दा कलकारखाना बढ्दै गएकाले थप रोजगारीका अवसर सिर्जना हुँदै जानेछन् ।” नागरिकलाई स्वच्छ पिउन पानीको व्यवस्था गर्न सङ्घीय सरकारले योजना बनाइरहेको उनको भनाइ छ ।

प्रतिनिधिसभाका सांसद गोकुल बास्कोटाले नगर स्थापनाको दिन खुसीको क्षण भएकाले कला, संस्कृति, प्रकृति, खानी, पानी, बसोबास, सरसफाइ सबै क्षेत्रमा ध्यान दिन आवश्यक रहेको बताए । अहिले बढ्दो बस्ती विकासले सहरी फोहर पनि बढ्दै गएको भन्दै व्यवस्थित फोहर विसर्जन तथा स्वच्छ खानेपानीको तत्काल व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

बागलुङ । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगालगी हुँदा स्थानीय ४८ वर्षी...

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको छ । बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले ...

विरोध प्रदर्शन लोकतन्त्रको पहिचान भएको ब्लिन्केनको भनाइ

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त राज्य अमेरिकामा भइरहेको विरोध प्रदर्शन लोकतन्त्रको पहिचान भएको बताएका छन्...

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ: राष्ट्रपति सी

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभई साझ...

पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ ।  एघार स्पानसहित तीन यस ६३...

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ: अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई समाजवादी क्रान्ति र आर्थिक रूपान्तरणको कार्यदिशा भएक...

तनहुँका चार पालिकाको निर्णय: सरकारी सुविधा लिनेका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

तनहुँ । तनहुँका चार पालिकाले सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरी कार्यान्वयन गर्न थालेका छन् । जिल्लाको आँबुख...

खेल क्षेत्रको बजेट बढाउन जरुरीः नेता महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने बताएका छन् ।  नुवाकोटको बट्टारमा आजदेखि सुरु भए...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा सात हजारभन्दा विद्यार्थी दीक्षित

मोरङ । पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ सय ५६ विद्यार्थी दीक्षित भएका छन् ।  आ...

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चीनको भ्रमणमा रहेका ब्लिन्कनले शुक्रबार राष्ट...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies